साउन २५, २०७९
भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ ...
भारतले महँगी बढेको भन्दै गहुँ निर्यातमा रोक लगाएको दुई साता नपुग्दै चिनीको निर्यातमा पनि रोक लगाउने घोषणा गरेको छ ।
भारतले वैशाख अन्तिम साता गहुँ निर्यातमा रोक लगाएको थियो भने आगामी जुन १ (१८ जेठदेखि) चिनी निर्यातमा समेत रोक लगाउने निर्णय गरेको छ ।
भारतमा उपभोक्ता मुद्रास्फीति ७.७९ प्रतिशत पुगेपछि गहुँ निर्यातमा अल्पकालीन रोक लगाउने निर्णय गरेकोे थियो । अब चिनी निर्यातमा पनि रोक लगाउने भएको हो ।
भारतले सीमा तोकेर जम्मा एक करोड टन मात्रै चिनी निर्यात गर्ने भनेको छ । यो भनेको भारतबाट निर्यात हुने चिनीको साह्रै न्यून हिस्सा मात्रै हो ।
चिनी निर्यातमा भारत ब्राजिलपछि विश्वको दोस्रो ठूलो देश भएकाले पनि यसको उक्त निर्णयबाट नेपालसमेत प्रभावित हुनेछ ।
नेपालमा चालू आर्थिक वर्षको १० महिनामा मात्रै वार्षिक करीब ८ करोड ८५ लाख किलो चिनी भारतबाटै आएको छ । भारतबाट आएको यस्तो चिनीको भन्सार मूल्य मात्रै ४ अर्ब ६१ करोड रूपैयाँ रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालले आयातमा कडाइ गरेपछि गत वर्षको तुलनामा यो वर्षको वैशाखसम्ममा चिनी आयात ४५ प्रतिशतले घटेको छ । विभागको वैशाखसम्मको तथ्यांकअनुसार नेपालमा विभिन्न देशबाट ९ करोड ४५ लाख केजी चिनी आयात भएको छ । आयातित चिनीको भन्सार मूल्य मात्रै ४ अर्ब ८३ करोड रूपैयाँ छ ।
नेपालमा आयात भएको चिनीको यस्तो परिणाम गत वर्षको वैशाखसम्ममा १८ करोड ५२ लाख केजी थियो । गत वर्ष नेपालमा आयात भएको चिनीको मूल्य ८ अर्ब ९१ करोड रूपैयाँ थियो ।
नेपालमा वैशाखसम्ममा आयात भएको गहुँसमेत १९ करोड १५ लाख केजी रहेको छ । आयात भएको गहुँको भन्सार मूल्य मात्रै ६ अर्ब ३२ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत वर्षको वैशाखसम्ममा नेपालमा ३४ करोड ८ लाख केजी गहुँ आयात भएको थियो । गत वर्ष आयात भएको गहुँको मूल्य १० अर्ब ५८ करोड रूपैयाँ रहेको पनि विभागको तथ्यांकले देखाएको छ ।
भारतले गहुँ निर्यातमा लगाएको रोक तत्कालै नेपाली बजारमा देखिने निजी क्षेत्रका व्यवसायीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका अनुसार गहुँ आयात रोकिँदा यसको तत्काल प्रभाव मैदा उद्योगमा पर्छ ।
भारतले गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपालका ४३ वटा मैदा उद्योग संकटमा परेको उनले बताए ।
नेपालमा भारतबाट गहुँ नआउँदा आटा र मैदाबाट बन्ने खाद्यान्नको मूल्य पनि बढ्नेछ । गहुँ नआउँदा पर्ने असर चाउचाउ तथा बिस्कुट उद्योगमा देखिने व्यवसायीको भनाइ छ ।
भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ ...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न गरेको छ । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र...
कुनै समय सञ्चित घाटा रु ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएको छ । पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा रु छ अर्...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताएका छन् । समाजवादी प्रेस स...
विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ...
नेपाल उद्योग परिसंघले रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । मेला आगामी कात्तिक १७ देखि ३० गतेसम्म आयोजना गर्ने परिसंघले मंगलवार पत्रकार सम्मेलन गरी जनाएको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...