×

Dabur
Nic Asia
Marvel

चुनावी समीक्षा र गठबन्धनको भविष्य

ठूलो दल भएकोमा अहंकार गर्दैनौं, गठबन्धनको औचित्य बाँकी छ– विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]

काठमाडाैं | जेठ १९, २०७९

TVS INSIDE

राजनीतिक दलहरू स्थानीय तह निर्वाचनको नतिजा विश्लेषण र आगामी चुनावी रणनीति बनाउने काममा व्यस्त छन् । स्थानीय तह चुनावबाट ठूलो दल बनेको कांग्रेसभित्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे अनौपचारिक छलफल शुरू भइसकेको छ । स्थानीय तह निर्वाचन नतिजाबारे सहयात्री दलहरूले नै असन्तुष्टि व्यक्त गरिरहेका छन् । 

morang Auto yamaha

स्थानीय तह निर्वाचनको नतिजाबारे कांग्रेसको समीक्षा, गठबन्धनमा रहेका दलहरूको असन्तुष्टिप्रति कांग्रेसको धारणा, आगामी निर्वाचनमा गठबन्धनको आवश्यकता र औचित्य आदिका बारेमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग लोकान्तरका उद्धव थापाले कुराकानी गरेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश :

स्थानीय तहको चुनावमा पाँचदलीय गठबन्धन भयो । कांग्रेसको सिट त धेरै आयो तर, यो गठबन्धन कांग्रेसको पक्षमा सफल भयो कि भएन ?

Vianet communication
Maruti inside

– एउटा सत्ताको गठबन्धन छ, एउटा चुनावको तालमेल छ । सरकार चलाउँदा गठबन्धनको निश्चित सिद्धान्त, कार्यक्रम बनेको छ । हुन त साझा गठबन्धन भएर ७५३ स्थानमै तालमेल भएजस्तो भ्रम पनि छ । यथार्थ त्यो होइन । गठबन्धनमा रहेका सबै दलको गरेर प्रमुख पदमा १६ सयभन्दा बढी उम्मेदवार थिए । स्थानीय तह त ७५३ मात्रै थियो । यसको अर्थ हो– तालमेल देशव्यापी भएको होइन । ७५३ मध्ये ६३४ स्थानीय तहको प्रमुखमा कांग्रेसको उम्मेदवारी थियो ।

देशव्यापी तालमेल भएको होइन । जति ठाउँमा तालमेल भएको छ, ती सबै ठाउँमा दुई खालको विश्लेषण छन् । तालमेलको कारण जितेको कैयौँ ठाउँहरू छन् । तालमेल भएर पनि हारेको तर, अघिल्लो चुनावमा एक्लै जितेका ठाउँहरू पनि छन् । तालमेल नगरी कांग्रेसले एक्लै लडेर जितेका स्थानीय तह पनि छन् । यसलाई मिश्रित रूपमा बुझ्नुपर्छ । 

कांग्रेसको मात्रै होइन, गठबन्धनमा रहेका दलहरूको धारणा के बन्छ, उहाँहरूले निर्वाचनको नतिजालाई कसरी विश्लेषण गर्नुहुन्छ भन्ने कुरा नआइनकन अहिले तालमेल गरेरै अगाडि जान्छौं भन्दा पनि गलत हुन्छ । अब हामी ठूला दल भयौं, खोला तरियो लौरो बिर्सियो भन्न थालियो भने पनि गलत हुन्छ । यसका लागि समय आउनुपर्‍यो ।

तालमेल नगरेको भए कांग्रेसको पक्षमा अझ राम्रो नजिता आउँथ्यो त ? 

– अहिले त्यसो पनि नभनौँ, किनभने त्यो काल्पनिक कुरा हुन्छ । जस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका ३० वर्षपछि कांग्रेसले एक्लै जितेको हो । पूर्वमा इलाम नगरपालिका २०४९ पछि अहिले पहिलोपटक कांग्रेसले जितेको हो । त्यहाँ पनि कांग्रेसले तालमेल गरेको थिएन । कतिपय स्थानीय तहमा तालमेल नगरी जितेको कुरालाई देखाएर तालमेल नै गलत थियो भन्ने हुँदै होइन । 

तर, तालमेलका कारणले कतिपय गाउँ नगरहरू राम्रोसँग जितिएको छ भन्दै गर्दा तालमेल नै प्रथम र अन्तिम होइन । दुई प्रकृतिले विजय हासिल भएको छ, एउटा तालमेलको कारणले अर्को, एक्लै प्रतिस्पर्धा गरेको कारणले । यसपछाडिको मुख्य कारण, कम्युनिष्ट पार्टीमा आएको विभाजन, कांग्रेसको अधिवेशनपछि सबै तहमा आएको नेतृत्वको तरोताजगी आदि छन् । 

तालमेलपछिको चुनावी नतिजामा सहयात्री दलहरूभित्रै तीव्र असन्तुष्टि व्यक्त भइरहेको छ । चुनावमा सहयात्री दलहरूलाई कांग्रेसबाट असहयोग भएकै हो कि उनीहरूले गुनासो गरेका मात्रै हुन् ?

– उहाँहरूले कुन रूपमा के प्रतिक्रिया जनाउनुभएको छ म त्यसमा जान चाहन्नँ । कतिपयचाहिँ उहाँहरूमा रहेको बुझाइको कमजोरी हो । विराटनगरमा जसपाले उपमेयर नजितेको विषयलाई हेरेर सबैतिर धारणा बनाउन मिल्दैन । जितेजति आफ्नो बलमा हारेजति, कांग्रेसको कारणले भन्न थालियो भने पनि त्यसको अर्थ हुँदैन । कांग्रेसले पनि गठबन्धन गरेको ठाउँमा हारेको छ ।

झापामा नै कांग्रेसले जितिरहेको ठाउँमा यसपटक हारेको छ । हरेक ठाउँको एकै खालको मनोविज्ञान हुँदैन । उहाँहरूले काठमाडौंको उपप्रमुख हार्नुभयो, प्रमुख त हामीले पनि हार्‍यौं । हेटौंडामा भर्खर खुलेको दलका लागि अहिलेको निर्वाचन परिचय कार्यक्रम जस्तो थियो । तर, उहाँहरूले नै प्रमुखमा जित्नुभएको छ । पोखरामा धनराज आचार्य मेयरमा जितेको हेर्ने कि नहेर्ने ? अहिले सार्वजनिक रूपमै टिप्पणी गरेर जवाफ दिन चाहन्न र दिनु पनि हुँदैन । चुनावमा मिश्रित ढंगले परिणाम आएको छ र त्यसको वस्तुनिष्ठ ढंगले संयमका साथ समीक्षा गर्नुपर्छ । 

स्थानीय तह चुनावको नतिजाको जगमा प्रदेश र प्रतिनिधि सभा चुनावमा पनि अहिलेकै गठबन्धन तालेमल गनेर जाने परिस्थिति बनेको छ कि गठबन्धनको अवस्था फेरिन सक्छ ?

– यो अहिले नै भनिहाल्ने बेला भएको छ । पहिले स्थानीय तहको निर्वाचन नै समग्र रूपमा सकिएको छैन । परिणाम आइसकेकै छैन । जिल्ला समन्वय समितिको चुनाव हुन बाँकी छ । भएको निर्वाचनको वस्तुगत समीक्षा संस्थागत ढंगले नभई, पार्टीभित्र के–के धारणा बन्छन्, त्यो नलिई आगामी चुनावको बारेमा भनिहाल्ने अवस्था बनेको छैन ।

कांग्रेसको मात्रै होइन, गठबन्धनमा रहेका दलहरूको धारणा के बन्छ, उहाँहरूले निर्वाचनको नतिजालाई कसरी विश्लेषण गर्नुहुन्छ भन्ने कुरा नआइनकन अहिले तालमेल गरेरै अगाडि जान्छौं भन्दा पनि गलत हुन्छ । अब हामी ठूला दल भयौं, खोला तरियो लौरो बिर्सियो भन्न थालियो भने पनि गलत हुन्छ । यसका लागि समय आउनुपर्‍यो ।

कांग्रेसका सभापति तथा प्रधानमन्त्रीले आगामी चुनावको मितिबारे परामर्श नै गर्न थालिसक्नुभयो भन्ने चर्चा छ । अब त प्रदेश र प्रतिनिधि सभा चुनावको लागि पार्टीहरूले रणनीति बनाउने र तयारी थाल्ने बेला हुन लागेन र ?

– पहिले भएको चुनावको समीक्षा नै नगरी अर्को चुनावको तयारीमा जाने बेला भएकै छैन । तालमेल भएर पति कतिपय ठाउँमा किन जित्न सकिएन, तालमेल नभएको ठाउँमा सजिलै जित्ने अवस्था कसरी भयो भन्ने कुराको तल्लो तहबाट सबै समीक्षा आइसकेपछि संयमतापूर्वक समीक्षा गर्नुपर्छ । 

अर्को कुरा, स्थानीय चुनावबाट हामी ठूलो दल भयौं होला, गणितीय हिसाबले ठूलो दल भएको, जितेको र हारेर सानो दल भएको सबै अनुभव हामीसँग छ । त्यसो हुँदा ठूलो दल भएको अहंकार पार्टी केन्द्रदेखि तल्लो तहसम्म कहीँ पनि आउनुहुँदैन । हामीले पाँच वर्षका लागि जितेका हौं र सबै जीतहरू अस्थायी हुन्छन् । पहिलो हुँदा होस् वा दोस्रो हुँदा, हामी जिम्मेवार हिसाबले प्रस्तुत हुनुपर्छ । 

स्थानीय तहको चुनावमा यसअघि जितेको ठाउँमा अहिले जित्न नसक्ने देशव्यापी प्रवृत्ति नै देखियो । यही प्रवृत्ति कायम रहँदा यसपटक जितेको ठाउँ अर्को चुनावमा जोगाउन नसक्ने अवस्था बन्ला । यसबाट जोगिनका लागि स्थानीय जनप्रतिनिले के कुरालाई ध्यान दिएर काम गर्नुपर्ला ? 

– एउटा दलले जितेको छ तर, अर्को चुनावमा गुमाएको छ । त्यसपछाडिको कारण, काम गर्दैगर्दा जसले काम गरेको हुन्छ कमजोरी उसैबाट हुने हो । कमजोरी भइरहेको पाटो चर्चामा बढी गइरहेको हुन्छ । गरेको कुरा बुझाउन नसकिरहेको हुन्छ ।

देशभरीको स्थानीय तहका प्रमुखहरूका लागि एउटा वाक्यमा तीनवटा शब्द भन्छु– थोरै बोल्ने, धेरै सुन्ने, केही गर्ने । मेरो पनि जीवन दर्शन नै थोरै बोल्ने, धेरै सुन्ने र केहीचाहिँ गर्ने भन्ने छ । सबै काम एकैपटक गर्छु भनेर सकिँदैन । जनताको बीचमा जाँदा निर्वाचनपूर्व दलको उम्मेदवार थिए, निर्वाचित भएपछि जनताको प्रतिनिधि हुँ भन्ने साझा भावनाले सोच्नैपर्छ ।

निर्वाचित भएका व्यक्तिहरू को कुन दलसँग आस्था राख्नुहुन्छ त्यो भिन्नै कुरा हो । उहाँहरू जनताद्वारा निर्वाचित हुनुभएको छ । अब उहाँहरूको परीक्षा शुरू भएको छ । उहाँहरूले राम्रो गर्दा उहाँहरू आबद्ध दलका लागि मात्रै होइन समाजको रुपान्तरणसँग, लोकतन्त्रको रक्षासँग त्यो विषय गाँसिन्छ । जनताको भावनासँग गाँसिन्छ । स्थानीय तहमा जनतासँग निरन्तर सम्पर्कमा रहेर काम गर्नुपर्छ । 

स्थानीय तहको चुनावमा ठूला शहरमा नै स्वतन्त्र उम्मेदवारले जिते । शहरी मतदाता ठूला राजनीतिक दलबाट निरपेक्ष हुँदै गएको विश्लेषण पनि गरिन्छ । काठमाडौं महानगरमा नै गठबन्धन स्वतन्त्र उम्मेदवारसँग पराजित हुने अवस्था आयो । तपाईंको विचारमा यस्तो हुनाको कारण के हो ?  

– स्वतन्त्र भनेर त अन्यन्त्र पनि जितेका छन् तर, खासगरी काठमाडौं र धरानलाई विशेष रूपमा हेर्नुपर्छ । अन्यत्र दलका विद्रोहीले स्वतन्त्र उम्मेदवारको रूपमा जितेको हो । तर, साँच्चै स्वतन्त्र भएर उभिएका दुई जना काठमाडौंका बालेन साह र धरानका हर्क साम्पाङ हुन् । उनीहरूले जित्दै गर्दा त्यो मतलाई हामीले सकारात्मक ढंगले विश्लेषण गर्नुपर्छ । राजनीतिक दलको रूपान्तरण जनताले चाहेको हो ।

विश्वप्रकाश शर्मा जस्ता राजनीतिक मानिसहरू परिचालन हुँदै गर्दा बन्द कोठाबाट देशलाई बुझ्ने होइन । झ्याल खोलेर हेर्नुपर्छ । बग्दै गरेको हावामा के बग्दै छ, शहरमा गुञ्जिँदै गरेको आवाजमा के बोलिँदै छ भन्ने कुरा सुन्नुपर्‍यो । त्यो सुनेबमोजिम उठेका प्रश्नहरूको नयाँ उत्तर पस्किनुपर्‍यो । प्रश्न नयाँ आइरहेको छ, तर उत्तरचाहिँ पुरानै पस्किने हो भने ठीक भएन । त्यसकारण चुनावमा उनीहरूको विजयले दलहरूलाई रुपान्तरित हुन सन्देश दिएको छ । 

कांग्रेस, एमालेजस्ता दलहरूलाई काठमाडौंका जनताले मत नदिँदै गर्दा पनि वैकल्पिक राजनीतिको नारा दिएको वैकल्पिक दल पनि त थियो नि ! तर, मत त्यहाँ गएन । तसर्थ, यहीँ ठूला दलहरूको रुपान्तरण नै खोजेको हो ।

मतदाताले अवस्थासँगको रूष्टता व्यक्त गरेका हुन्, व्यवस्थासँग होइन । अवस्थालाई सुधार गरौं, व्यवस्थालाई सदृढीकरण गरौं भनेर दिएको मत हो । यो व्यवस्थाकै विरुद्ध जान चाहन्थे भने त अर्को पनि उम्मेदवार थियो नि त । राप्रपाको उम्मेदवार पनि हुनुहुन्थ्यो । काठमाडौंका मतदाताले दिएको मतलाई आवेगमा दिएको मत मात्रै सोच्नुहुँदैन । उहाँहरूमा आवेग थियो तर, त्यसमा विवेक पनि मिसिएको थियो । हामीलाई जसरी प्रश्न ठड्याइएको छ, त्यसलाई जिम्मेवार रूपमा लिनुपर्छ ।

यो चुनावबाट अर्को पनि महत्त्वपूर्ण सन्देश आएको छ । काठमाडौंमा नेवा राज्य हुनुपर्छ भनेर नारा जुलुस भएको थियो कुनैबेला । नेवा भनिएको भूगोलमा एउटा मधेशीको छोरा मेयर बन्न सक्यो । 

कुनै बेला काठमाडौं आउँदै गरेका धोती लगाएका मानिसहरूले अपहेलित हुनुपर्‍यो, काठमाडौं मेरो भएन भन्ने पनि अनुभूति थियो । आज त्यही काठमाडौंले ठूलो हृदय बनाएर मधेशी समुदायको मान्छेलाई मेयर बनाएको छ ।

अर्कातर्फ, टोपी लगाएको मानिसले मधेशमा जाँदै गर्दा भूगोल मेरो भएन भन्ने सोचेको थियो भने आज त्यही मधेशमा नेवारको छोरो वीरगञ्जमा मेयर भएको छ । मधेशीको छोरो काठमाडौंमा मेयर, नेवारको छोरो मधेशमा मेयर भएको छ । यसले समाजको अन्तरघुलन बढेको छ भन्ने देखाउँछ । समाजभित्रको ग्राह्यता र स्वीकार्यता बढेको छ भन्ने देखाउँछ । लोकतन्त्रमा मेरो दलको जीत सबै सुन्दर हो, अरूको जीतचाहिँ सबै नकारात्मक हो भन्ने होइन । त्यसभित्रको सकारात्मक कुरालाई बुझ्नुपर्छ । यसले लोकतन्त्रमा सकारात्मक सन्देश गएको छ । 

को कता आस्था राख्छौं दोस्रो कुरा, तर हिजो प्रतिगमनकोविरुद्ध एक भएर लागेका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीचको सहकार्यको औचित्य सकिएको छैन । 

स्थानीय तहको चुनावअघि तपाईंहरू नै चुनावपछि माओवादी केन्द्र वामपन्थी गठबन्धनको पक्षमा जाने आशंका व्यक्त गर्नुहुन्थ्यो । चुनावको नतिजापछि वामपन्थी गठबन्धनको बतास चल्न थालेको छ । हिजो तपाईंहरूले गरेको आशंका अब सत्यतामा परिणत हुने लक्षण देखिन थालेको हो ?

– कम्युनिस्ट पार्टीहरूको हिजो एकाएक भएको एकता त्यो बुझ्न नसकेको विषय थियो । उहाँहरूले कसरी बुझ्नुभएको थियो त्यो अलग कुरा हो, तर समाजले बुझ्न नसकेको विषय थियो भन्ने कुरा उहाँहरूले नै निश्चित समय गुज्रेपछि बुझ्नुभएको थियो । 

स्वाभाविक छ कि संविधानले प्रत्याभूत गरेबमोजिम आ–आफ्नो निकटता, आ–आफ्नो दूरी र बुझाइका विश्लेषण हुन्छन् । अहिले उहाँहरू कसरी जान चाहनुहुन्छ त्यो मैले भन्ने विषय भएन ।

को कता आस्था राख्छौं दोस्रो कुरा, तर हिजो प्रतिगमनकोविरुद्ध एक भएर लागेका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीचको सहकार्यको औचित्य सकिएको छैन । 

अबको संसदीय चुनाव कात्तिकमा, मंसिरमा कि फागुनमा ?

– यो मैले भनिहाल्ने विषयवस्तु होइन । सरकारले दलहरूसँग र निर्वाचन आयोगसँगको परामर्शमा तय गर्ने विषय हो । मंसिर कि फागुन भनेर धेरै बहस गरिरहनुपर्ने विषय पनि होइन । स्थानीय तह निर्वाचनको देशभरको अवस्थाको समीक्षा गरिसकेपछि दलहरूले उपयुक्त समय निर्धारण गरुन् ।

भर्खरै भएको निर्वाचनले कूलिङ पिरियड पनि पाओस् र २०८४ सालमा तीनै तहको चुनाव एकै दिन गर्न सक्ने अवस्था पनि बनोस् । त्यहाँसम्म जानसक्ने लचकता अपनाएर अगाडि ल्याउने त्यो चाहिँ मिलाएर गर्नुपर्छ । अहिले तत्काल वर्षाको समय छ । पहाडी मुलुकमा बाढी पहिरोको समस्या हुनसक्छ । कसले कति धेरै जितेको छ भनेर झ्याप्प प्यारासुट जम्प गरेजस्तो गरेर चुनाव गराउने विषय पनि होइन ।

संसदीय निर्वाचनको मितिबारे पार्टीभित्र अनौपचारिक कुराकानी भइरहेका छन् । निर्वाचनका लागि उपयुक्त वातावरण, तयारी, राजनीतिक परिस्थिति विचार गरेर आगामी निर्वाचनको मिति तय हुनुपर्छ । 

Mega
TATA Below
NLIC
बैशाख २६, २०७९

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेबाट सागर थापा मेयर पदका उम्मेदवार छन् । कांग्रेसको परम्परागत गढ विराटनगरमा मेयर बन्छु भनेर प्रतिस्पर्धामा उत्रिएका थापा आफूलाई भुइँमान्छेका रूपमा चित्र...

असार १४, २०७९

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र सैन्य सहयोग राज्य साझेदारी कार्यक्रम (एसपीपी)को विरोधमा 'फ्रन्टलाइन'मा उभिने...

बैशाख २६, २०७९

नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् ।  कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...

जेठ २५, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीमा आफ...

बैशाख २७, २०७९

देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...

जेठ २५, २०७९

स्थानीय तहको निर्वाचनमा जुन अपेक्षा गरिएको थियो त्यसअनुसारको नतिजा आएन । तर, जुन नतिजा आएको छ त्यो नै नकरात्मक भयो भन्ने चाहिँ होइन ।  अपेक्षा अनुसारको नजिता नआउनुमा विविध कारणहरू छन् । सबैभन्दा पहिल...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x