×

X
Nic Asia
Marvel
Khukuri

श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडाैं | जेठ २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (जेठ २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। 

DHARA
LAxmi BAnk

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। 

जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता गरी बाँडफाँट गरिनेछ।


Advertisment
Bizbazar
Saurya island

निष्काशन बन्द छिटोमा असार ६ गते हुनेछ भने ढिलोमा असार २१ गते हुनेछ। 

आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरूबाट आवेदन दिन सकिनेछ।

Vianet communication
IME BANK INNEWS

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

बिहीवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.१४ रुपैयाँ र प्रति डलर बिक्री दर १३०.७४ रुपैयाँ कायम भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार बिहीवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.१५ रुपैय...

असोज १४, २०७९

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।    यस इन्स्योरेन्सले आफ्न...

असोज १४, २०७९

माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नम्बर ३, बन्दिपुरमा  एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।  बैंकले  शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन का...

असोज १४, २०७९

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ बाषिकोत्सवको अवसर पारर पााँचौ एजेन्सी अवार्डिस नाईट कार्यक्रम भव्यक्ताका साथ सम्पन्न भएको छ।  कार्यक्रममा भोटिभेटर स्पिकर रविन कटुवालले प्रशिक्षण दिएका थिए । उनले का...

असोज १५, २०७९

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२औँ एटिएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन रत्ननगर नगरपालिका वडा नं ६का अध्यक्ष किर...

असोज १७, २०७९

माछापुच्छ्रे बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरध...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x