×

X
Nic Asia
Marvel
Khukuri

पोखराको उपमेयरमा मञ्जुदेवी विजयी, नगर सभामा एमालेको बहुमत

पाेखरा | जेठ ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । 

DHARA
LAxmi BAnk

पोखरा महानगरको उपमेयरमा उनी दोस्रोपटक विजयी भएकी हुन् । उनले गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई करीब ४ हजार मतान्तरले जितेकी हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसअघि २०७४ सालमा पनि उनले नेपाली कांग्रेसकी नेत्री सरस्वती गुरुङलाई अत्याधिक मतले जितेकी थिइन् । 

मञ्जुदेवीले ६० हजार ५४६ मत पाएकी छन् । मञ्जुले पाएको मत गठबन्धनबाट विजयी मेयर धनराज आचार्यको भन्दा करीब २ हजार बढी हो ।


Advertisment
Bizbazar
Saurya island

विक्रम संवत् २०१८ मंसिरमा जन्मिएकी गुरुङको राजनीतिक यात्रा २०३६ सालबाट शुरू भएको हो । २०५८ सालमा उनी नेकपा एमालेको संगठित सदस्य भइन् । धेरै वर्षसम्म अखिल नेपाल महिला संघमा आवद्ध रहेर उनी २०५५ सालमा पार्टीको वडा कमिटी सदस्य भएकी थिइन् । उनी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य छिन् ।

उनी अखिल नेपाल महिला संघ र पार्टीका विभिन्न तहका साथै विभिन्न सामाजिक संस्थामा पनि आवद्ध भइन् ।

Vianet communication
IME BANK INNEWS

पोखरा महानगरमा उपमेयरका रूपमा यसअघिको कार्यकालमा उनले उपमेयरसँग महिला कार्यक्रम, महिलाका लागि प्राविधिक शिक्षा र रोजगारी, देशभरका न्यायिक समिति सशक्तीकरण लगायतका नयाँ खालका काम शुरू गरेर क्षमता देखाइसकेकी छन् ।

पोखरा महानगरपालिकाको कार्यपालिकामा कांग्रेस र नगर सभामा नेकपा एमालेको बहुमत 

स्थानीय तह निर्वाचन २०७९ मा पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले २३ वडाध्यक्ष र नेकपा एमालेले ९ वडाध्यक्ष जितेको छ । यसमध्ये कांग्रेसले ९ वडामा प्यानलसहित र एमालेले ७ वडामा प्यानलसहित जितेको छ ।

अधिकांश वडाका अध्यक्ष जितेको कांग्रेसले पोखरा महानगरको कार्यपालिकामा बहुमत सुनिश्चित गरेको छ । कांग्रेसले अध्यक्ष जितेका अधिकांश वडामा एमालेले वडा सदस्य पद जितेकाले पोखरा महानगरपालिकाको नगर सभामा एमालेको बहुमत सुनिश्चित भएको छ । 

पोखरा महानगरपालिकाको नगरसभा १६७ सदस्यीय छ भने कार्यपालिका ४३ सदस्यीय छ । नेकपा एमालेले महानगर उपप्रमुखसहित ९ वडाध्यक्ष र ८६ सदस्यमा जीत हासिल गरेको छ । नेपाली कांग्रेस २३ वडाध्यक्षसहित ७९ सदस्यमा निर्वाचित भएको छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।  बैठकमा गठबन्धनमा भएको सहमतिका साथै पार्टीका तर्फबाट चुनाव लड्ने उम्मेदवार...

असोज २१, २०७९

नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं निवर्तमान सांसद भीम रावलले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नदिने पार्टी निर्णयपछि के गर्ने भन्नेबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् ।  पछिल्ला तीनवटा निर्वाचनमा ल...

असोज २१, २०७९

निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ । निर्वाचन आचार-संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्...

असोज २१, २०७९

नेकपा एसबाट हालै पार्टी प्रवेश गरेका तारा लामा तामाङलाई नेकपा एमालेले कञ्चनपुर १ बाट प्रतिनिधि सभामा टिकट दिने भएको छ । एमाले सुदूरपश्चिम कमिटी स्रोतकाअनुसार लामाले कञ्चनपुर १ मा टिकट पाउने पक्का भएको छ । ...

असोज २१, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मधेशकेन्द्रित दल तानातानमा परेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेले अन्य दलसँग तालमेल गर्दै सिट बाँडफाँटको टुंगो लगाउने अन्तिम प्रयास गरिरहेका छन् । ...

असोज २१, २०७९

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x