असार १८, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानल...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि बुधवार आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने उल्लेख गरे ।
जनताले सेवक बन्नका लागि निर्वाचनमार्फत मत दिएकाले जनताको सेवक बनेर काम गर्न वरिष्ठ नेता पौडेलले आग्रह गरे । ‘जनप्रतिनिधिले हामीहरू जनताको शासक होइन, सेवक हौं भन्ने भावना जागृत गर्नुपर्छ, त्यसो भएको खण्डमा मात्रै विकास गर्न सकिन्छ,’ उनले भने ।
वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकालाई सौन्दर्य भर्ने काममा अग्रसर हुन जनप्रतिनिधिलाई आग्रह गरे । जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी भएकाले जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
‘समाज विकासका लागि आफैं अग्रसर हुनुपर्छ, त्यसको जिम्मेवारी जनताले दिएका छन्,’ पौडेलले भने, ‘समाजका लागि केही गर्नुपर्छ भन्ने संकल्प बोक्नुपर्छ ।’
वरिष्ठ नेता पौडेलले समाजलाई उन्नतिको बाटोमा डोर्याउनेतर्फ अगाडि बढ्न आग्रह गर्दै भने, ‘आत्मज्ञान सबैभन्दा ठूलो कुरा हो, पहिला आफैंले आफैंलाई चिन्नुपर्छ, आफूभित्र के छ त्यसलाई चिन्नुपर्छ ।’
राजनीतिक रूपमा मात्र नभई सामाजिक र आर्थिक रूपमा समेत परिवर्तन भइरहेको वरिष्ठ नेता पौडेलले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानल...
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर ...
बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदे...
लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज ब...
नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरेले नगर प्रमुख पदका उम्मेदवार दिनानाथ तिम्सिनालाई कारबाहीका लागि सिफारिस गरेको छ । उम्मेदवार तिम्सिनाले पार्टीप्रतिको गैरजिम्मेवारी र गद्दारीका कारण चुनाव हार्नुपरेको...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...