×

X
Nic Asia
Dabur
Marvel

मेयरमा जीत नजिक पुगेका धनराजको घोषणा- पोखरालाई पर्यटकीय राजधानी बनाउँछौंँ

काठमाडाैं | जेठ १०, २०७९

Premier Steels
TVS INSIDE
British college

पोखरा महानगरपालिकाको मेयरमा जित नजिक पुगेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् । 

IME BANK INNEWS

सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का आचार्यले ५ हजार मत गणना बाँकी छँदै विजय सुनिश्चित गरेपछि यस्तो घोषणा गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले शपथ ग्रहणपछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेसन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधिभित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा पनि गरेका छन् । उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे । 

‘हामी सबै निर्णयहरू भरसक सर्वसम्मत गर्नेछौँ । स्वार्थबिना निर्णय गर्छौं, जसले सर्वसम्मत हुनेछ,’ उनले भने, ‘म विगत ३७ वर्षदेखि पोखरेली राजनीतिमा काम गरेको छु । हाम्रो पार्टी नयाँ भए पनि २००६ सालदेखिकै लिगेसी बोकेको छ,’ उनले भने, ‘गठबन्धनमा रहेका पाँचै दलहरूको सरसल्लाह लिनका लागि संयन्त्र पनि बनाउनेछौँ । साथै पोखरामा रहेका सबै विज्ञहरूलाई राखेर एउटा थिंक ट्याङ्क पनि बनाउनेछौँ ।’


Advertisment
mahindra Box
Saurya island

यस्तै उनले ५ वर्षमा पोखरा व्यवस्थित शहर हुने दाबी गरे । उनले पहिलो बैठकबाट नै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने पनि बताए । 

पोखरामा फोहोर व्यवस्थापन गर्न नसके अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालन हुन नसक्ने स्थितिमा रहेको भन्दै अब फोहोरलाई फरक ढंगले व्यवस्थापन गर्ने दाबी गरे ।

Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

प्रतिनिधि सभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी परामर्श थालेकी छन् । आफूले पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएको विधेयक पुनः प्रमाणीकरणका लागि आफूकहाँ...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ । शुक्रवार बिहान बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने भनिएको थियो ।  शुक्रवारको बैठकमा पदाधिकारीका बारेमा स...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बै...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र सुशासनको लागि मुलुकले फेरि एकपटक माओवादीको नेतृत्व खोजेको बताएका छन् । परिवर्तनको बाहकलाई पन्छाएर परिवर्तन विरोधीबाट विकास र...

भदौ ३, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवक संगठन राष्ट्रिय युवासंघले इलाममा विशेष भेलाको आयोजना गरेको छ । शुक्रवार युवासंघले आगामी निर्वाचन केन्द्रित भेलाको आयोजना गरेको हो ।  भेलामा एमाले अध्यक्ष केपी ओ...

भदौ ३, २०७९

नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि शुरू हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लाग...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x