असार १६, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले...
काठमाडाैं | जेठ ११, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।
एमालेलाई जनताले दिएको विश्वासअनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको उनको भनाइ थियो । उनले अब कांग्रेसले जनताको पक्षमा मात्रै काम गर्दै अहिलेको सफलतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
'अब स्थानीय तहको जनप्रतिनिधिको मूल्यांकन पार्टीले गर्छ, तपाईं मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल्नुस्, तपाईंले गर्नुपर्ने कति काम गर्नुभयो र गर्नै नहुने कति काम गर्नुभयो कि भएन, त्यसको मूल्यांकन पार्टीले गर्छ, पार्टीले त्यसका लागि मूल्यांकन रिपोर्ट कार्डको व्यवस्था गरेको छ,' उनले भने ।
कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने सबैलाई कारबाही शुरू गर्ने बताए ।
कार्यक्रममा कांग्रेसबाट मध्यपुर नगरपालिकामा प्रमुखमा विजयी हुने सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुखमा निर्वाचित जीवन खत्रीले पार्टीको निर्देशन र संकल्पअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले...
१ नम्बर प्रदेशकी सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । सरकारी छाप, दस्तखत र कागजात कीर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि खातुनले पदबाट राजीनामा दिएकी हुन् । उनले बुधवार पदबा...
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडि दुर्घटनाबाट बचेको छ । रामेछापको गोगनेमा उपसभापति गुरुङ चढेको बा१९च १८३९ नम्बरको स्कोरपियो सडकबाट बाहिर पुगेको थियो । सामान्य दुर्घटनामा कोही केही भएका...
सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीवार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बज...
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संसदीय इतिहासमा दुईतिहाइको सरकार बन्नु दुर्लभ भए पनि त्यो सरकार पनि माछो माछो भ्यागुतो जस्तो भएको टिप्पणी गरेका छन् । तत्काल...
सत्तारुढ गठबन्धनको बलमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन गठबन्धनकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन थालेका छन् । पूर्व सहमतिअनुसार मुख्यमन्त्री ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...