जेठ १०, २०७९
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
काठमाडाैं | जेठ १०, २०७९
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् ।
नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले उम्मेदवार श्रेष्ठले उपप्रमुख पदका लागि उम्मेदवार नै नभएको चिह्नमा परेको मतका कारणले कलम चिह्नमा समेत परेको मत बदर हुन नपर्ने र त्यस्ता मतलाई सदर गर्नुपर्ने माग राखेर निवेदन दिएको जानकारी दिए ।
मतगणनाक्रममा उम्मेदवार श्रेष्ठको चुनाव चिह्न कलम र उम्मेदवार नै नरहेको रुख चिह्नमा समेत उल्लेख्य सङ्ख्यामा मत सङ्केत भएको पाइएको छ । एउटै मतपत्रमा एकै पदका उम्मेदवारको चुनाव चिह्नमा मत सङ्केत भए त्यस्तो मतपत्र बदर हुने निर्देशिकामा उल्लेख रहेको प्रमुख निर्वाचन अधिकृत खतिवडाले प्रस्ट्याए।
उनले उक्त निवेदनका कारण गणना नरोकिने जानकारी गराउँदै कार्यालयले छिट्टै त्यससम्बन्धमा निर्णय गर्ने बताए । खतिवडाले भने, “उहाँले उठाउनुभएको विषय सैद्धान्तिक हो, हामीले निर्देशिकाबमोजिम गर्ने हो, संशोधनका लागि निर्वाचन आयोग नै पुग्नुपर्छ ।” निर्वाचन अधिकृतको कार्यालयले गर्ने निर्णयमा चित्त नबुझे उम्मेदवारले निर्वाचन आयोग वा अदालतसमक्ष उजुरी गर्न पाउनेछ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले भने निवेदनसम्बन्धमा आयोगलाई जानकारी नभएको र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको हुन सक्ने बताए। गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...