×

Dabur
Nic Asia
Marvel

आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्छ : सहमहामन्त्री पाण्डे

काठमाडाैं | जेठ १३, २०७९

TVS INSIDE

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्ने बताएका छन् ।

morang Auto yamaha

नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसका अवसरमा शुक्रवार आयोजित विशेष भेलामा उनले स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘स्थानीय तहको निर्वाचनमा गठबन्धन फितलो हुनु, टिकटमा न्यायोचित वितरण नहुनु, आफूले टिकट नपाउँदा अन्तर्घात हुनेजस्ता प्रवृत्ति देखियो, स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर कांग्रेस पहिलो शक्ति बन्छ,’ उनले भने । सहमहामन्त्री पाण्डेले ५ दलीय गठबन्धनलाई प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म लैजानुपर्ने बताए ।

स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर गठबन्धनलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

Vianet communication
Maruti inside

उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको उल्लेख गरे । पार्टीभित्र नीतिगत सुधारको खाँचो रहेको सहमहामन्त्री पाण्डेको भनाइ थियो ।

सहमहामन्त्री पाण्डेले लोकतन्त्रलाई बलियो बनाउन आवधिक निर्वाचन आवश्यक रहेको भन्दै पार्टीभित्रका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताए ।

Mega
TATA Below
NLIC
असार १६, २०७९

नेकपा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभामा विचाराधीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग यतिकै अलपत्र पार्न नमिल्ने बताएका छन् । पार्टीले संसद अवरोध गर...

असार १६, २०७९

सत्तारुढ गठबन्धनको बलमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन गठबन्धनकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन थालेका छन् । पूर्व सहमतिअनुसार मुख्यमन्त्री ...

असार १६, २०७९

१ नम्बर प्रदेशकी सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । सरकारी छाप, दस्तखत र कागजात कीर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि खातुनले पदबाट राजीनामा दिएकी हुन् ।  उनले बुधवार पदबा...

असार १६, २०७९

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ ।  यही असार १२ गतेदेखि शुरू भएको उक्त छलफल गए राति सकिएको हो ।  प्रदेशसभाको दशौँ अधिवेशन...

असार १६, २०७९

जनता समाजवादी पार्टी सहज तरिकाले फुटाउनका लागि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई सहमत भएका छन्।  बुधवार संसदीय दलको कार्यालयमा कार्यकारिणी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष यादवबीच भएको भेटवार्...

असार १६, २०७९

बिहीवार नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउन डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे बत्तिसपुतलीस्थ...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

ad
x