भदौ २, २०७९
२०७० सालमा पनि मंसिर ४ गतेका लागि नै संविधान सभाको दोस्रो चुनावको मिति तोकिएको थियो । अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपाल त्यतिबेला एमालेबाटै संविधानसभा सदस्यको उम्मेदवार थिए । उनले काठमाडौं...
काठमाडाैं | जेठ १३, २०७९
रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएको तीन महिना पूरा भएको छ ।
युक्रेनको निःशस्त्रीकरण/असैन्यीकरण तथा नाजीविहीनीकरणको लक्ष्य लिएर युद्धमा होमिएको रुस सफलता प्राप्तिमा अघि बढिरहेको छ । सैन्य कारवाहीको गति निकै सुस्त देखिए पनि यस अवधिमा युक्रेनको लगभग २० प्रतिशत भागमा रुसको नियन्त्रण कायम हुनु चानचुने कुरा हैन ।
डोनबास क्षेत्रमा भयंकर लडाइँ चलिरहेको छ । यसबीचमा रुसी भूमिबाट क्राइमिया प्रायद्वीपसम्म पुग्ने स्थलमार्ग बनाउन रुस सफल भइसकेको छ । लुगान्स्क, डोनेत्स्क, जापोरिझझिया र खेर्सनमा नियन्त्रण कायम गरी रुसले यो रणनीतिक ‘ल्यान्ड ब्रिज’ नियन्त्रणमा लिन सकेको हो । मरिउपोल रुसको अधीनमा पुगेपछि यसले औपचारिकता पाएको छ ।
यससँगै आजोभ सागरमा पनि रुसको अकण्टक प्रभाव कायम भएको छ । युक्रेनले आफ्ना वस्तुहरू निर्यातका लागि आजोभ सागरमा पहुँच पाउन रुसको अनुमति लिनुपर्ने स्थिति आएको छ ।
नियन्त्रणमा लिएका भूभागलाई रुसमा मिसाउनका लागि आरम्भिक प्रक्रिया पनि मस्कोले थालेको छ । जापोरिझझिया र खेर्सनमा रुसी मुद्रा रुबल तथा युक्रेनी मुद्रा हृव्निया दुवै चल्न थालेका छन् । अनि ती क्षेत्रका मानिसलाई रुसी नागरिकता तथा पासपोर्ट लिनका लागि प्रक्रिया सहज बनाउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन समेत जारी गरेका छन् ।
यस तीन महिनामा पश्चिमी सञ्चारमाध्यमहरूले युक्रेनमा रुस पराजित भइरहेको, उसको कारवाहीमा विश्राम भएको, उसका सैनिकहरू हतोत्साहित भएको लगायतका अनेकौं भ्रमहरू फैलाएका थिए । तर अहिले आएर वास्तविकतालाई बेमनले भए पनि उनीहरूले स्वीकार गर्न थालेको देखिन्छ ।
अमेरिकाको एनबीसी न्युजले प्रकाशित गरेको सामग्रीमा उल्लेख भएअनुसार, रुसले पूर्वी युक्रेनमा पासो कसिरहेको छ । रुसी सैनिकहरूले भीषण आक्रमण गर्दै लुगान्स्क प्रान्तका सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरलाई घेराबन्दी गर्न लागेका छन् ।
युक्रेनी अधिकारीहरूले आफ्ना सैनिक तथा हातहतियार प्रतिकारका लागि अपर्याप्त रहेको स्वीकार गरिरहेका छन् । यस्तो अवस्थामा रुस द्वन्द्वको परिणाम निर्धारण गर्ने निर्णायक अवस्थामा पुगिसकेको देखिन्छ ।
त्यस्तै डोनेत्स्क क्षेत्रको उत्तरी भागमा रहेको लिमान शहर पनि रुसी सैनिकहरूको नियन्त्रणमा पुगिसकेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका सल्लाहकार अलेक्सी आरेस्टोविचले स्वीकार गरेका छन् । युक्रेनी फौजहरू उक्त शहरबाट पश्चिम तथा दक्षिणपश्चिमतर्फ भागेको रुसी पत्रकार अलेक्जेन्डर कोट्सले बताएका छन् । त्यहाँ युक्रेनका ५०० सैनिकले आत्मसमर्पण समेत गरेका छन् ।
लिमानमा युक्रेनको पराजय भएकै बेलामा रुसी सैनिकहरू पोपास्नाया शहर नियन्त्रणमा लिएर बाखमुततर्फ अघि बढिरहेका छन् । पूर्वी क्षेत्रको मोर्चामा खटिएका आफ्ना सैनिकहरूलाई हातहतियार तथा रासनपानी दिलाउन युक्रेनले उपयोग गरिरहेको रणनीतिक केन्द्र बाखमुत रुसको नियन्त्रणमा आइपुगेमा युक्रेनले विशाल क्षति बेहोर्नेछ ।
त्यसमाथि रुसी सैनिकहरूले सेभेरोडोनेत्स्क र लिसिचान्स्क क्षेत्रमा रहेका हजारौं युक्रेनी सैनिकको घेराबन्दी गर्न लागेका छन् । खार्किभ क्षेत्रको इज्युममा अनेकौं गाउँहरूमा पनि रुसी सेनाको नियन्त्रण कायम भएको छ ।
युक्रेनको पराजय सुनिश्चित रहेको थाहा पाएरै अमेरिकाका पूर्व परराष्ट्रमन्त्री तथा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनका भीष्मपितामह हेनरी किसिन्जरले स्विटजरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको बैठकमा युक्रेनलाई शान्तिबहालीका लागि आफ्नो भूभाग त्याग्न सुझाव दिएका छन् । तर उनको यस सुझावलाई अस्वीकार गर्दै आरेस्टोविचले अश्लील गालीको वर्षा गरेका छन् ।
युक्रेनले अहिले भूभाग नसुम्पेमा अन्ततोगत्वा रुसले नीपर नदीभन्दा पूर्वतर्फको सम्पूर्ण भूभाग आफ्नो नियन्त्रणमा लिने सम्भावना देखिन्छ । युक्रेनको कृषियोग्य तथा औद्योगिक क्षेत्र पूर्व र दक्षिणतर्फ छ । त्यसमाथि रुसले क्रमशः नियन्त्रण कायम गर्दै गएको छ ।
यस्तो स्थिति रहेको भए पनि युक्रेन र उसका पश्चिमी समर्थकहरूले युक्रेनी सेनालाई हातहतियार उपलब्ध गराएर युद्ध लम्ब्याउन सकिने अनि रुसलाई त्यसमा फसाएर दुर्बल बनाउन सकिने दिवास्वप्न अझै त्यागेका छैनन् ।
त्यसै सिलसिलामा अमेरिकी संसद्ले युक्रेनका लागि ४० अर्ब डलरको सहायता प्याकेज पारित गरेको छ । यसअघि पनि अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर दिइसकेको छ । अनि उसले युरोपेली साझेदारहरूलाई पनि युक्रेनको सहयोग गर्न लगाइरहेको छ । तर यसले युद्धको दिशा बदल्नका लागि योगदान गर्ने खासै सम्भावना देखिँदैन ।
पश्चिमाहरू रुसमाथिको आर्थिक प्रतिबन्ध थप कसिलो बनाएर रुसको सैन्य र आर्थिक क्षमतालाई धराशायी बनाउन सकिन्छ कि भनेर पनि आशा गरिरहेका छन् । तर यसको विपरीत परिणाम आइरहेको छ ।
ब्लूमबर्ग पत्रिकाले दिएको खबरअनुसार, रुसी मुद्रा रुबल डलरको तुलनामा बलियो बनेको छ । वर्षको आरम्भमा भन्दा अहिले डलरसँगको तुलनामा रुबलको भाउ ११ प्रतिशतले बढेको छ । युरोसँगको तुलनामा पनि रुबल बलियो बनेको छ किनकि रुसले ग्यास किन्नका लागि रुबलमा कारोबार गर्नुपर्ने शर्त युरोपेली मुलुकहरूसमक्ष राखेको छ र उनीहरू त्यस शर्तलाई मान्न बाध्य छन् ।
आर्थिक प्रतिबन्धका कारण रुसी अर्थतन्त्र धराशायी हुने अपेक्षा पश्चिमले गरेको भए पनि त्यसो भएको छैन । तर प्रतिबन्धले विश्व बजारलाई चाहिँ तनावग्रस्त बनाएको छ । मूल्यवृद्धि आकासिएकाले सर्वसाधारणलाई हातमुख जोर्न मुश्किल पर्न थालेको छ ।
प्रख्यात लगानीकर्ता बाइरन किङले क्यानडाको भ्यानकूभरमा गत साता गरेको एक सम्बोधनमा उल्लेख भएअनुसार, रुसमाथिको प्रतिबन्धको असर विभिन्न क्षेत्रमा देखिन थालेको छ । सबभन्दा महत्त्वपूर्ण असर भनेको खाद्य संकटको स्थिति हो । रुसबाट गहुँ र अन्य अन्नबाली तथा मलखादहरू पाइन छोडेको छ । त्यसले गर्दा खाद्यान्नको मूल्य निकै बढेको छ ।
यससँगै ऊर्जाको मूल्य पनि बढेको छ । विश्व बैंकले सन् २०२१ को तुलनामा यस वर्ष इन्धनको मूल्य ५० प्रतिशतले बढ्ने आकलन गरेको छ । त्यसले गर्दा बढ्ने ढुवानी खर्चका कारण महंगी झनै चर्किने सम्भावना छ ।
अमेरिकीहरूलाई पनि महंगीको समस्याले पिरोल्न थालेको छ । युद्धका लागि उक्साउने १ प्रतिशत सम्भ्रान्तहरूलाई महंगीको असर नपर्ने भए पनि निम्न र मध्यमवर्गीय अमेरिकीहरू यसबाट आक्रान्त छन् । त्यसैले उनीहरू रुसलाई दण्ड दिने भन्दा पनि अमेरिकी अर्थतन्त्रमा पुगेको क्षति न्यूनीकरण गर्ने पक्षमा छन् ।
दी एसोसिएटेड प्रेस–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चले गरेको एक सर्वेक्षणमा सहभागीमध्ये ५१ प्रतिशतले रुसमाथिको प्रतिबन्धको साटो अमेरिकी अर्थतन्त्र सुधारमा बाइडन प्रशासनको ध्यान जानुपर्ने मत प्रकट गरेका छन् ।
जतिसुकै ठूला कुरा गरे पनि युद्धका कारण युक्रेन तहसनहस भइसकेको छ । विश्व बैंकको आकलनमा युक्रेनको अर्थतन्त्र सन् २०२२ को अन्त्यसम्म ४५ प्रतिशतले घट्ने सम्भावना छ ।
त्यस्तै युक्रेनको केन्द्रीय बैंकको आँकडा हेर्दा युद्ध शुरू भएयता युक्रेनले ७.४ अर्ब हृव्निया (युक्रेनी मुद्रा) को क्षति बेहोरिसकेको छ । युद्धका कारण कारोबार हुन नसक्दा वित्तीय प्रणाली धरापमा परेको छ ।
अर्थतन्त्र धराशायी भएसँगै युक्रेनीहरूको उत्साह पनि मर्दै गएको देखिन्छ । विशेषगरी मरिउपोलमा रहेको आजोभस्टालमा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेपछि अन्य क्षेत्रमा खटिएका सैनिक हतोत्साहित भएका हुन् ।
युक्रेनी सैनिकहरूले आफूलाई उच्च कमान्डले बलिको बोको बनाएको भनी गुनासो गरेका भिडियोहरू धमाधम सार्वजनिक हुन थालेका छन् । तेह्रौं मोटराइज्ड इन्फ्यान्ट्री रेजिमेन्टले युक्रेनी सेनाप्रमुखलाई सुरक्षित स्थानमा लगेर उपकरण, हतियार र थप सैनिक दिन अपील गरेका छन् । त्यसो नगर्दा आफूहरूलाई दिइएको काम पूरा गर्न असमर्थ रहेको उनीहरूले बताएका छन् ।
कतिपय सैनिकहरूले युद्ध लड्न नमानेर मोर्चा त्यागेको घोषणा समेत गरिरहेका छन् । त्यसरी मोर्चा त्यागेकाहरूलाई कमान्डरहरूले हात बाँधेर टाउकोमा गोली हानी मारेका वीभत्स तस्वीर र भिडियोहरू समेत सार्वजनिक भएका छन् ।
यसरी तीन महिनामा युक्रेनले व्यापक धनजन तथा भूभागको क्षति बेहोर्नुपरेको देखिन्छ । रुसले पनि आफ्ना शीर्ष सैन्य अधिकृतहरूका साथै उल्लेख्य मात्रामा सैनिकहरू गुमाउनुपरेको छ । तर उससँग लामै समयसम्म युद्ध गर्न सक्ने क्षमता छ र आफ्नो अभीष्टप्राप्ति नहुन्जेल ऊ लडिरहने देखिन्छ ।
यस्तो अवस्थामा युद्ध अन्त्य गर्नका लागि कूटनीतिक पहल आवश्यक छ । तर यो युद्ध रुसले जितेको जस्तो सन्देश जानेगरी हुने कुनै पनि कूटनीतिक पहललाई अमेरिकाले विरोध गर्ने देखिन्छ ।
रुसले युद्ध जितेमा अमेरिकाको एकध्रुवीय प्रभुत्व विधिवत रूपमा अन्त्येष्टि भएको ठहर्छ र संसारमा अमेरिकाप्रतिको बचेखुचेको सम्मान पनि रहँदैन । त्यसैले अन्तिम युक्रेनी सैनिक नमरुन्जेलसम्म अमेरिका यस युद्धलाई लम्ब्याइरहन चाहन्छ । त्यसको दुष्परिणाम युक्रेन र बाँकी विश्वले भोग्नुपरिरहेको छ ।
२०७० सालमा पनि मंसिर ४ गतेका लागि नै संविधान सभाको दोस्रो चुनावको मिति तोकिएको थियो । अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपाल त्यतिबेला एमालेबाटै संविधानसभा सदस्यको उम्मेदवार थिए । उनले काठमाडौं...
भारतले सोमवार अर्थात् १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ । लगभग ३० खर्ब डलर बराबरको अर्थतन्त्रका ...
तालिबानले अफगानिस्तानमा दोस्रोपटक शासन चलाउन थालेको एक वर्ष पूरा भएको छ । सन् २०२१ अगस्ट १५ मा अमेरिकी गुप्तचर निकायहरूको आकलनलाई झूटो साबित गर्दै तालिबानले अमेरिकी सैनिकहरू अफगानिस्तानमा छँदाछँदै राजधा...
चीनका राष्ट्रपति सी चिनपिङले कोभिड महामारी शुरू भएदेखि विदेश भ्रमण गरेका छैनन् । तर अर्को साता उनले साउदी अरबको भ्रमण गर्न लागेको खबरहरू सार्वजनिक भएका छन् । साउदीहरूले सीलाई गत मार्च महिनामा नै भ्रम...
दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक शीतल निवासमा अझै अध्ययनकै क्रममा छ । सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट साउन ६ र ...
राष्ट्रपतिले नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । संसदीय समितिमा छलफल भएर संसद्मा आइपुगेको विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता व...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...