असार १८, २०७९
सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट गर्न सहज भएको दाबी गरिएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर विवरण प्रविष्ट नगरेको भन्ने भ...
काठमाडाैं | जेठ ११, २०७९
राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय तथा दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडितको न्यायिक हक तथा सुरक्षाको सुनिश्चितता गर्न भनिएको छ ।
‘यौनजन्य तथा बलात्कारका घटनाका पीडित र साक्षीको सुरक्षा गर्न, पीडितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका घटनामा प्रहरीको अनुसन्धान कार्यमा सघाउन तथा अनुचित प्रभाव पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन आयोग सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछ ।’
पछिल्लो समय काठमाडौं लगायत देशका विभिन्न भागमा यौनजन्य हिंसा तथा बलात्कारका घटना सार्वजनिक भइरहेका छ । आयोगमा परेको उजुरीका आधारमा घटनाको अनुगमन समेत गरिरहेको जनाएको छ । सार्वजनिक भएका यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा नेपाल प्रहरीबाट भएका कार्य तथा देखिएका चुनौती सम्बन्धमा नेपाल प्रहरीका अधिकारी तथा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतसँग आयोगमा बुधवार छलफल समेत गरेको छ ।
आयोगका सदस्य लिली थापाले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्न नेपाल प्रहरीको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन निर्देशन दिइन् । प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले महिला हिंसासँग जोडिएका घटनालाई प्रहरीले संवेदनशीलरूपमा लिई अनुसन्धान गरिरहेको जानकारी गराए ।
सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट गर्न सहज भएको दाबी गरिएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर विवरण प्रविष्ट नगरेको भन्ने भ...
पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन् । पोखरा–३३ मा क्रियाशील राजनीतिक दलको आज सम्पन्न सर्वदलीय बैठकले समग्र म...
कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्ष...
ललितपुरमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१५ थसिखेल चोकमा बागमती प्रदेश ०२–०३४प ०७५८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिक...
नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई आज अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया सङ्गीताला...
सर्लाहीमा घुम्ती किराना पसल चोरी गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कबिलासी नगरपालिका-१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...