असार १८, २०७९
लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज ब...
काठमाडाैं | जेठ ४, २०७९
सर्लाहीको बागमती नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार भरत थापा दोहोरिएका छन् ।
बुधबार दिउँसो सम्पन्न मतगणना अनुसार थापा ११ हजार ३५७ मत ल्याएर विजयी भएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।
देशकै ‘भिजनरी’ मेयरको छवी बनाएका थापाले उक्त नगरपालिकामा मेयरमा अरु सबै प्रतिस्पर्धीले पाएको कुल मतभन्दा १७ सय बढी ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी एमालेका टंकबहादुर बस्नेतले ७ हजार ३६८ मत मात्रै पाएका छन् ।
थापासँग अरू दल र स्वतन्त्र उम्मेदवार समेत गरेर नौ जनाले मेयरमा प्रतिस्पर्धा गरेका थिए । उनीहरू सबैले पाएको मत जोड्दा ९ हजार ६५८ मात्रै हुन्छ । थापा एक्लैले ११ हजार ३५७ मत पाएका छन् ।
बागमती नगरपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै उम्मेदवार लीलाकुमारी मोक्तान विजयी भएकी छन् । उनले १० हजार ८७९ मत पाइन् । उनले पनि उपप्रमुखका अन्य सबै उम्मेदवारले पाएको मतको योगफलभन्दा बढी मत पाएकी छिन् ।
बागमतीको उपप्रमुखमा एमालेले सरिता घिसिङलाई उम्मेदवार बनाएको थियो । उनले ७ हजार ७०५ मत मात्रै पाइन् । कांग्रेसको उम्मेदवार पदमकुमारी अधिकारीले १ हजार ९८८ मत ल्याइन् । राप्रपाको मनकुमारी कामीले ७९ र मंगोल नेशनल अर्गनाइजेशनका कन्चन पुलामीले जम्मा २९ मत मात्रै पाए ।
उक्त नगरपालिकाको जम्मा १२ वटा वडामध्ये माओवादी केन्द्रले मात्रै १० वटा वडामा जीत हासिल गरेको छ । ८ नम्बर वडा एमाले र ९ नम्बर वडामा कांग्रेसले जितेको छ ।
अघिल्लो कार्यकालमा मेयर थापाले नगरपालिकामा उत्कृष्ट कार्यसम्पादन गरेका थिए । नगरपालिकालाई आत्मनिर्भर बनाउन उनले गेम चेन्जर पूर्वाधार परियोजना निर्माण गरिरहेका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा थापाको नेतृत्वमा नमूनायोग्य काम भएको छ । पूर्वाधार विकासमा नगरपालिकाले करोडौं लगानी गरेका छन् ।
केही वर्षमा नगरपालिकाले आन्तरिक स्रोतबाटै आत्मनिर्भर हुने गरी योजना कार्यान्वयन गरिरहेको छ ।
पढ्नुहाेस् याे पनि
लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज ब...
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...
नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र के...
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानल...
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...