×

X
Dabur
Nic Asia
Marvel

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान सेवा

काठमाडाैं | जेठ ४, २०७९

TVS INSIDE

कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो । यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन् ।

IME BANK INNEWS
morang Auto yamaha

यो नेपालमा जजीराको दोश्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरूको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा गत जेष्ठ १ गतेबाट उडान सेवा शुरू भएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

नयाँँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भाईस प्रेजिडेन्ट रविन्द्रन भाराथनले भने, “जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ–नयाँँ गन्तव्यहरु थप्दै गइरहेको छ । यसले गर्दा कुवेत र मध्य–पुर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरूलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।'

आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, '७४वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्र्तराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्‍याउनेछ । जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।'
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २५, २०७९

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न गरेको छ ।   आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र...

साउन २४, २०७९

पोखराको फिस्टेल ड्रिमपार्क औपचारिक रूपमा सञ्चालनमा आएलगत्तै पर्यटकको घुइँचो लागेको छ ।  साउन १४ गतेदेखि सञ्चालनमा आएको उक्त पार्कमा १० दिनमा १० हजार पर्यटक आएको पार्कका सञ्चालक हिरा केसीले जानकारी दिए ...

साउन २५, २०७९

भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ ...

साउन २४, २०७९

मधेश प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् र...

साउन २४, २०७९

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका चिया उद्योगलाई मार पर्ने प्रस्ताव भारतीय संसद्मा प्रवेश भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी नेकपा एकीकृत समाजवादीका सम्मा...

साउन २५, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताएका छन् ।  समाजवादी प्रेस स...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x