भदौ ३, २०७९
मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानी...
काठमाडाैं | जेठ ११, २०७९
जित नजिक पुगेका काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले घोषणापत्रमा भएका कुरा लागू गर्न सकेको दिन विजयोत्सव गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगर्नुपर्ने बताएका हुन् ।
उनले देशका ठाउँठाउँबाट र्यालीका लागि समर्थकहरू काठमाडौं आउने सुनेको भन्दै त्यस्तो दुःख नगर्न पनि उनले अनुरोध गरेका छन् । ‘यो अभियान सबैको हो, यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुशी हुनेछौँ,’ उनले भनेका छन्, ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा धन्यवाद र्याली गर्नुहोला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ ।’
उनले यो आफ्नो मात्रै अभियान नभई देशभरकै अभियान भएको बताए । ‘अबको बाटो सहज छैन, हाम्रो अभियानको वास्तविक परीक्षा अब शुरू हुनेछ,’ उनले लेखेका छन्, ‘हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।’
उनले आफूहरूलाई खबरदारी गर्न पनि आग्रह गरेका छन् । ‘हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको, हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला,’ फेसबुकमा उनले लेखेका छन्, ‘अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैँ तपाईंहरुसँग जोडिरहेका हुन्छौँ । तपाईंहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।’
मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानी...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटीको शनिबार काठमाडौँमा भेला हुने भएको छ । उक्त भेलामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी तथा जिम्मेवारी, साङ्गठनिक कार्य प्रगति विवरण प्रस्तु...
प्रतिनिधि सभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी परामर्श थालेकी छन् । आफूले पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएको विधेयक पुनः प्रमाणीकरणका लागि आफूकहाँ...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ । शुक्रवार बिहान बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने भनिएको थियो । शुक्रवारको बैठकमा पदाधिकारीका बारेमा स...
म्याग्दीका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाख...
नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि शुरू हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लाग...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...