साउन २६, २०७९
साउन १९ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको थियो । कार्यक्षमता अभाव भएको र निगमका लागि अयोग्य भएको ठहर गर्दै सरकारले उनलाई बर्खास्त गर...
कछुवा संरक्षणका लागि नेपालमा कछुवाको पर्याप्त अध्ययन हुनुपर्ने संरक्षणकर्मीहरूले जोड दिएका छन् ।
विश्व कछुवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मीहरूले कछुवासम्बन्धी पर्याप्त अध्ययन नहुनु र सचेतना जगाउन नसक्नुले कछुवा संकटमा पर्दै गएको बताएका हुन् ।
पद्मकन्या बहुमुखी क्याम्पसका उपप्रध्यापक चन्द्रमणि अर्यालले कछुवासम्बन्धी नेपालमा पर्याप्त अध्ययन नभएको बताए ।
‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सन् २००८ देखि २०१८ को बीचमा नेपालका संरक्षण क्षेत्र भित्र जम्मा ६ वटा मात्रै अनुसन्धानका अनुमति लिइएको पाइयो,’ उनले भने, ‘संरक्षण क्षेत्र बाहिर पनि पर्याप्त अनुसन्धान भएका छैनन् ।’
उनले सरोकारवालाहरूले पनि कछुवालाई पर्याप्त ध्यान नदिएको बताए । कछुवाको खबटा घरमा राख्दा आँखा लाग्दैन तथा खबटा घोटेर खुवाउँदा बच्चाहरुको दम निको हुन्छ भन्ने अन्धविश्वासका कारण पनि विनाश बढ्दै उनको भनाइ छ ।
उनका अनुसार खानका लागि अव्यवस्थित रुपमा गरिने संकलन, वासस्थानहरूको विनाश र अन्तर्राष्ट्रिय रुपमा हुने व्यापार विश्वमा कछुवाका लागि मुख्य चुनौती हुन् ।
‘नेपालको सन्दर्भमा पनि अव्यवस्थित रुपमा गरिने संकलन र वासस्थानहरूको विनाश र गैरकानूनी व्यापार कछुवाका संरक्षणका लागि प्रमुख चुनौती हुन्,’ उनले भने, ‘नेपालमा सबैभन्दा बढी पाइने पुतली कछुवाहरूको अव्यवस्थित संकलन, बासस्थानको विनाश, घरमा पाल्ने आदि कारणले उनीहरुको अस्तित्व संकटमा पर्दै गइरहेको छ ।’
कार्यक्रममा त्रिचन्द्र क्याम्पसका वातावरण विज्ञान विभागका विद्यार्थी दुर्लभ पराजुलीले हेटौंडामा कछुवाहरूको संरक्षणका अवस्थाबारे जानकारी गराएका थिए ।
हेटौंडामा गरेको सर्भेमा २१ प्रतिशत मानिसहरुले कछुवाको मासु खाने गरेको पाइएको उनले बताए । कछुवाको वातावरण हुने भूमिका थाहा नहुनु, अन्धविश्वासलगायतका कारण कछुवाको अवस्था संकटमा पर्दै गएको उनी बताउँछन् ।
गोल्डेनगेट इन्टरनेशनल कलेजका वातावरण विज्ञान स्नातकोत्तर तह प्रमुख तथा क्यारोनका अध्येता प्रकाशचन्द्र अर्यालले बारा जिल्लामा पहेँलो कछुवाको अवस्थाबारे जानकारी दिएका थिए ।
बारा जिल्लामा गरिएको अध्ययनमा ६७ प्रतिशतले जंगलबाट पहेँलो कछुवा संकलन गरेको, ६० प्रतिशतले भविष्यमा पनि संकलन गर्ने, ८५ प्रतिशतले अरुले संकलन गरेको देखेको बताएको उनको भनाइ छ ।
यस्तै ५३ प्रतिशतले पहेँलो कछुवाको मासु खाएको, करीब ६६ प्रतिशतलाई कानूनले कछुवा संकलन ओसारपसार तथा खान वर्जित गरेको छ भन्ने विषयमा जानकारी नभएको र करीब ९८ प्रतिशतले त्यस क्षेत्रमा कछुवा संरक्षणका कुनै कार्यक्रमहरू नभएको जनाएको उनले बताए ।
‘आक्रामक नहुने भएकाले मान्छेले घरमा राख्न मन पराउने, संरक्षणमा चासो नभएकाले पनि कछुवा संकटमा पर्दै गएको छ,’ उनले भने ।
कार्यक्रममा सहभागीहरुले कछुवा संरक्षणलाई मानिसको जीविकोपार्जनसँग जोड्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
विश्वमा ३६० प्रजाति तथा ४८२ उपप्रजातिका कछुवाहरू पाइन्छन् । त्यसमध्ये करीब ५२ प्रतिशत संकटापन्न अवस्थामा छन् । १६ प्रजाति र १८ उपप्रजातिहरू पाइने नेपालमा ७५ प्रतिशत प्रजाति संकटापन्न अवस्थामा छन् ।
नेपालमा पाइने कछुवामध्ये रेडक्राउन रुफ्ड टर्टल (बातागुर कछुगा, थ्रि स्ट्राइप्ड रुफ्ड टर्टल बातागुर ढोगांखा र स्पोटेड पोण्ड टर्टल (जियोक्लेमिक्स ह्यामिल्टोनि)) पाइन्छ/पाइँदैन भनेर यसै भन्न नसकिने उपप्रध्यापक चन्द्रमणि अर्याल बताउँछन् ।
दिवसको अवसरमा वातावरण अध्ययन तथा संरक्षण केन्द्र, उभयचर तथा सरिसृपका साथीहरु (क्यारोन) तथा गोल्डेनगेट इन्टरनेसनल कलेजको आयोजनामा बत्तीसपुतलीस्थित कलेजमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५० जनाको सहभागिता थियो ।
साउन १९ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको थियो । कार्यक्षमता अभाव भएको र निगमका लागि अयोग्य भएको ठहर गर्दै सरकारले उनलाई बर्खास्त गर...
झापा जिल्लाको गौरादह नगरपालिका–७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीब ९४ लाख ४८ हजार रुपैयाँ बराबरको बिलविजक अनुरूप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित १ जनालाई पक्राउ गरेको छ...
अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाउने भएका छन् । अर्थ मन्त्रालयले पुष्करलाई अर्थ सचिव बनाउने तयारी गरेको हो । हाल उनी अर्थ मन्त्रालयकै राजश्व सचिवको रुपमा कार्यरत छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले प...
मोरङमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गरेको आरोपमा बेलबारी–८ का २१ वर्षीय सन्तोष न...
मिटर-ब्याजीलाई कानूनी दायरामा ल्याएउने प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिँहले दाबी गरेका छन् । बिहीवार पत्रकारहरूसँगको अन्तरक्रियामा आईजीपी सिंहले मिटर–ब्याजीको सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्...
मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाब दिएका छन् । पीडितका आफन्तले बयान फेर्न दबाब आएको बताएका हुन् । बालिकालाई...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...