जेठ १३, २०७९
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ ।
नेपाल आयल निगमले एक सातामा नै दुई पटक मूल्य वृद्धि गरी प्रतिलिटर पेट्रोल १८०, डिजेल र मट्टितेल १६३, हवाई इन्धन १६६ (आन्तरिक) र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ पु-याएपछि यस्तो दबाब बढेको हो।
आमउपभोक्तामा मूल्य वृद्धिले पारेको असर कम गर्न पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने वा स्वचालित मूल्यमा नै दर निर्धारण गर्ने भन्ने पनि सरकारका लागि कठिन कार्य बनेको छ तर कर छुटको विकल्पमा मात्र जाने हो भने सरकारको राजस्वमा कमी आई अर्थतन्त्रमा अर्को असर पर्ने देखिन्छ ।
त्यसैले तत्कालीन समस्या समाधान गर्दा त्यसले पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावको अध्ययन गर्नु आवश्यक हुन्छ । नेपालका लागि उपभोगमा कटौती र विद्युतीय ऊर्जा प्रवद्र्धन र उपभोग बढाउनु दीर्घकालीन रूपमा हितकर हुने देखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थलाई त्यस्तो सुझाव दिएको छ।
कर छुट दिएर परल मूल्यमा नै उपभोक्तालाई उपलब्ध गराउनुपर्ने माग निजी क्षेत्रलगायत आयल निगमको पनि छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पेट्रोलियम पदार्थको परल मूल्यमा जानुुको विकल्प नरहेको बताए । “तत्कालका करमा छुट गर्न भनेका छौँ”, उनले भने– “तर यसले दीर्घकालीन समाधान नहुने भएकाले अहिले जतिसक्दो इन्धन खपत घटाउनु उत्तम हो।” निगम आर्थिक सङ्कटमा परेकाले नियमित रूपमा आपूर्ति सहज पार्न मूल्य वृद्धि गर्नु बाध्यता रहेको उनले बताए ।
पूर्वसचिव पुरुषोत्तम ओझाले पनि मूल्य लगातार बढ्दा सरकारप्रति नकारात्मक धारणा जाने हुँदा तत्काल उपभोक्तालाई राहत दिन इन्धनमा लाग्दै आएको अतिरिक्त शुल्क हटाउनुपर्ने बताए । पेट्रोलियम बन्ड सङ्कलन गरेर तत्कालको समस्या समाधान गर्नसकिने उनले सुझाव दिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि कर व्यवस्थामा पुनरवलोकनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले कर छुटको प्रस्ताव पठाएको भए पनि तत्कालका लागि इन्धन खपत कम गर्नुको विकल्प नरहेको बताए । विद्युतीय उपकरणको प्रयोग बढाउने, विद्युत् महसुलमा छुट दिएर इन्धन खपत घटाउनुको विकल्प नभएको उनको भनाइ छ ।
नेपाल–भारत खुला सिमानाका कारण पनि इन्धनको भाउले खपतमा प्रभाव पार्ने गरेको छ । प्रायःजसो भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम हुँदा नेपालबाट भारतमा तस्करी हुने गर्दथ्यो । त्यसले पनि नेपालको अर्थ व्यवस्थामा अर्को समस्या सिर्जना गरेको थियो तर नेपालमा भएको हालैको मूल्य वृद्धिपछि भने भारतभन्दा नेपालमा मूल्य बढी भएको छ।
नेपालमा प्रतिलिटर पेट्रोलमा पाँच रुपियाँ २३ पैसा र डिजेलमा नौ रुपियाँ ५६ पैसा सस्तो छ । भारतमा प्रतिलिटर पेट्रोल १७४ रुपियाँ र डिजेल १५३ रुपियाँमा पाइन्छ । भारत सरकारले हालै मात्र पेट्रोलियम पदार्थमा अन्तःशुल्क घटाएका कारण नेपालमा इन्धनको मूल्य महँगो भएको हो ।
लगातार इन्धनको मूल्य बढ्दा त्यसको असर बजारमा पर्ने गर्छ। ढुवानी भाडा बढ्दा दैनिक उपभोग्य सामानका समेत मूल्य बढ्दा त्यसको असर आमउपभोक्तालाई पर्छ ।
आयात बढी हुँदा विदेशी मुद्रा सञ्चितिमा समेत कमी आएकाले सरकारले आयात कम गर्न र आन्तरिक रूपमा इन्धन खपत कम गर्न सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले खबर लेखेकी छन् ।
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
राजस्व अनुसन्धान विभागले राजस्व छल्ने विरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन ...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...