जेठ १०, २०७९
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
६ वर्ष मलेसिया बसेर फर्केका दक्षिण ललितपुर मानिखेलका राजेश घिमिरे पाँच वर्षदेखि पशुपालनमा रमाइरहेका छन् ।
१८ वटा भैँसी र एउटा गाई पालिरहेका घिमिरे दैनिक एक सय लिटरभन्दा बढी दूध बिक्री गर्छन् ।
घरपरिवारसँगै बसेर मलेसियाभन्दा राम्रो कमाइ भएपछि आगामी दिनमा यसै व्यवसायलाई नै विस्तार गर्ने योजना घिमिरेले सुनाए ।
बाउबाजेकै पालादेखि पशुपालनलाई मुख्य पेसाका रूपमा अँगाल्दै त्यसैमा रमाइरहेका सङ्खुका दीपक हुमागाईंलाई जीविकोपार्जनकै लागि विदेशिने या वैकल्पिक पेसाको खोजीमा लाग्ने कुराप्रति कुनै मोह छैन । उनी पनि पशुपालनमै रमाएका छन् ।
भिसा लगाएर पनि मलेसिया जान नसक्नुभएका बुखेलका सन्तोष तिमिल्सिनाले पनि ११ वर्षदेखि १३ वटा भैँसी र तीनवटा गाई पालेका छन् । दैनिक ८० लिटरभन्दा बढी दूध उत्पादन गर्ने तिमिल्सिनाले दैनिक तीन धार्ने खुवा पनि बनाउँछन् भने अरू दूध बिक्री गर्दै आएका छन् ।
दक्षिण ललितपुरका किसान पशुपालन र कृषिप्रति आकर्षित भएका छन् । ललितपुरको दक्षिणी क्षेत्र विशेषगरी बुखेल, सङ्खु दूध उत्पादनका लागि अगाडि छन् । देवीचौर, धुसेल, भट्टेडाँडा, मानिखेल, गोटीखेललगायतका क्षेत्रमा पनि पशुपालनका लागि राम्रो मानिन्छन् ।
चितवन र काभ्रेपछि सबैभन्दा बढी दूध उत्पादन गर्ने जिल्लाका रूपमा रहेको ललितपुर पशुपालन अभियानकै रूपमा अगाडि बढिरहेको छ । दूधबाट मात्रै गाउँमा वार्षिक करोडौँ रुपियाँ भित्रिने गरेको छ । ललितपुर दूध उत्पादनका हिसाबले तेस्रो जिल्लाका रूपमा पर्छ । जिल्लाभर ६० वटा प्रारम्भिक सहकारी संस्थाले दूध सङ्कलन गर्छन् ।
विशेषगरी दक्षिण ललितपुर भैँसीको दूध उत्पादनका हिसाबले चिनिन्छ । दैनिक ७० देखि ८० हजार लिटर दूध उत्पादन हुने र यो क्षेत्रमा खुवाको बजार पनि राम्रो भएको कृषि सहकारी सङ्घ, ललितपुरका व्यवस्थापक उद्धवप्रसाद घिमिरेले बताए ।
उनको अनुभवमा पछिल्लो समय दूध उत्पादन बढेकै छ तर यसमा लाग्ने किसानको सङ्ख्या भने घटेको छ । खासगरी दूध सङ्कलन गर्न गाह्रो हुने क्षेत्रमा खुवा बनाउने गरिएको छ । ठूला दुर्लुङ, गिम्दी, आप्रा, प्युटारतिर खुवा बनाएर बिक्री गर्ने चलन छ ।
बाटोको पहुँच राम्रो पुगेको, सङ्कलन गर्न ढुवानीको अवस्था सहज भएका क्षेत्रमा दूध सङ्कलन गरिन्छ । बजार नजिक हुने स्थानमा दूध नै बिक्री हुन्छ, अलिक विकट ठाउँमा खुवा बनाएर बिक्री गरिएको उनी बताउँछन् । सङ्घले पकेट क्षेत्रको उत्पादन क्षेत्रमै चिस्यान केन्द्र स्थापना गरेको छ । किसानलाई गुणस्तर सुधारसम्बन्धी, पशुपालनको सीप र क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ ।
किसानको आफ्नै ब्रान्ड
दूध उत्पादनमा क्रियाशील ललितपुरका किसानले यसै वर्षदेखि ‘पोसिलो’ ब्रान्डमा दुग्धजन्य वस्तुको उत्पादन शुरू गरेका छन्, जुन सञ्चालनमा आएको छोटो समयमै लोकप्रिय बनेको छ । चापागाउँमा किसानकै सहभागितामा सञ्चालनमा ल्याइएको दूध प्रशोधन कारखानामा दही, दूध, पनिर, खुवा र मिठाई उत्पादन गरेर बजारमा पठाउने गरिएको सङ्घका व्यवस्थापक घिमिरेले जानकारी दिए ।
दुग्ध क्षेत्रमा जति पनि भाँडाबर्तन प्रयोग हुन्छ, त्यसलाई प्लास्टिकरहित भाँडा प्रयोग गर्ने अभियान पनि सङ्घले चलाएको छ । आल्मुनियम मात्रै प्रयोग हुँदा दूधको गुणस्तरमा तलमाथि हुन पाएको छैन ।
पुस्ता हस्तान्तरणमा समस्या
यो क्षेत्रमा दूध उत्पादनदेखि बजारीकरणसम्म ढुक्क हुँदाहुँदै पनि पछिल्लो पुस्ता यसप्रति आकर्षित हुन सकेको छैन । पशुपालनमा युवालाई आकर्षित गर्न नसकेसम्म यो व्यवसायले गति लिन नसक्ने किसान बताउँछन् ।
दुग्ध उत्पादनको लागत घटाउने कार्यक्रम सञ्चालन गरे दूधमा आत्मनिर्भर बन्न सकिने र यो व्यवसायमा नयाँ पुस्तालाई पनि आकर्षण गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले खबर लेखेका छन् ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...