×

Dabur
Nic Asia
Marvel

संसदमा झण्डै ३ घण्टा सम्बोधनमार्फत ओलीले गरे ‘रेकर्ड ब्रेक’

काठमाडाैं | जेठ १२, २०७९

फाइल फोटो
TVS INSIDE

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बिहीवार झण्डै ३ घण्टा सम्बोधन गरेका छन् ।

morang Auto yamaha

सभामुखसँग विशेष समय लिएर ओलीले बिहीवार प्रतिनिधि सभामा २ घण्टा ५० मिनेट सम्बोधन गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

२०७४ फागुन २१ गते शुरू भएको प्रतिनिधिसभा बैठकमा अहिलेसम्म कुनै सांसदले यति लामो सम्बोधन गरेका थिएनन् । ‘अहिले यकिन भन्न सकिएन तर यो प्रतिनिधि सभामा यति लामो सम्बोधन यो नै पहिलो हो जस्तो लाग्छ,’ संसद सचिवालयका एक अधिकारीले लोकान्तसँग भने । 

प्रतिनिधिसभा बैठकमा बिहान ११ बजेर १० मिनेटदेखि सम्बोधन शुरू गरेका ओलीले २ बजेसम्म सम्बोधन गरेका थिए । संसदमा यति लामो सम्बोधन दुर्लभ हुने गरेको छ ।

Vianet communication
Maruti inside

संसद सचिवालय स्रोतका अनुसार टनकपुर सन्धीको बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारीले ३ घण्टा संसदमा बोलेका थिए । 

ओलीले सरकारका नीति तथा कार्यक्रमको केस्राकेस्रा चिरफार गर्दै आलोचना गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू संसदको बैठकमा सहभागी छन् ।

विपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा हो । विपक्षी दलको नेताले सम्बोधन गर्दा समय नतोक्ने संसदीय परम्परा छ ।
 
स्वास्थ्यका कारण भन्दै ओलीले कुर्सीमा बसेर संसदको रोस्टमबाट सम्बोधन गरेका थिए । आफ्नो सरकार विस्थापन भएपछि गत वर्षको साउन २६ गते ओलीले संसदमा सम्बोधन गरेका थिए । 

त्यसयता एमालेले संसदमा ९ महिना अवरोध गरेको थियो । जेठ ३ गते संसद अवरोध खुलाएको थियो । ओलीको ३ घण्टाको सम्बोधनपछि रोस्टममा उभिएका सांसद हृदयेश त्रिपाठीले ‘उहाँले प्रयोग गर्नुभएको समयको एकचौथाइ भए पुग्छ’ भनेर ठट्टा गरेका थिए ।

Mega
TATA Below
NLIC
असार १८, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानल...

असार १८, २०७९

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।  संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...

असार १८, २०७९

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर ...

असार १८, २०७९

नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरेले नगर प्रमुख पदका उम्मेदवार दिनानाथ तिम्सिनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।  उम्मेदवार तिम्सिनाले पार्टीप्रतिको गैरजिम्मेवारी र गद्दारीका कारण चुनाव हार्नुपरेको...

असार १८, २०७९

नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।  बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र के...

असार १८, २०७९

लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।  राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज ब...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x