असार १६, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले...
धरान | जेठ ११, २०७९
ठूला राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।
उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका हुन् ।
'म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँड्न चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु,' उनले भने ।
धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले समस्या परे फोन गर्न आफ्नो निजी नम्बरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
'पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई कल गर्नुहोला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाइँको सेवक, जय धरान,' उनले लेखेका छन् ।
उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को १ ज ६४० नम्बरको आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ । चालक पनि तयारी अवस्थामा छन् ।
यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । 'हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो,' उनले भने ।
लामो समयदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए । मंगलवार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् ।
राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् । कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले...
१ नम्बर प्रदेशकी सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । सरकारी छाप, दस्तखत र कागजात कीर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि खातुनले पदबाट राजीनामा दिएकी हुन् । उनले बुधवार पदबा...
सत्तारुढ गठबन्धनको बलमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन गठबन्धनकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन थालेका छन् । पूर्व सहमतिअनुसार मुख्यमन्त्री ...
जनता समाजवादी पार्टी सहज तरिकाले फुटाउनका लागि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई सहमत भएका छन्। बुधवार संसदीय दलको कार्यालयमा कार्यकारिणी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष यादवबीच भएको भेटवार्...
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडि दुर्घटनाबाट बचेको छ । रामेछापको गोगनेमा उपसभापति गुरुङ चढेको बा१९च १८३९ नम्बरको स्कोरपियो सडकबाट बाहिर पुगेको थियो । सामान्य दुर्घटनामा कोही केही भएका...
नेकपा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभामा विचाराधीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग यतिकै अलपत्र पार्न नमिल्ने बताएका छन् । पार्टीले संसद अवरोध गर...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...