असार १५, २०७९
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माल...
काठमाडाैं | जेठ १३, २०७९
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर विभिन्न किसिमका भ्रम उत्पन्न भएको छ ।
निजगढमा विमानस्थल बन्नै नहुने भन्ने निर्क्यौल भने गरिएको छैन ।
जेठ १२ गते सर्वोच्च अदालतले निर्णय सुनाउने (निसु) मिति तोकेको भए पनि मौखिक फैसलाको सानो अंश मात्र सुनाउँदा धेरै भ्रम उत्पन्न भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले जेठ १२ गते गरेको फैसलाको संक्षिप्त पाठ समेत नआएकाले भ्रम उत्पन्न भएको छ ।
कम्तीमा २ पृष्ठको संक्षिप्त आदेश आएको भए पनि कुरा प्रस्ट हुन्थ्यो तर त्यसो नगरी मौखिक टिपोट मात्र सुनाउँदा केही भ्रम समेत उत्पन्न भएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको मौखिक टिपोट सुनाउँदा अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नै नहुने भनेर प्रस्ट रूपमा भनेको छैन । ‘यसमा हामीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०७१ फागुन २९ गतेको नेपाल सरकारको निर्णय र सो निर्णयअनुसार २०७१ चैत ३० गते नेपाल राजपत्रमा प्रकाशित सूचना र सोअनुसार २०७५ जेठ ९ गतेमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गर्ने गरी वन तथा वातावरण मन्त्रालयको निर्णय र सो पश्चातका कार्यहरू उत्प्रेषणको आदेशले बदर गरिएको छ । अब वन ऐन, नियमावली, वातावरण संरक्षण सम्बन्धी कानून, वातावरणीय विधिशास्त्र समेत अध्ययन गरी उपयुक्त विकल्प हेरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी कार्य अघि बढाउन परमादेशको आदेश जारी गरिन्छ,’ मौखिक फैसलामा भनिएको थियो ।
सर्वोच्च अदालत स्रोतका अनुसार फैसलामा अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नै नहुने भनेर व्याख्या गरिएको छैन । नेपाल सरकारले विना ईआईए निर्माण गर्न लाग्दा सरकारको निर्णय बदर गरेको छ तर विकल्पसहित परमादेशको आदेश जारी गर्ने हुनाले निर्देशनात्मक आदेशमा थप कुरा आउने भएको छ ।
स्रोतका अनुसार विभिन्न विकल्पसहित निर्देशानात्मक आदेश दिनका लागि बाँकी न्यायाधीशहरूबीच सर्वसम्मति कायम हुन नसकेकाले अहिलेसम्म संक्षिप्त लिखित आदेश पनि आउन सकेको छैन । बाहिर कस्तो प्रतिक्रिया आउँछ त्यस आधारमा विकल्प सम्बन्धमा निर्देशानात्मक आदेश जारी गर्ने सोचका साथ संक्षिप्त पाठ नआएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार विकल्पको सन्दर्भमा के विकल्प दिने भन्ने कुरामा न्यायाधीशहरूबीच अहिले छलफल जारी नै छ । फैसला लेख्ने बेलासम्म सर्वसम्मति अनुसार एकै लाइनमा वा बहुमत, अल्पमतको आधारमा फैसला आउनसक्ने सम्भावना छ । हालसम्म मात्र रिट निवेदकको निवेदन अनुसार रित मात्र जारी गरिएको हो । यसको अर्थ अब निजगढमा विमानस्थल बन्ने वा नबन्ने भन्ने कुरा पनि होइन ।
फैसलाको पूर्णपाठ लेख्दासम्म विभिन्न विकल्पसहित निर्देशनात्मक परमादेश आउने हुनाले त्यसपछि मात्र निर्क्यौल हुनेछ ।
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माल...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर...
जुम्ला जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंह सर्वोच्च अदालतमा काजमा तानिएका छन् । साउनको पहिलो हप्ता रिटायर हुने सिंहले विदा नबसी मनपरी फैसला गर्न थालेपछि सर्वोच्च अदालतमा काजमा ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा बस्दाको ८ महिना २० दिनमा प्रेम आलेले सार्वजनिक निकायलाई आफन्त र आसेपासेको भर्ती केन्द्र नै बनाए । ३ दिनअघि मात्रै बहिर्गमन भएका आले वर्तमान सरकारका अन्य सबै मन्त्रीको ...
सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथे...
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...