जेठ १०, २०७९
दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...
धनगढी | जेठ ५, २०७९
कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।
हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा जीत हासिल गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुले भारी मतान्तरका साथै मेयरमा विजयी हासिल गरेका छन् । थारुले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट मेयरका लागि उम्मेदवारी दिएका नवराज रावललाई ३ हजार बढी मतले हराउँदै विजय भएका हुन् । नवनिर्वाचित थारु टीकापुर–७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।
उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले विजय हासिल गरेका छन् । शाह नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्का देवी विश्वकर्मालाई हराउँदै विजयी गरेका हुन् ।
उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ ।
नवनिर्वाचित मेयर थारुले शान्ति, समृद्धि, सुशासनको ३ खम्बे नीतिका साथ काम गर्ने जनाएका छन् । नगरवासीले दिएको अमूल्य मतलाई शिरोधार्य गर्दै सबैलाई मिलाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उनले लोकान्तरलाई भने, ‘राजनीतिक र विकासको दृष्टिकोणले टीकापुरलाई राज्यले उपेक्षा गर्दै आएको महसूस हामीले गरेका छौं । हामीले यहाँ शान्ति तथा न्याय र विकास चाहेका छौं । त्यसैले कसैलाई प्रतिपक्ष बन्न दिने छैन । सबैलाई मिलाएर अगाडि बढ्नलाई नगरवासीले मत दिएका छन् ।’
दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...
पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको जित सुनिश्चित भएको छ । अब गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपछि आचार्यको जित सुनिश्चित भएको हो । पोखरा महानगरपालिकामा ...
जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...
मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...
तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...