असार १८, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानल...
काठमाडाैं | जेठ ११, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैको अन्तर्घातका कारण स्थानीय तहको चुनावमा पार्टी पराजित भएको बताएका छन् ।
बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा उपमेयर र सदस्यलाई भोट हाल्ने तर मेयरलाई भोट नहाल्ने प्रवृत्ति देखापरेको बताएका थिए ।
ओलीले बैठकमा निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित, निष्पक्ष हुनुपर्नेमा त्यसको ठीकविपरीत भएको निष्कर्ष सुनाएको बैठकमा सहभागी एमालेका केन्द्रीय सदस्य तथा सांसद शेरबहादुर तामाङले बताए ।
‘चुनाव निष्पक्ष भएन । सत्तापक्षले एकतर्फीरुपमा खोसेको जस्तो भयो । यद्यपि जनताले दिएको लोकप्रिय मतको आधारमा एमाले अहिले पनि पहिलो पार्टी नै छौं, आगामी निर्वाचनमा पहिलो पाटी नै बन्छौं,’ ओलीलाई उद्धृत गर्दैै तामाङले भने ।
महानगर र उपमहानगरमा एमाले हार्नुमा आन्तरिक कारण मुख्य रहेको पनि ओलीले बैठकमा बताएका छन् ।
‘उपमेयरसहित सेटमा भोट हाल्ने तर मेयरमा भोट नहाल्ने अवस्था देखियो । नेतृत्वमा भोट नहाल्ने प्रवृत्ति चाहिँ एमालेमा खतरनाक रुपमा देखिएको र त्यसलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने भएको अध्यक्षले बताउनुभयो,’ तामाङले भने ।
यसबारेमा तथ्यांक संकलनका लागि फर्म्याट नै बनाएर वडा कमिटीसम्म पठाइसकेको उनले बताए ।
धैरै ठूलो घेराबन्दीका बीचमा पाएको नतिजा सन्तोषजनक नभए पनि आगामी निर्वाचनबाट एमाले पहिलो दल बन्ने गरी एकजुट भएर लाग्नुपर्ने ओलीले बताएका छन् ।
त्यसबाहेक ओलीले संसद् बैठकमा व्यवस्थित र तर्कयुक्तरुपमा नीति तथा कार्यक्रमको चिरफार गर्न निर्देशन ओलीले एमाले सांसदलाई निर्देशन दिएका छन् ।
सरकारले नीति समावेश नगरेर कार्यक्रम मात्रै ल्याएको र त्यो पनि अहिलेको देशको अवस्था झल्किने प्रकृतिको नभएको ओलीको टिप्पणी गरेको एमाले नेता तामाङले बताए ।
नीति तथा कार्यक्रमबाट गठबन्धनले नयाँ भिजन दिन नसकेको, गोलमटोल ढंगले आएको ओलीले बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानल...
बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदे...
पार्टी घोषणा भएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ । विवादकै बीच एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ । शनिवा...
नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा जुट्दा पार्टीले विधानअनुसार काम गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्व...
नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरेले नगर प्रमुख पदका उम्मेदवार दिनानाथ तिम्सिनालाई कारबाहीका लागि सिफारिस गरेको छ । उम्मेदवार तिम्सिनाले पार्टीप्रतिको गैरजिम्मेवारी र गद्दारीका कारण चुनाव हार्नुपरेको...
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...