जेठ २७, २०७९
गजल–१ झरी झरी नभन् एक्दिन त्यही पानीले मार्छ जोगाउन सकिनस् भने आफ्नै जवानीले मार्छ मुटु पो दिईस् कलेजो त दिएको छैनस् नि ? मदिरा-मदिरा नभन् ,साला पिउ...
गोपाल पिँढीमा बसेर कसैको प्रतीक्षा गर्न लाग्यो तर निकैबेरसम्म माखै देखा परेनन् । न कुनै चाँचुँ आवाज नै सुनियो ।
ढोका खुलै भएकाले भित्र कोही हुनुपर्छ भन्ने अनुमान भने लगाउन सकिन्थ्यो । झम्के साँझतिर घरायसी उत्पादन छालाको जुत्ता पट्काउँदै एकजना प्रौढ सज्जन देखा परे, जसले काँखीमा घुम च्यापेका थिए । लाग्थ्यो नजिकै कतै गएर आएका हुन् । पिँढीको डिलमा घुम राख्दै भने –
‘को हौ ? काँबाट किन आका ?’
बोली कडा थियो, स्वभाव खरो, दाह्रीजुँगा फुलेका ढड्डु बुढा । बोली सुनेर गोपाल डरायो, हकारेका हुन् कि भनेर तर डराएर चल्ने काम चल्ने अवस्था थिएन । बिस्तारै भन्योे –
‘म हुँ ।’
‘म भन्या के ?’ फेरि उस्तै कडा आवाज । उसले हिम्मत जुटाएर भन्यो –
‘म गोपाल पढ्न आको सल्यानतिरबाट, बाका नाम हरिदास ।’
‘तिम्रा गाँममा स्कुल छैनन् ?’
‘हजुर, छैन ।’
‘किन पिँढीमा बस्या, खाटाँ बस सुकुल तानेर ।’
यति भन्दै उनीभित्र पसे । भित्र गएर के भने थाहा पाएन, गुनगुन गरेको मात्र सुन्यो । केहीबेरपछि उनै सज्जन आएर भने –
‘भात पाक्या छ आऊ खान । अप्ठ्यारो मान्नुपर्दैन आफन्तै ठाने हुन्छ ।’
उनको कुरा सुन्दा बोली कडा भए पनि बुढाको मन कमलो रहेछ जस्तो गोपाललाई लाग्यो । लुगा फुकालेर खाटमा राख्यो र कछाडलाई धोतीको रूप दिएर भित्र छिर्यो । तिनताका अपरिचितलाई जो भए पनि चुलामा खान दिने चलन थिएन । अवस्था हेरेर चौकी वा मझेरीमा पिर्का राखिएको हुन्थ्यो तर गोपालका लागि चुलामै पिर्का राखिएको रहेछ ।
चुलामा पिर्का देखेर ऊ खुशी भयो । सायद बालाई चिनेका रहेछन् कि भन्ने पनि सोच्यो तर मुखले भने केही भनेन । भान्छे आवै कपाल फुलेकी भद्र महिला रहिछिन् । उनले हातमा राखिदिएकी पानी आचमन गरी चुलोमा उक्लेर बस्यो ।
आवैले चरेसको दालमा भात र काँसको कचौमा तरकारी दिइन् । हेर्यो मसिनो चामलको भात र आलु मस्यौराको तरकारी रहेछ । औसानी हाल्दै पञ्चगाँस खायो र चुपचाप बाँकी खाना खायो । खाँदा बोल्ने चलन थिएन उसको । ब्रतबन्धकै दिन आमा जमुनाले १२ वर्षसम्म नबोली खाने ब्रत लिनुपर्छ भन्ने दीक्षा दिएकी थिइन्, जुन पूरा भएको थिएन । आवैले खाना थप्न खोज्दा हातको इसाराले पुग्यो भन्यो ।
चुठेर आउँदा खाटमा ओछ्यान लगाइसकिएको रहेछ । सायद उनै प्रौढ सज्जनले लगाइदिएका होलान् । साथमा सिरानी र पातलो दोलाई पनि थियो । भदौ महिना भए पनि माथिल्लो धादिङमा बेलुका पानी पर्दा जाडै हुन्थ्यो । दोलाई तानेर सुतेको मुरीघुस भएछ । थाकेकाले होला सायद !
ब्यूँझिँदा उज्यालो भइसकेको पायो । उठेर यताउता हेर्यो नजिकै पँधेरो देखेर त्यतै लाग्यो । हातमुख धोई पुनः खाटमै आएर बस्यो । एकैछिनमा उनै सज्जन आएर भने –
‘हिँड मेरा साथमा ।’
उसलाई कहाँ भनेर प्रश्न गर्ने छुट नियतिले दिएको थिएन । झोला भिरी थोत्रो चप्पल लगाएर उनकै पछि लाग्यो । त्यस्तै १० मिनेटजति हिँडेपछि बुढा गल्लीसँगको एउटा घरमा छिरे । घर २ तले ढुंगाले छाएको थियो । छिँडीमा केही गाई बाँधिएका थिए । छेउको काठे भर्याङ चडेर उनी माथि उक्ले । गोपालले पछ्यायो । माथि तलामा छुस्स दाह्रीजुँगा भएका दुब्ला, पातला अधबैंसे सज्जन हुक्का तान्दै तास खेलिरहेका रहेछन् एक्लै । बुढालाई देख्नेबित्तिकै टाउको उठाउँदै भने –
‘को लिएर आउनुभो मामा !’
बुढा ‘तिम्रा चेला’ भन्दै सँगै बसेर हुक्का तान्न लागे । गोपाल छेउमा टुुसुक्क बसेर हेरिरह्यो भर्खर भित्रिएकी नयाँ दुलहीले झै । एकछिनपछि उनी ‘किन बस्या ह्याँ, जाऊ माथि गएर गुरुलाई खाना पकाऊ’ भन्दै उठे ।
गोपालले अधबैंसे सज्जनतिर हेर्यो तर कुनै उत्तर आएन । त्यसपछि ऊ तलामा उक्लेर खाना पकाउन लाग्यो । उनी आफ्नै तालमा तास खेल्नतिर ।
खान पाकेपछि उसले तल गएर बिस्तारै भन्यो –
‘गुरुजी ! भान्छा तयार भाख ।’ यद्यपि उनी को हुन् गोपालले चिनेको थिएन तर ल्याइदिने सज्जनले गुरु भनेकाले गुरु भनेको थियो ।
अधबैंसे सज्जन माथि उक्ले धोतीपाटा फेरेर । उनले खाएपछि गोपाल खान बस्यो । उसले खाएर झर्दासम्म उनी लुगा लगाएर उसैलाई पर्खिरहेका रहेछन् । देख्नासाथ ‘हिँड सँगै’ भनेर अघि लागे । गोपाल पछिपछि गयो । उनी संस्कृत पाठशाला नेवारपानीका प्राचार्य रहेछन् । घर आप्री नलाङ, नाम डिल्लीरमण अर्याल । उनले वनारसबाट व्याकरण विषयमा शास्त्री पास गरेर आएदेखि नै यता आएर पढाउन थालेका रहेछन् । संस्कृत पढाउने भएकाले सबैले उनलाई गुरु भन्थे । विद्यालयमा अर्का शिक्षक पनि थिए, जसले हिसाब र अंग्रेजी पढाउँथे । त्यसैले हुनुपर्छ उनलाई भने ‘मास्टर साब’ भन्ने गर्थे ।
विद्यालय पुगेपछि गुरुले ६ कक्षामा भर्ना गर्दै भने –
‘पुस्तकहरू छैनन् होला, हाललाई साथीहरूसँग मागेर चलाउनु । लुगा छैनन् भने चाँहि सिलाउँदा हुन्छ ।’
विद्यालयमा भर्ना भएको दिन गोपाल औंधी खुशी भयो । भोलिपल्टै अनध्याय (बिदा) परेकाले सुनौला बजार गएर नयाँ सर्ट र कट्टु सिलायो । निवास नजिकैको खोलामा गएर मिचिमिचि शरीरको मयल पखाल्यो लक्स साबुनले । अब ऊसँग पढ्ने स्थान थियो, लाउने लुगा भयो, बस्ने स्थान पायो ।
तिनताका नेवारपानी संस्कृत पाठशालाको ख्याति काठमाडौंसम्म फैलिएको थियो । त्यहाँबाट आउने विद्यार्थीहरू कोही तिनधारा संस्कृत छात्रावासमा बसेर रानीपोखरी संस्कृत पाठशाला हुँदै वाल्मीकि क्याम्पसमा पठ्थे, कोही सुनौला बजारकै भैरवी हाइस्कूलबाट एसएलसी गरी अंग्रेजी विद्यालयमा पढ्न आउने गर्थे तर जहाँ पनि नेवारपानी धादिङको संस्कृत पाठशालामा पढेका विद्यार्थीहरू अब्बल दर्जाका मानिन्थे । रामहरि दहाल, बद्री दहाल, रमेशचन्द्र अधिकारी आदि लब्ध प्रतिष्ठ विद्वानहरू सोही पाठशालाका उपज हुन्, जसले वाल्मीकि क्याम्पसबाट उच्च शिक्षा हासिल गरी आ–आफ्ना क्षेत्रमा ख्याति कमाए । राममणि दुवाडी, बाबुराम अधिकारी, पुरुषोत्तम अधिकारी आदि विद्वान्हरू भने भैरवी हाइस्कूलबाट एसएलसी गरी उदाएका विद्वान् हुन् ।
गोपालले ३ वर्षसम्म सुनौला बजार मान्केस्थित दूर्गाप्रसाद अधिकारीको घरमा डेरा गरी बस्ने उनै गुरु डिल्लीरमण अर्यालको सानिध्यमा रहेर प्रथम परीक्षा पास गर्यो । त्यसपछि भने फेरि उसको बेचैनीको दिन शुरू भए । कारण उसको गाउँमा स्कूल थिएन । बाहिर गएर पढ्न उसको हैसियतले दिएन । त्यसैले केही महिना घरमै बितायो तर उसको शरीर मात्र घरमा थियो मन अन्तै ।
२०३३ साल वैशाखतिर हो क्यारे भागेर विपत्ता भएको गोपाल हालसम्म पत्ता लागेको छैन । कता छ सोधखोज गर्दैैछु । पत्ता लाग्नासाथ लिएर आउनेछु ।
गजल–१ झरी झरी नभन् एक्दिन त्यही पानीले मार्छ जोगाउन सकिनस् भने आफ्नै जवानीले मार्छ मुटु पो दिईस् कलेजो त दिएको छैनस् नि ? मदिरा-मदिरा नभन् ,साला पिउ...
नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा ...
प्रत्युश भुसाल प्यारो र सुन्दर नेपाल मेरो देश । छन सौन्द्रय नदीनाला बहने अशेष ।। वीरताको गाथा बोकेको मेरो देश ।।। मठ,मन्दिर,गुम्बा र मस्जिद छन बिशेष ।।।। देशका बलिया खम्बा...
काठमाडौं । लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता ख...
समय त्यस्तै २०३२ सालको अन्त्यतिर हुनुपर्छ । बहिनीको विवाहको राति भागेको गोपाल पर्सिपल्ट त्रिशूली बजार पुग्यो । पढ्न हिँडेको थाहा भए पनि कता जाने थाहा थिएन उसलाई । यसो त प्रथम परीक्षा पास गर्नासाथ कथावाचक बन्न...
काठमाडौंको किंग्स् कलेजले विद्यार्थीहरूमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उदेश्यका साथ शिल्पी थियटरमा ‘त्रयम्’ शिर्षकको नाटक मञ्चन गरिरहेको छ । यसै महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाट...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...