असार १५, २०७९
राजस्व अनुसन्धान विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मन...
विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ ।
मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गरेको हो ।
२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । उच्च अदालतले जिल्लामा पेश भएका प्रमाणहरु पुनः बुझेर फैसला गर्न जिल्लालाई आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए ।
इजलासले पीडित र पीडक पक्षबीच भएको ‘भ्वाइस कल’को परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित तथा पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश दिएको हो ।
२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते पीडितले प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । गिरीले हिरासतमा बस्ने समय भने अस्पतालमा बसेर बिताएका थिए ।
गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालीन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । जिल्लाको फैसलापछि भने उनी कारागारबाट आश्रम फर्किएका थिए ।
२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीले गिरीलाई सहमति करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो ।
जिल्लाको फैसलाविरुद्ध पीडित पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता गरेको थियो ।
राजस्व अनुसन्धान विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मन...
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने ललितपुरका माधवप्रसाद तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । मंगलव...
प्रहरीले उच्च अदालत पाटनबाट रु एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवा...
बैतडीमा बलात्कार आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका...
संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चितवन कालिका नगरपालिका-९ शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजालाई सोमवार प्रहरीले पक्राउ गरेको हो । ...
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनरल फाइनान्सकी बिचौलियालाई पक्राउ गरेको छ । चितवनको शिवनगर गाउँपालिका-८ की ४१ वर्षीय बबिता पौडेलविरुद्ध फाइनान्सको कर्जा दुरुपयोग गरेर जानीजानी अनुचित लाभ...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...