असार १८, २०७९
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन्। नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन ग...
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको आकस्मिक सेवा कक्षको स्तरवृद्धि गर्न रोटरी क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।
रोटरी क्लब धुलिखेल, बनेपा, ललितपुर र सिंगापुरको संयुक्त सहयोगमा अस्पताल व्यवस्थापनलाई सामग्री हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण गर्दै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले अस्पतालबाट हुने सेवालाई थप सुधार र विस्तार गर्न आवश्यक रहेको बताए । ‘अबको दिनमा अस्पतालले दिनुपर्ने सेवामा विस्तार गर्दै सुधार्नुपर्ने ठाउँ कहाँ छन्, जनगुनासोलाई सम्बोधन गर्ने काममा ध्यान आवश्यक छ,’ उनले भने ।
अस्पतालका कार्यकारी निर्देशक सुन्दर थापाले अस्पतालबाट सुधार गर्नुपर्ने काम र विस्तार गर्नुपर्ने सेवा धेरै रहेको बताउँदै नगरपालिकासँगको समन्वयमा नजिक रहेर काम गर्न तयार रहेको बताए ।
अहिले अस्पतालको आकस्मिक सेवा कक्षमा औसतमा दैनिक २५–३० जनासम्म बिरामीले सेवा लिइरहेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा कक्षमा अहिले ६ वटा मात्रै शय्या रहेको कारण सरकारको नियमअनुसार त्यसलाई विस्तार गर्न आवश्यक रहेको बताउँदै अहिले प्राप्त सामग्रीले ठूलो राहत मिल्ने कार्यकारी निर्देशक थापाले बताए ।
रोटरी क्लबले विभिन्न १७ प्रकारका सामग्रीका साथै विभिन्न प्रकारका अन्य सामग्रीसहित करीब ४५ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन्। नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन ग...
पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन् । पोखरा–३३ मा क्रियाशील राजनीतिक दलको आज सम्पन्न सर्वदलीय बैठकले समग्र म...
गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन् । सरकारकै सन्तानको रुपमा उद्योगी व्यवसायी रहेकोले आफ्नै सन्तान मारमा पर्ने गरी सरकारले काम नगर्ने उनले बताए । शनिवार...
नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई आज अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया सङ्गीताला...
किसानलाई धानबालीका लागि आवश्यक पर्ने डिएपी र पोटास मल कृषि सामग्री संस्थान प्रदेश कार्यालय विराटनगरले वितरण गरिरहेको छ । कार्यालयका प्रमुख नरेश सापकोटाका अनुसार प्रदेश सरकार र स्थानीय कोटाअनुसार विसं २०७८ चै...
सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट गर्न सहज भएको दाबी गरिएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर विवरण प्रविष्ट नगरेको भन्ने भ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...