साउन २५, २०७९
धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेख...
काठमाडाैं | जेठ ५, २०७९
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसोसम्म ५ सय ७० स्थानीय तहको नतिजा आएको निर्वाचन आयोगले बताएको छ ।
अहिलेसम्म आएको नतिजाअनुसार २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । सबै स्थानीय तहको नतिजा आउँदा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
बिहीबारसम्म १७४ नगरपालिकाका प्रमुख, उपप्रमुख, ३९६ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएर आयोगमा विवरण प्रविष्ट भइसकेको पौडेलले बताए ।
आयोगका अनुसार, बिहीबार दिउँसोसम्म ५ हजार ६५९ वडाध्यक्ष, ५ हजार ६५३ महिला सदस्य ५ हजार ५५६ दलित महिला सदस्य र १ हजार २९५ जना वडा सदस्य निर्वाचित भएका छन् ।
कानूनअनुसार, जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको अन्तिम कार्यकाल हुने भए पनि मतगणना ढिलो हुँदा नयाँ निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्न पाएका छैनन् ।
‘मतगणना टोली बढाएर यथाशाक्य छिटो मतगणनाको कार्य सम्पन्न गर्न यसअघि नै निर्देशन दिइसकिएको छ,’ पौडेलले भने, ‘छिटोभन्दा छिटो मतगणना सम्पन्न गराउन हामी अझै पनि प्रत्यत्नशिल छौं ।’
मतदान र मतगणनाको क्रममा कानून विपरित अनियमितता गर्नेहरुलाई पक्राउ गरी निर्वाचन कसुर ऐन अन्तर्गत कारबाही गर्न आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको पनि पौडेलले जानकारी दिए ।
धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेख...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणका क्रममा आफूले प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न आग्रह गरेको बताएका छन् । ५ दिने जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्...
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला–जिल्लामा चुनावी माहोल तात्न थालेको छ । मंसिर ४ गतेका लागि घोषित निर्वाचनको टिकट हत्याउन नेताहरूको दौडधूप शुरू भएको छ । टिकटका आका&...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली...
सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व मन्त्र...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न हुने बताएका छन् । मन्त्री पौडेलले बुधवार हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा च...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...