×

Dabur
Nic Asia
Marvel

‘कबड्डी ४’लाई अहिलेसम्मकै सर्वाधिक शो, क्यूएफएक्स एक्लैले ९७ शो दियो

काठमाडाैं | जेठ ११, २०७९

TVS INSIDE

शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘कबड्डी ४’ले मल्टिप्लेक्स हलहरूमा सर्वाधिक शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन चलचित्रलाई ९७ शो उपलब्ध गराएको छ । 

morang Auto yamaha

क्यूएफएक्सले आफ्नो ११ वटा स्टेशनमा उक्त शो उपलब्ध गराएको हो । यो नेपाली चलचित्रले आजसम्म पाएको सर्वाधिक शो हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

चलचित्रलाई बिग मुभिज, रञ्जना सिनेप्लेक्स, वान् सिनेमाज, क्यूज सिनेमाज, एफक्यूब लगायतका मल्टिप्लेक्स हलहरूले पनि राम्रो शो दिएका छन् । 

चलचित्रका यसअघिका तीनवटै सिक्वेल सुपरहिट भएका थिए ।  सिक्वेलहरूको सफलता, स्टार कलाकारहरूको अभिनय, ट्रेलर र गीतका कारण चलचित्रले निकै राम्रो हाइप बनाएको छ । सोही कारण पनि मल्टिप्लेक्सहरूले चलचित्रलाई आफ्नो हलमा राम्रो शो उपलब्ध गराएका हुन् । 

Vianet communication
Maruti inside

मल्टीप्लेक्स हलहरूमा पाएको शो र आक्रामक अग्रिम टिकट बुकिङ हेर्दा चलचित्रले आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । यो चलचित्रले लगानी भने प्रदर्शन अगावै डिजिटल र ओभरसिज राइट्सबाट सुरक्षित गरिसकेको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । 

मणिराम पोखरेल, विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, ओम चन्द रौनियार निर्माताका रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

‘कबड्डी ४ : द फाइनल म्याच’ अर्थात यसलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले पनि चलचित्रप्रति दर्शकको ठूलो क्रेज देखिएको छ ।
 

Mega
TATA Below
NLIC
असार १७, २०७९

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ । जगदम्बा...

असार १८, २०७९

डेढ वर्षअघि सार्वजनिक ‘छुट्नलाई पो रैछ क्यारे’बोलको प्रेमबिछोडको मर्मस्पर्शी गीतलाई श्रोता दर्शकले निकै रुचाए ।  प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतमा थानेश्वर र शान्तीश्र...

असार १३, २०७९

असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ ।  राजधानीस्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समया...

असार १७, २०७९

गत वर्ष भएको ड्रग अन क्रुज काण्डमा शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीबाट क्लिन चिट दिइएको छ ।  आर्यन खानले बिहीवार विशेष एनडीपीएस अदालतमा आफ्नो राहदानी फिर्ता गर्न माग गर्दै निवेदन दिएका थिए । य...

असार १५, २०७९

सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । बुधवार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक १८ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।  पोस्टरमा...

असार १७, २०७९

सर्जक एवं गायक कस्तुप पन्तले शुक्रवार फेसबुकमा एक ‘लाइभ दोहोरी’को अंशमा बनेको टिकटक पोष्ट गर्दै लेखे, ‘हामी अग्रजले सिकाएको बाटोमा छौँ कि अनुजले देखाएको बाटोमा । डलरले दोहोरीको कलर बिगार्...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x