×

Dabur
Nic Asia
Marvel

जथाभावी फोहर नफालौं (कविता)

काठमाडाैं | जेठ २२, २०७९

TVS INSIDE

अच्युत मान सिंह प्रधान 'उत्सुक'

morang Auto yamaha

नफालौं जथाभावी फोहर यत्रतत्र 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

फालौं कुनै तोकिएको निश्चित स्थानमा मात्र । 

फोहरलाई छुट्याऔं घरमै दुई किसिमले  

Vianet communication
Maruti inside

राखौं एक ठाउँमा सड्ने अनि गल्ने चिज, वस्तु  

राखौं अर्को ठाउँमा नसड्ने अनि नगल्ने चिज, वस्तु । 

अनि दिऔं छुट्ट्याई फोहर संकलन गर्न आउनेलाई  

फोहर संकलक नआएसम्म जम्मा गरेर राखौं घरमै । 

जानेमा फोहरलाई बदल्न सकिन्छ मोहरमा 

जान्नुपर्छ केवल फोहर विसर्जन गर्न मात्र । 

हुन त, जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड हो यो

जथाभावी फोहर फाल्ने गर्नाले, 

हुन्छ, वातावरण प्रदूषित अनि दुर्गन्धित । 

फैलन्छ सबैतिर महामारी, 

लाग्छ विभिन्न प्रकारको रोगव्याधि 

अनि जान सक्छ ज्यान अकालमै ।  

यसर्थ नफालौं फोहर जथाभावी आफू, 

अनि सिकाऔं अरूलाई पनि ।

फोहरलाई निश्चित स्थानमा फाल्ने गरौं सबैले  

नबनौं कोही पनि फोहर फाली सजायको भागी र रोगी । 

नगरौं फोहरमा राजनीति कसैले पनि  

नदिऔंं कसैले जथाभावी फोहर फाली असभ्यताको परिचय 

बनौं उदाहरण सबै सभ्य र सचेत नागरिकको ।

गरौं सबैले आफू बस्ने ठाउँको वातावरण स्वच्छ अनि बस्न लायक 

अनि बनाऔं सबैले स्वच्छ र सफा काठमाडौं ।
 

Mega
TATA Below
NLIC
असार ९, २०७९

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा ...

जेठ २७, २०७९

गजल–१  झरी झरी नभन् एक्दिन त्यही  पानीले मार्छ   जोगाउन सकिनस् भने आफ्नै जवानीले मार्छ       मुटु पो दिईस् कलेजो त दिएको छैनस् नि ? मदिरा-मदिरा नभन् ,साला  पिउ...

जेठ २७, २०७९

प्रत्युश भुसाल  प्यारो र सुन्दर नेपाल मेरो देश ।  छन सौन्द्रय नदीनाला बहने अशेष ।।  वीरताको गाथा बोकेको मेरो देश ।।।  मठ,मन्दिर,गुम्बा र मस्जिद छन बिशेष ।।।। ​ देशका बलिया खम्बा...

असार ११, २०७९

कवि राजन सिलवालको दोस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरिएको छ । साहित्यकारहरू देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन ग...

जेठ २५, २०७९

काठमाडौंको किंग्स् कलेजले विद्यार्थीहरूमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उदेश्यका साथ शिल्पी थियटरमा ‘त्रयम्’ शिर्षकको नाटक मञ्चन गरिरहेको छ ।  यसै महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाट...

असार १२, २०७९

नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा श...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x