असार १८, २०७९
बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदे...
बुटवल | जेठ ४, २०७९
कांग्रेसको गढको रुपमा चिनिने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार शान्ता भण्डारीलाई एक हजार ८०१ मतान्तरले पराजित गरेर श्रेष्ठ सन्धीखर्कको मेयरमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले ११ हजार १३८ मत ल्याए भने गठबन्धनकी भण्डारीले ९ हजार ३३४ मत मात्र ल्याइन् । उपप्रमुखमा पनि एमालेकी मिश्रा आचार्य ९ हजार ६४६ मतका साथ विजयी हुँदा नेकपा माओवादी केन्द्रका राजेन्द्र भुसालले ९ हजार १६८ मत मात्र ल्याउन सके ।
मेयरमा निर्वाचित श्रेष्ठले विजयी भएर पनि अबिर भने लगाउन पाएनन् । विजयी जुलुसमा पनि गएनन् । आमाको मृत्यु भएपछि श्रेष्ठ किरिया बसेका छन् । उनले किरियामै बसेको बेला मतदान गरेका थिए ।
श्रेष्ठकी आमा उमाकुमारी श्रेष्ठको वैशाख २६ गते ८६ वर्षको उमेरमा निधन भएको हो । आमाको निधन भएको ५ दिनका दिन वैशाख ३० गते अर्घाखाँची आवासीय मावि बेल्बाटिकाबाट मतदान गरेका थिए ।
यसअघि (२०७४) को पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेसका कमलप्रसाद भुसालसँग १ हजार १०३ मतले पराजित भएका श्रेष्ठ ५ वर्षपछि त्यही नगरमा फराकिलो मतले विजयी भएका हुन् ।
निर्वाचित भएसँगै लोकान्तरसँगको कुराकानीमा श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नगरबाट भइरहको तीव्र बसाइँसराइ रोक्ने भएको बताए ।
‘विजय जुलुसमा सहभागी हुन पाइनँ । तर, अब जनताको मन र मुटुमा बसेर काम गर्नेछु,’ उनले भने, ‘मेरो पहिलो काम बसाइँसराइले नगरका ग्रामीण वस्तीहरू रित्तिएर खण्डहर भएका छन् । थोरै पैसा जोडिहाले बुटवल झर्ने प्रवृत्ति छ । यो कार्यलाई रोक्न म शिक्षा स्वास्थ्य, पूर्वाधारको विकास गरी बुटवल झरिहाल्नुपर्ने अवस्था अन्त्य गर्नेछु ।’
आफ्नो जीतलाई उनले जनताको रोजाइको रुपमा लिएका छन् । ‘कांग्रेसले अर्घाखाँचीमा सधैँ जनतालाई आशा मात्रै देखायो काम गरेन । अझै अहिले फेरि एमालेलाई सिध्याउन भनेर गठबन्धन गर्यो,’ उनले भने, ‘जिल्लामा जनता एमालेमा छन् । गठबन्धनको त झण्डा एकातिर नेता कार्यकर्ता अर्कोतिर भएका छन् ।’
श्रेष्ठको घर सन्धीखर्क वडा नम्बर २ चुत्राबेसीमा पर्छ । उक्त वडामा पनि एमालेले जीत निकालेको छ । उक्त वडामा एमालेका मोतिजंग रायमाझी निर्वाचित भएका छन् । सन्धीखर्कमा ३५ हजार मतदाता रहेकोमा २१ हजार ५८५ मत खसेको थियो । सन्धीखर्क एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको गृहनगर पनि हो ।
श्रेष्ठ एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय सचिव हुन् । उनी दुई कार्यकाल उद्योग वाणिज्य संघ अर्घाखाँचीको अध्यक्ष र केन्द्रीय सदस्यसमेत भएका हुन् ।
उनी जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । अर्घाखाँचीमा विगतको निर्वाचनमा भन्दा धेरै राम्रो मतपरिणाम एमालेले निकालेको छ ।
जिल्लाका तीन वटा स्थानीय तहमा एमालेले जितेको छ । मालारानी गाउँपालिकामा दलबहादुर भट्टराई अध्यक्ष र उपाध्यक्षमा दीपा पोखरेल निर्वाचित भएका छन् ।
त्यस्तै पाणिनी गाउँपालिकामा टेकबहादुर न्यौपाने अध्यक्ष र नर्मदा पौडेल उपाध्यक्षमा निर्वाचित भएका छन् ।
बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदे...
पार्टी घोषणा भएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ । विवादकै बीच एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ । शनिवा...
नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा जुट्दा पार्टीले विधानअनुसार काम गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्व...
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानल...
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहि...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...