×

Dabur
Nic Asia
Marvel

जासूसी उपन्यासकी लेखिकामाथि लाग्यो पतिको हत्या गरेको आरोप

काठमाडाैं | जेठ ५, २०७९

TVS INSIDE

पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् । 

morang Auto yamaha

ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम, विस्मरणको समस्या रहेको दाबी गर्ने गरीब आरोपित, हराइरहेको हतियार र सर्वे फूटेजमा रंगेहात पक्राउ– यी सबै कथाका प्लट जस्ता लाग्छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

तर ब्रोफीमा लागि यो ताजा उपन्यासको कथानक नभई वास्तविक जीवनको घटना बन्न पुगेको छ । 

अमेरिकाको ओरेगन राज्यमा बस्ने ब्रोफी चर्चित उपन्यासकार हुन् । उनीमाथि आफ्ना पति डेनियल ब्रोफीलाई गोली हानेर हत्या गरेको आरोप छ । हत्या गर्न उपयोग भएको बन्दूकको नाल उनले ईबेमा किनेकी हुन् । 

Vianet communication
Maruti inside

अभियोजनकर्ताहरूका अनुसार, ती ७१ वर्षीया लेखिकाले घरको किस्ता तिर्न संघर्ष गरिरहेकी थिइन् र पतिको जीवनबीमाको रकम हात पार्न खोजेकी थिइन् । 

अदालतमा बयान दिने क्रममा ब्रोफीले पति मार्नका लागि कुनै उद्देश्य नरहेको बताइन् । 

तर ब्रोफीका पति ओरेगन कलिनरी इन्स्टिच्युटको एक कक्षाकोठामा मारिएकै बेलातिर ब्रोफीको गाडी घटनास्थल नजिक सीसीटीभी फूटेजमा देखिएको थियो । 

उक्त घटना सन् २०१८ को जुन २ मा भएको हो । 

‘तपाईंका पतिमाथि गोली प्रहार हुँदा तपाईं घटनास्थल नजिक हुनुहुन्थ्यो । पतिलाई लागेको गोली जुन बन्दूकबाट चलेको हो त्यो रहस्यमय रूपमा गायब भएको छ,’ अभियोजन वकिलले भने । 

ब्रोफीले घटनास्थलमा आफू पुगेको याद नभएको बताइन् । तर आफू त्यहाँ पुगेको हुन सक्ने स्वीकार गरिन् । आफू कथाको लागि प्रेरणा पाउन उक्त क्षेत्रमा गाडी लिएर पुगेकाले सीसीटीभीमा देखिएको हुन सक्ने उनको भनाइ छ । 

‘मेरो पतिलाई मैले गोली हानेको भए मलाई याद हुनुपर्ने हो,’ उनले भनिन् । 

डेनियल ब्रोफी बिहान क्लास शुरू हुने बेलामा मृत अवस्थामा फेला परेका थिए । उनलाई दुईपटक गोली हानिएको थियो । 

अनुसन्धानकर्मीहरूका अनुसार, हत्यामा प्रयोग गरिएको ग्लक बन्दूक आरोपितले ईबेमा किनेकी हुन् । 

बन्दूकको नालमा फरेन्सिक प्रमाण भेटिन सक्थ्यो तर अहिलेसम्म त्यो फेला परेको छैन । 

ब्रोफीले ग्लक पिस्तोलको नाल किनेको स्वीकार गरिन् । जंगलमा च्याउ टिप्न जाँदा सुरक्षाका लागि पतिले उक्त बन्दूक बोक्ने गरेको उनको भनाइ छ । 

ब्रोफीले लेखेको पतिको हत्या कसरी गर्ने भन्ने ब्लग अझै पनि उपलब्ध रहेको अभियोजनकर्ताहरू बताउँछन् ।

Mega
TATA Below
NLIC
जेठ ३१, २०७९

विवाह गर्दा महिला–पुरुषको उमेर तुलना गरिन्छ । उमेरको अन्तर थोरै भएकासँग विवाह गर्ने गरिन्छ तर क्यानडामा २५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग विवाह गरेको खुलासा भएको छ । पत्नी २५ वर्षीया स्टेफनीले पति ७०...

असार १७, २०७९

अचेल इन्टरनेटमा अप्टिकल इल्युजनका धेरै तस्वीरहरू देखिन्छन् । यी तस्वीरहरू हेरेपछि धेरैजसो मानिसहरू अलमलमा पर्छन् र उनीहरूको टाउको चक्कर आउँछ ।  अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिने तस्वीर हो । अप्टिकल...

असार १८, २०७९

फेसन शो कार्यक्रममा मोडलहरूले ‘क्याट वाक’ गरेको देखिन्छ तर यतिबेला एक युवकले घरमै गरेको ‘क्याट वाक’ भिडियो भाइरल भइरहेको छ । फिजीका २४ वर्षीय शाहील शर्माेन्टले घरेलु सामग्री प्रयोग...

असार १, २०७९

अमेरिकी लेखिका न्यान्सी क्राम्पटन–ब्रोफीलाई पतिको हत्या गरेको आरोपमा त्यहाँको अदालतले आजीवन कारावासको सजाय दिएको छ ।  अनेकौं जासूसी उपन्यास लेखिसकेकी न्यान्सीले कसरी पतिको हत्या गर्ने शीर्षकको निब...

असार ४, २०७९

विवाहको दिनलाई खुशीयालीको दिन मानिन्छ तर एक विवाह समारोहमा बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियो भाइरल भइरहेको छ । उज्बेकिस्तानमा भइरहेको विवाहमा रमाइलोका लागि बेहुला र बेहुलीलाई एउटा खेल खेलाइएक...

जेठ ३०, २०७९

बेलायतको ईजी जेटको एक यात्रुवाहक विमानलाई आकस्मिक अवतरण गराउँदा यात्रुहरू आत्तिएका छन् ।  पाइलट बिरामी भएर शौचालय गएपछि उतै हराए । त्यसपछि विमानलाई एडिनबरा विमानस्थलमा आकस्मिक अवतरण गराइयो ।  ...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x