असार १६, २०७९
स्थानीय तह निर्वाचन २०७९ लाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ । चुनावको सुरक्षा चुनौती विश्लेषणको आधारमा विस्तृत सुरक्षा योजना तयार गरी जनशक्ति परिचालन, व्यवस्...
गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तह र ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रममा आज ती मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको हो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार आज मतदान सम्पन्न भएकामा बारा र रौतहटका मात्रै १३ मतदान केन्द्र रहेका छन् । रौतहटको गरुडा नगरपालिका–७, बौधीमाई नगरपालिका–१, २ र ९, गढीमाई नगरपालिका–३ र ६, यमुनामाई गाउँपालिका–१ र २, देवानी गोनाही नगरपालिका–२, फतुवाविजयपुर नगरपालिका–७, बाराको बाराको पचरौता नगरपालिका–२ र ४, हुम्लाको चङ्खेली गाउँपालिका–२ र तनहुँको व्यास नगरपालिका–४ का एक–एक मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको थियो । हुम्लाको चङ्खेलीमा साँझ ५ बजेसम्म मतदान केन्द्रको हातामा प्रवेश गरेका मतदातालाई साँझ अबेरसम्म मतदातमा सहभागी गराइएको थियो ।
स्थगन भएकामध्ये अछामको साँफेबगर नगरपालिका–१३ मा यही जेठ ६ गतेका लागि निर्वाचन तय भएको छ भने उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिका–१ देखि १० सम्म र बूढीनन्दा नगरपालिका–८ मा मतदानबारे निर्णय हुन बाँकी रहेको छ ।
स्थानीय तह निर्वाचन २०७९ लाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ । चुनावको सुरक्षा चुनौती विश्लेषणको आधारमा विस्तृत सुरक्षा योजना तयार गरी जनशक्ति परिचालन, व्यवस्...
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन विद्युतीय मतदान यन्त्र (भोटिङ मेसिन)बाट गर्न सरकारलाई भनेको छ । निर्वाचन प्रयोजनका लागि भोटिङ मेसिनहरूको प्रबन्ध गर्नका लागि आयोगले गृह मन्त्रालय मार्फ...
दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भूउपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने भएको छ । उपहानगरपालिकाले हालै ल्याएको नीति कार्यक्रम र बजेटमार्फत कार्यक्रम लागू गर्ने जनाएको हो । यसअ...
केही दिन देखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको संखुवासभाको फाक्सिन्दा दोभान– गढीबजार सडक सुचारु भएको छ । मकालु गाउँपालिका–३, नयाँबस्ती नजिकै खसेको पहिरोको कारण फाक्सिन्दा दोभ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भएर थप २ अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले शुक्रवार असार १७ (जुलाई १) र श्रीलंकाको श्रीलंकन एयरलाइन्सले आगामी असार ...
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीवार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्म...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...