×

X
Dabur
Nic Asia
Marvel

भब्य रूपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

काठमाडाैं | जेठ ६, २०७९

TVS INSIDE

सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि  सहकार्य गरेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रिन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।

यहि समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो जसमा अहिलेसम्म ४ वटा हिम–शृंखलाहरुबाट २९,९९८ के जी (५,२०४ केजी कुहिने र २४,७९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको छ । यी फोहरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ ।

Vianet communication
Maruti inside

अभियानको बारेमा बोल्दै क्याम्पेन डिरेक्टरले भने, “अत्याधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतिपूर्ण हुन्छ । हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिले सम्मको यात्रा तय गरेका छौँ । र यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौं ।”

नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित यस हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान मध्यको एक हो र यो अभियानको तेस्रो संस्करण हो जसमा कोका–कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ । हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिम–शृंखलाहरुको सरसफाई गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा “हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो दायित्व” रहेको छ ।

स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि  बढिरहेको छ । यस अभियानबाट सङ्कलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ । यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिने बताइएको छ ।
 

TATA Below
NLIC
साउन २४, २०७९

डिसहोममा १ वर्षको रिचार्ज गर्दा ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले १ लाख रुपैयाँ नगद जितेका छन् ।  डिसहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने अफरअन्तर्गत खड्का र घर्तीले लक्की ड्रमार्फत स...

साउन २६, २०७९

बिहीवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीवार सुनको मूल्यमा गिरावट आएको हो ।  नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजा...

साउन २५, २०७९

चितवनको भरतपुरस्थित अत्याधुनिक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म वि...

साउन २४, २०७९

शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीच नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । मंगलवार शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता पत्रमा हस्...

साउन २२, २०७९

‘नोकिया नेपाल इनोभेसन डे २०२२’  सम्पन्न भएको छ ।  नोकियाले  फिनल्याण्डको दूतवाससँगको सहकार्यमा शुक्रवार सो कार्यक्रम सम्पन्न गरेको हो । वि.स. २०१७ मा नोकियाले नेपालमा आफ्नो उप...

साउन २२, २०७९

हेरिटेज समूहले सौराहाको ल्याण्डमार्क रिसोर्टमा गत शुक्रबार तथा शनिवार एक विशेष कार्यक्रम आयोजना गरि आफ्ना नयाँ योजनाहरु सार्बजनिक गरेको छ । हेरिटेज म्याट्रेसले नविनतम उत्पादनको रुपमा अर्थो डक्टर म्याट्रेस र बन्ड...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x