असार १५, २०७९
स्पेनको राधजानी मड्रिडमा मंगलवार (२८ जुन) बाट पश्चिमी सैन्य गठबन्धन नेटोको शिखर सम्मेलन शुरू भएको छ । बिहीवारसम्म चल्ने यस सम्मेलनमा नयाँ रणनीतिक अवधारणाका विषयमा चर्चा गरिने नेटोको वेबसाइटमा उल्लेख ...
काठमाडाैं | जेठ ५, २०७९
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आइरहेको छ । अहिलेसम्मको नतिजा हेर्दा यो चुनावको सन्देश– पहिलो त नेपालका राजनीतिक पार्टीहरू गठबन्धनको सहकार्यलाई विस्तार रूपले स्वीकार गर्दैछन् भन्ने छ ।
दोस्रो, माओवादी त्यति कमजोर थिएन, एउटा विद्रोही जसलाई धेरै टाढा राख्नुहुँदैन भन्ने छ । धेरैजसो उसैका एजेण्डाका आधारमा हामीले संविधान बनाएका हौं । तेस्रो कुरा, नेपाली कांग्रेस धेरै कमजोर भइसकेको थियो, भलै गठबन्धनबारे कांग्रेसभित्र आफ्ना तर्कवितर्क थिए, आशंका थिए । गठबन्धनले गर्दा धेरै ठूलो उपलब्धि माओवादी र नेकपा एकीकृत समाजवादीलाई भएको छ । कांग्रेसलाई पनि फाइदा भएको छ ।
चौथो कुरा, एमालेको पालामा आफ्नो दुईतिहाइ सरकार चलाउन नसकेको अवस्था, केन्द्र र प्रदेशका सरकार चलाउन नसकेर आन्तरिक द्वन्द्वमा फसेको कारणले काम गर्न सकेनौ भन्ने सन्देश पनि जनताले दिएका छन् । देशमा सुशासन कायम गर्दै गरीबीको अन्त्य गर भन्ने सन्देश पनि चुनावले दिएको छ । यी कुराहरू मतदानमार्फत नेपाली जनताले फैसला गरेको विश्लेषण गर्न सकिन्छ ।
यसकारण कांग्रेसलाई रुचाए
गत स्थानीय चुनाव, संघ र प्रदेशमा जनताले एमाले रोजेका थिए, तर उसको असफलतापछि कांग्रेस रोज्नुबाहेक जनतासित विकल्प थिएन । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार चल्न सकेन । ओली सरकारमाथि स्वयं सरकारको नेतृत्वकर्ता दलबाट विभिन्न प्रश्न उठे । भ्रष्टाचारका कुरा उठे । दोस्रो, ओली कामभन्दा पनि अरूलाई गाली गलौजमा उत्रिएको कुरा जनताले मन पराएनन् ।
तेस्रो, घरभित्रको द्वन्द्वबाट पार्टी छियाछिया भयो । जनताका समस्या उस्तै छन् । जनताका सामान्यभन्दा सामान्य समस्या समाधान भएका छैनन्, तर देशको नेतृत्व गरेको दलका नेताले ठूला कुरा गर्दा जनता र नेताको बीचमा तालमेल भएन । त्यो असन्तुष्टि मतदानमार्फत जनताले प्रकट गरे ।
२३ सीट जितेको कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति केपी ओलीकै कारण बन्यो । कांग्रेस कसैलाई गाली नगर्ने, सबैलाई मिलाएर जान सक्ने र खुरुखुरु काम गर्ने रेसिस्ट पावर भएको पार्टी भएकाले जनताले कांग्रेसलाई नै उचित विकल्प देखे । जनताको यो विश्वास जित्नु अब कांग्रेसको दायित्व हुन पुगेको छ ।
ओलीप्रतिको आकर्षण घट्यो
पछिल्लो केही समययता सामाजिक सञ्जाल हेर्दा बिहानदेखि बेलुकासम्म केपी ओलीले अरूलाई गाली गरेको बाहेक केही देखेनौं । भाषणमा कुनै रचनात्मक कुरा छैन । मैले के गर्छु, पार्टीलाई कसरी लैजान्छु, स्थानीय तह कस्तो बनाउँछु भन्दा पनि गालीगलौजमा उत्रिनुभयो । हेर्नुस् त, उहाँले कांग्रेसलाई लगाएको आरोप । उहाँले अन्य दलका नेतालाई यति गाली गर्नुभयो कि मानिसले त्यो सहन सकेनन् ।
आधुनिक र सभ्य विश्वमा अहिले गालीभन्दा पनि आफ्नो एजेन्डाका आधारमा भोट पाएको देखिरहेका छौं । देशलाई कसरी अगाडि बढाउन चाहन्छ, स्थानीय तहलाई कसरी विकास गर्छ भन्ने कुरा जनताले हेरेका हुन्छन् । खेती किसानी गर्ने जनताले के खोजिरहेका छन् ? गाउँका जनताले स्कूल कस्तो खोजिरहेका छन्, कलेज कस्तो खोजिरहेका छन्, गाउँको समस्या के हो ? यो कुरालाई भन्दा पनि ओलीले जनताको जीवनमा प्रभाव नपार्ने ठूला कुरा मात्र गर्नुभयो । ओली गालीगलौजमा सीमित रहेका कारण जनताले एमालेलाई मन पराएनन्, पत्याएनन् ।
बन्न सक्छ फेरि वामपन्थी गठबन्धन ?
चुनावमा एमालेलाई लागेको धक्कापछि फेरि वामपन्थी गठबन्धनको हल्ला चलेको छ, तर म त्यो सम्भावना देख्दिनँ । यो चुनावमा भोट गर्दा शीर्ष नेताहरूले गठबन्धनलाई २० वर्षसम्म चलाउने भनेका थियौं, त्यति लामो नगए पनि आगामी संसदीय चुनावसम्म यो सरकार चल्छ ।
गठबन्धन पछिसम्म जान्छ भनेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुरजी, माओवादी अध्यक्ष प्रचण्डजी, माधवजीले, झलनाथजीले भनिरहनुभएको छ । हुन त नेपालको राजनीति सत्ता र स्वार्थकेन्द्रित भइरहेको छ, तथापि उहाँहरूले स्थानीय तहको चुनावमा भोट माग्दै गर्दा जे कुरा लिएर जानुभएको छ, त्यसको आधारमा यो गठबन्धन प्रतिनिधि सभा चुनावसम्म जान्छ भन्ने नै लाग्छ ।
संसद् विघटन र संविधान कुल्चिएको अवस्थामा बनेको यो गठबन्धनको धरातल त्यति कमजोर छैन । गठबन्धन बनाउँदादेखि अस्ति चुनावअघि गरेको वाचाअनुसार पनि नेताहरू यसप्रति इमान्दार देखिएका छन् । विगतमा नेताहरूले इमान्दारी कुरा गरेका छैनन्, जनतालाई विश्वासघात गरेका छन्, यो नगरुन् भन्ने उनीहरूको चाहना छ । ठूला कुरा गर्नुभन्दा पनि जनताका समस्या समाधान गर्ने एजेन्डा लिएर चुनावमा जानुपर्छ ।
काठमाडौंको अभिमत– दलप्रतिको आक्रोश
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले मेयरमा पाइरहेको लोकप्रिय मतलाई हामीले दुई तीन तरिकाले हेर्नुपर्छ । काठमाडौंको कुरा हेरौं, अहिलेको लिडरसिपले युवाहरूको आवश्यकता र चाहना बुझ्न नसकेका कारण उनले भोट पाए । अहिले ग्लोबल भिलेजको कुरा आइरहेको समयमा जनताले के चाहिरहेका छन् ? त्यो कुरा राजनीतिक दलका शीर्ष नेताले बुझेनन् ।
अहिले जसरी भ्रष्टाचार र दण्डहीनताले गर्दा राजनीति दुर्गन्धित भइरहेको छ । अहिलेको स्थानीय तहको चुनावले त्यसलाई हटाउन सकेन भने स्वतन्त्रले चुनाव जित्ने प्रवृत्ति अझै बढेर पार्टीहरू कमजोर हुन्छन् । राजनीतिक दलहरूप्रतिको असन्तुष्टिले नेपालमा भारतको केजरिवाल जस्तो वैकल्पिक राजनीतिक दल स्थापना हुनसक्छ । पार्टीहरूले आफूभित्र व्यवस्थापन गर्न सकेनन् र पारदर्शी बनेनन् भने बालेन जस्ता स्वतन्त्र उम्मेदवार बन्ने प्रवृत्तिलाई रोक्न सकिन्न ।
(कांग्रेस नेता भण्डारीसँग गरिएको कुराकानीमा आधारित) ।
स्पेनको राधजानी मड्रिडमा मंगलवार (२८ जुन) बाट पश्चिमी सैन्य गठबन्धन नेटोको शिखर सम्मेलन शुरू भएको छ । बिहीवारसम्म चल्ने यस सम्मेलनमा नयाँ रणनीतिक अवधारणाका विषयमा चर्चा गरिने नेटोको वेबसाइटमा उल्लेख ...
युक्रेनको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गरिरहेको रुसले कृष्ण सागरमा रहेको सर्प टापु (स्नेक आइल्यान्ड) बाट चाहिँ पछि हट्नुपरेको छ । युक्रेनीहरूले जिमिनी टापु भन्ने गरेको त्यस क्षेत्रबाट रुसीहरूलाई ह...
रुसले युक्रेनविरुद्ध चलाएको विशेष सैन्य कारवाही चलाएको १२५ दिन पुगिसक्दा पनि टुंगो लाग्ने छाँटकाँट नदेखिएपछि राष्ट्रपति भोलोदीमीर जेलेन्स्की समेत आजित भइसकेका छन् । सोमवार जी७ मुलुकहरूको बैठकलाई सम्ब...
जर्मनीको श्लोस एल्माउमा आइतवारदेखि शुरू भएको विश्वका शक्तिशाली मुलुक जी७को बैठकले रुसविरुद्ध एकजुट हुने तथा चीनको प्रभाव घटाउन पूर्वाधार विकास योजना अघि बढाउने संकल्प लिएका छन् । जी७ क्यानडा, फ्रान्स, ...
लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अर्थतन्त्र धराशायी भइसकेको त्यहाँका प्रधानमन्त्री रनिल विक्रमसिंघेले स्वीकार गरेका छन् । बुधवार (२२ जुनमा) त्यहाँको संसदमा बोल्दै विक्रमसिंघेले खाद्यान्...
प्रदेश र संघीय संसद्को चुनावी मिति घोषणाको पूर्वसन्ध्यामा माओवादी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयासले प्राथमिकता पाएको छ । माओवादी आन्दोलनसँग जोडिएका दलहरूलाई एकीकृत गर्नका लागि विशेषगरी माओवादी...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...