×

X
Nic Asia
Marvel
Khukuri

विराटनगरको कार्यपालिकामा एमालेको गठबन्धन विजयी, सत्ता गठबन्धन अल्पमतमा

विराटनगर | जेठ २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार पराजित भए ।  

DHARA
LAxmi BAnk

सो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उम्मेदवारहरू कार्यपालिकामा निर्वाचित भएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

महानगरको नगरपरिषदमा एमालेसँग उपप्रमुखसहित ४३ जना हुँदा कांग्रेससँग मेयरसहित ४० जना थिए । जसपाका १० जना जनप्रतिनिधि हुँदा स्वतन्त्र ३ र राप्रपाका १ जना थिए ।

कांग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्र र राप्रपासँग गठबन्धन गर्दा पनि ४७ मत मात्रै थियो । तर, जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिँदा गठबन्धनका उम्मेदवार पराजित बनेका हुन् । 


Advertisment
Bizbazar
Saurya island

जसपाबाट विद्रोह गरेर मेयरमा उठेका उमेश यादवले एमालेसँग गठबन्धन गरेका थिए । उनले जसपाका निर्वाचित जनप्रतिनिधिहरूलाई प्रभाव पारेको कांग्रेसको भनाइ छ । 

जसपाबाट निर्वाचित जनप्रतिनिधिको ३ भोटभन्दा बढी नआएको कांग्रेस विराटनगरका सभापति दीपक चापागाईँले बताए ।

Vianet communication
IME BANK INNEWS

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा  अल्पसंख्यकमा एमालेका दीपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह  ५५ र स्वतन्त्र सञ्जीव साह ५२ मत ल्याएर विजयी भएका छन् ।  

अल्पसंख्यकमा कांग्रेसका प्रेम राठी ४०, जसपाका  ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत मात्रै पाए ।

महिलातर्फ सबै एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका  सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५,  ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३, खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भए । 

कांग्रेसका पराजित  उम्मेदवारहरू अञ्जु दाहाल गौतमले ४०, गायत्री थापा ३९, रुपा देउजा ४०, विनितासिंह ठकुरी ४० र सूर्यादेवी साहले ४० मत मात्रै पाएका थिए ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेले वितरण गरेको टिकटप्रति असन्तुष्टिका स्वर बाहिरिन थालेको छ । १० बुँदे पक्षधर नेता भीम रावलले टिकट नपाएपछि भोलि निर्णय लिने बताइरहँदा अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि नेतृत्वको कडा आलोचन...

असोज २१, २०७९

नेकपा एमालेले चुनाव लड्न अनिच्छा जनाउँदै आएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमुख्यमन्त्री समेत रहेकी उनले चुनाव लड्ने अनिच्छा राखेकै कारण तल्लो कमिटीले सिफारिस समेत गरेको थिएन...

असोज २१, २०७९

सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका २० सिट छाड्न एमाले तयार भएको छ । २० सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो ।  तीन दिनयता भइरहेको छलफलपछि जसपाला...

असोज २१, २०७९

नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । ...

असोज २१, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने पक्का भएको छ । यसअघि काठमाडौं २ बाट चुनाव जितेका नेपाल रौतहट जाने भएका हुन् । दुई ठाउँबाट चुनाव लड्न मिल्ने समयमा उनी रौतहटबाट...

असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x