जेठ १०, २०७९
दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...
काठमाडाैं | जेठ ६, २०७९
राजधानी काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
देशको राजधानी रहेको काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ६ वटामा नेपाली कांग्रेस, ६ वटामा एमाले र १ पालिकामा राप्रपा विजयी भएको छ ।
नागार्जुन नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
मतगणना सार्वजनिक भएकामध्ये कागेश्वरी मनोहरामा कांग्रेसका उपेन्द्र कार्की, कीर्तिपुरमा राजकुमार नकर्मी, गोकणेश्वरमा दिलिपकुमार रिसाल, चन्द्रागिरीमा घनश्याम गिरी, तारकेश्वरमा कृष्णहरि महर्जन र दक्षिणकालीमा मोहन बस्नेत विजयी भएका छन् ।
नेकपा एमालेको तर्फबाट टोखा नगरपालिकामा प्रकाश अधिकारी र बूढानीलकण्ठमा मिठाराम अधिकारी विजयी भए । शंखरापुरमा राप्रपाका रमेश नापित विजयी भएका छन् ।
मतगणना चलिरहेको नागार्जुनमा कांग्रेसका मोहन बस्नेतले अग्रता बनाएका छन् ।
चासोका साथ हेरिएको काठमाडौं महानगरको भने अहिलेसम्म बल्ल एकतिहाइ मत गणना भएको छ । शुक्रवार बिहानसम्म स्वतन्त्र उम्मेदवार बालेन साहले २६ हजार ६०१ मत पाउँदा एमालेका केशव स्थापितले १४ हजार ३८६ मत पाएका छन् ।
ललितपुरमा कांग्रेसको अग्रता
काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुरका १ महानगर र २ नगरपालिकामध्ये १ मा कांग्रेस विजयी र १ मा कांग्रेसको अग्रता छ । गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जन विजयी भएका छन् ।
ललितपुर महानगरपालिकामा मत गणना चलिरहेको छ । कांग्रेसका चिरिबाबु महर्जन २१ हजार मतसहित अग्रता बनाइरहेका छन् भने एमालेका हरिकृष्ण व्यन्जनकारले १२ हजार ३२ मत पाएका छन् ।
मत गणना जारी रहेको महालक्ष्मी नगरपालिकामा एमालेका हरिगोविन्द श्रेष्ठले अग्रता बनाएका छन् । तालमेलमा माओवादीको भागमा परेको यो नगरपालिकामा शिवप्रसाद कट्टेल पछि परेका छन् ।
भक्तपुरमा कांग्रेस २, एमाले र नेमकिपा १/१
४ वटा नगरपालिका रहेको भक्तपुरमा नेपाली कांग्रेसले २ तथा नेकपा एमाले र नेमकिपाले १/१ नगरपालिका हात पारेका छन् ।
मध्यपुर ठिमी नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र चागुनारायण नगरपालिकामा जीवन खत्री विजयी भएका छन् । सूर्यविनायक नगरपालिकामा एमालेका वासुदेव थापा र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापति विजयी भएका छन् ।
काठमाडौं उपत्यकाका नगरपालिकामा विगतको तुलनामा कांग्रेसलाई फाइदा भएको छ भने एमालेले केही गुमाएको छ ।
दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...
पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको जित सुनिश्चित भएको छ । अब गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपछि आचार्यको जित सुनिश्चित भएको हो । पोखरा महानगरपालिकामा ...
त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...
स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...