साउन ३०, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसहित भारतीय जनतालाई बधाइ ज्ञापन गरेका छन् । भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदी र उनीमार्फत भारतीय जनतालाई बधाइ ज्ञ...
काठमाडाैं | जेठ १०, २०७९
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका माओवादी उम्मेदवार सबै पराजित भएका छन् ।
महानगरमा ३३ वटा वडामध्ये १८ वटा वडामा कांग्रेस वडाध्यक्ष, माओवादी वडा सदस्य र केही वडामा एकीकृत समाजवादी वडा सदस्यसहितको प्यानल नेकपा एमालेसँग प्रतिस्पर्धा गरेको थियो ।
ती सबै वडामा प्रायः कांग्रेसले वडाध्यक्षमा जितेको छ । तर, सदस्य पदका माओवादी उम्मेदवार भने पराजित भएका छन् ।
पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखसहित वडा ६, ८, १४, १५, १६, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २९, ३०, ३१ र ३३ नम्बरमा गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गरेको हो ।
प्रमुखमा एकीकृत समाजवादी र उपमेयर तथा वडाध्यक्षहरू कांग्रेसको भागमा परेको थियो । वडा सदस्यहरू माओवादीको भागमा पर्ने गरी चुनावी तालमेल भएको थियो ।
गठबन्धनबाट कांग्रेसले जितेका प्रायः वडामा सदस्यमा भने धेरै नेकपा एमाले र केही एकीकृत समाजवादीका उम्मेदवार उच्च मतान्तरले विजयी भएका छन् । त्यही माओवादीका उम्मेदवारहरूले पराजय भोग्नु पर्यो । यससँगै अब बन्ने पोखरा महानगरपालिका नगरपरिषद्मा नेकपा एमालेको बहुमत पुगेको छ ।
यससँगै माओवादी कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका छन् ।
गण्डकी प्रदेश सांसद माओवादी नेता दीपक कोइरालाले भने कसरी भोट हाल्ने भन्ने ज्ञानको कमीका कारण यस्तो भएको बताए । ‘पूर्वाग्रह होइन बरु कसरी भोट हाल्ने भन्ने ज्ञानको कमीका कारण माओवादीको यस्तो नतिजा आएको हुन सक्छ,’ उनले लोकान्तरसँग भने ।
पोखरा महानगरपालिका मतगणना करीब–करीब सम्पन्न भएको छ । ३३ मध्ये बाँकी रहेका ३ वटा वडाको मतगणना जारी छ ।
मतगणना सम्पन्न भएका ३० वटा वडामध्ये कांग्रेसले २२ वटामा वडाध्यक्ष र एमालेले ८ वटाको वडाध्यक्ष जीतेको छ ।
अहिले मत गणना जारी रहेका वडामा पनि एउटा वडामा एमालेको अग्रता छ । अरुमा कांंग्रेसको अध्यक्षमा अग्रता भए पनि सदस्यमा एमालेकै अग्रता छ । नगरपरिषद्मा उपप्रमुखसहित १९ जना एमाले र २२ जना कांग्रेससहितको गठबन्धन सदस्य आउने लगभग पक्का भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसहित भारतीय जनतालाई बधाइ ज्ञापन गरेका छन् । भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदी र उनीमार्फत भारतीय जनतालाई बधाइ ज्ञ...
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सोमवार माओवादी केन्द्रका नेताहरूले आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । दल दर्ताका लागि...
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । सोमवार बस्ने भनिएको बैठक नेताहरूकाे ब्यस्तताका कारण स्थगित गरिएको हो । बैठक मंगलवार बस्ने गरी स्थगित गरिएको माओवादी केन्द्रका एक नेत...
प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आगामी संसदीय निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने गरी लाग्न निर्देशन दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका उनले आगामी मंसिर ४ गते हुने प्र...
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले सोमवार बिहान सामाजिकसन्जाल मार्फत उम्मेदवारी घोषणा गरेका हुन्...
आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सोमवार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्व...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...