असार १५, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर...
काठमाडाैं | जेठ ११, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीसहित ५ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
वनको रकम हिनामिना गरिएको भन्दै लावतीविरुद्ध ९ लाख ७७ हजार ३४९ रूपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडाैंमा मुद्दा दर्ता गरिएको हो ।
समितिका तत्कालीन सचिव देवन्द्र कार्कीविरुद्ध ८ लाख १६ हजार ७४९ रुपैयाँ, तत्कालीन कोषाध्यक्ष भीमा लम्साल ढकालविरुद्ध ७ लाख २ हजार ३४९ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।
त्यस्तै तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेलविरुद्ध ३ लाख ८४ हजार १४९ रुपैयाँ र लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरू र लेखापरीक्षकको मिलेमतोमा सामुदायिक वनरुपी संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी काम गरिएको अभियोगपत्रमा उल्लेख छ ।
प्रचलित कानूनविपरीत फर्जी बिल भरपाई पेश गरी वन कार्यालयको कुनै पनि निकायहरूसँग समन्वय एवं पत्राचार तथा निर्देशन नलिई आफूखुशी मूल्य अवमूल्यन गर्ने, काठ नि:शुल्क बाँड्ने तथा सालको काठलाई कूकाठ वा दाउराको रुपमा मूल्याङ्कन गर्ने काम गरिएको अभियोगपत्रमा उल्लेख छ ।
परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा बिक्री वितरण निर्देशिका, २०७३ विपरीतका कार्य गरी संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर...
बाँके बैजनाथ गाउँपालिका-८ स्थित शंकर माध्यामिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । छात्रवृत्ति रकम र कम्युटर खरिदमा हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग ...
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माल...
रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। गरेको कामभन्दा २ लाख ६१ हजार ८५५ रूपैया...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १४ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले मन्त्रालयमा विभिन्न तहमा काम गर्ने १४ जना कर्मचारी बढुवा सिफारिस गरेको जानकारी दिएको हो । ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा बस्दाको ८ महिना २० दिनमा प्रेम आलेले सार्वजनिक निकायलाई आफन्त र आसेपासेको भर्ती केन्द्र नै बनाए । ३ दिनअघि मात्रै बहिर्गमन भएका आले वर्तमान सरकारका अन्य सबै मन्त्रीको ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...