जेठ १३, २०७९
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मतपरिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदलबदल गरिदिएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको हालसम्म प्राप्त मत परिणामअनुसार दोस्रो स्थानमा झर्ने देखिएको छ ।
यसअघि दोस्रो दलको हैसियतमा रहेको दल नेपाली कांग्रेस यसपटक एक स्थानमाथि उक्लिएर पहिलो दल बन्ने सुनिश्चित भइसकेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले २९४ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत निकालेर पहिलो दल बनेको थियो भने कांग्रेस २६६ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत निकाल्दै दोस्रो बनेको थियो ।
नेकपा माओवादी केन्द्र त्यसबखत १०६ स्थानमा प्रमुख/अध्यक्षमा जीत निकालेर तेस्रो हैसियतमा रहँदा संघीय समाजवादी फोरम र मधेशवादी दलका रूपमा रहेको जसपालगायतका दल त्यसपछिको हैसियतमा थिए ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले ३४ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत हात पारेको थियो । त्यसबखत सो दल स्थानीय तहमा चौंथो बनेको थियो ।
तत्कालीन राजपा नेपालले २५ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत निकाल्दा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले ५ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत हात पारेको थियो । सो दल अहिले नेपाली कांग्रेससँग एकता गरिसकेको छ ।
यसपटकको निर्वाचनमा भने कांग्रेसले आफ्नो हैसियतमा सुधार गर्दा एमालेलाई धक्का पुगेको छ । कांग्रेस सत्ता गठबन्धनमा रहेर निर्वाचनमा होमिँदा विभाजनमा परेको एमालेलाई त्यसको असरले क्षति पुर्याएको छ भने गठबन्धनमै रहेको दल माओवादी केन्द्रले पुरानो हैसियतलाई सुधार गरी तेस्रो स्थानलाई सुरक्षित गर्दै अंक बोनस थपेको छ । मधेशवादी दलहरू यसबीचमा भएको टुटफुटले छिन्नभिन्न हुँदा त्यसको असर अहिलेको स्थानीय तहको परिणाममा देखिँदै गएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन सफल भएको बताए । बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको भनेका हुन् ।
‘स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन सफल भयो, गठबन्धनभित्र आंशिक रूपमा कमीकमजोरी भए पनि त्यसलाई हामी सच्याउँछौं, समीक्षा गर्छौं,’ पौडेलले भने ।
बिहीवार राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ६७ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत हात पारेको छ भने ५६ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३१५ भन्दा बढी स्थानीय तहमा जीत निकाल्ने देखिएको छ ।
नेकपा एमालेले १ सय ६८ तहमा प्रमुख/अध्यक्षमा जीत हात पार्दा ३० स्थानीय तहमा अग्रता लिएको छ । यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतभन्दा करीब ९० देखि ९५ स्थानीय तह गुमाउने देखिएको छ ।
विगतको स्थानीय तह निर्वाचनमा १०६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बिहीवार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १०७ वटा स्थानीय तहमा जित निकालिसकेको छ भने १३ स्थानीय तहमा अग्रता लिएको छ ।
स्थानीय तहमा चौथो दलको हैसियतमा भने जनता समाजवादी पार्टी नेपालको सम्भावना बढेको छ । राति अबेरसम्मको परिणामअनुसार जसपाले १७ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको छ भने १८ तहमा अघि छ ।
नेकपा एसले १४ तहमा प्रमुख/अध्यक्ष जितेको छ भने ५ तहमा अग्रता छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ तहमा जीत निकाल्दा ८ तहमा अग्रता लिएको छ भने अन्य २३ साना दलले स्थानीय तहमा सिट सुरक्षित गर्दै गर्दा १० स्थानीय तहमा ती दलको अग्रता छ ।
राति अबेरसम्मको परिणामअनुसार कांग्रेसबाट २४५ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष निर्वाचित भइसकेका छन् । ५५ तहमा उपप्रमुख/उपाध्यक्ष पदमा कांग्रेस अघि छ ।
१८३ स्थानीय तहमा एमालेका उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरी ५० तहमा एमालेको अग्रता छ ।
नेकपा माओवादी केन्द्रका ११५ जना उपप्रमुख/उपाध्यक्ष विजयी बन्दा १२ स्थानमा अग्रता छ । नेकपा एसका १८ उपप्रमुख/उपाध्यक्ष निर्वाचित बन्दा ५ तहमा सो पदमा अग्रता छ । जसपा नेपालले स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष पदमा १६ स्थानमा जीत निकालेर १४ तहमा सो पदमा अग्रता लिएको छ ।
लोसपाले उपप्रमुख/उपाध्यक्षमा ५ तहमा जितेको छ भने ५ तहमा नै अघि छ । अन्य दलका १५ उपप्रमुख/उपाध्यक्षमा निर्वाचित बन्दा २ तहमा अग्रता छ ।
स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।
निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् । राजधानीमा खबर छ ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...