साउन ३०, २०७९
भारतले सोमवार अर्थात् १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ । लगभग ३० खर्ब डलर बराबरको अर्थतन्त्रका ...
काठमाडाैं | जेठ २५, २०७९
युक्रेनविरुद्ध रुसले विशेष सैन्य कारवाही चलाएपछि त्यसको सशक्त प्रतिकारको नेतृत्व गरिरहेका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की पश्चिमीहरूको नजरमा सेलेब्रिटी बनेका छन् ।
उनलाई संसारका विभिन्न मुलुकहरूले भिडियो कन्फरेन्समार्फत बोल्नका लागि मञ्च दिइरहेका छन् । अनि बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित पश्चिमका सरकारप्रमुख तथा वरिष्ठ अधिकारीहरू उनलाई भेट्न लाम लागेर राजधानी किएभ पुग्ने गरेका छन् ।
कतिपय विश्लेषकको नजरमा जेलेन्स्कीलाई पश्चिमले ‘धर्मनिरपेक्ष देवता’को हैसियत दिएको छ । उनले बोलेका सबै कुरालाई ईश्वरको सन्देश जस्तो रूपमा लिएर त्यसलाई जस्ताको त्यस्तै स्वीकार गर्ने गरिएको छ ।
अमेरिकाको बाइडन प्रशासनले लोकतान्त्रिक विरुद्ध निरंकुशतान्त्रिक व्यवस्थाबीच नयाँ शीतयुद्ध चलिरहेको भाष्य प्रस्तुत गरिरहँदा जेलेन्स्की पश्चिमी लोकतन्त्रका कर्मठ सिपाहीका रूपमा प्रस्तुत गरिएका छन् । खाकी वस्त्र लगाएका अथक नायकले सानो लोकतान्त्रिक मुलुकको नेतृत्व गर्दै विशाल रुसी निरंकुशतन्त्रको सामना गरिरहेको भनी जेलेन्स्कीको छवि व्यवस्थापन गरिएको छ ।
यसरी सेलेब्रिटी बनेको घमण्ड जेलेन्स्कीमा देखिन थालेको छ । विश्व मञ्चमा सम्बोधन गर्ने क्रममा उनले रुसप्रति बढी कठोर नीति नअपनाएको भन्दै विभिन्न राष्ट्रको निन्दा गर्ने गरेका छन् । रुसका विरुद्ध पश्चिम एकताबद्ध नभएको भनी उनले आलोचना गर्ने गरेसँगै जर्मनी र फ्रान्सलाई विशेष रूपमा तारो बनाउने गरेका छन् ।
गत अप्रिल महिनामा एक भिडियो सम्बोधनका क्रममा जेलेन्स्कीले जर्मनीकी पूर्व चान्सलर अंगेला मर्कल र फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीले रुससँग १४ वर्षसम्म गरेको कूटनीति पूरै विफल भएको आरोप लगाए । उनीहरूको लोलोपोतोका कारण मस्को बढी आक्रामक बनेको जेलेन्स्कीको आरोप छ ।
जर्मनीका बहालवाला चान्सलर ओलाफ शोल्जले युक्रेनको सहायताका लागि पर्याप्त प्रयास नगरेकोमा पनि जेलेन्स्कीले निराशा व्यक्त गरेका छन् । बढी दबाब परेपछि शोल्जले गत साता (जुन १मा) जर्मन संसद् बुन्डेस्टाखमा भाषण गर्दै युक्रेनलाई वायुरक्षा तथा रेडार प्रणाली उपलब्ध गराउने घोषणा गरेका छन् ।
त्यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संवाद जारी राख्दै युद्ध अन्त्यको पहल गर्नुपर्ने भनी फ्रान्सका बहालवाला राष्ट्रपति इम्मानुएल म्याक्रोंले व्यक्त गर्ने गरेको आशयलाई पनि जेलेन्स्कीले कठोर आलोचना गरिरहेका हुन्छन् । युक्रेनको बुचामा भएको घटनालाई नरसंहार भन्न नमिल्ने तथा रुसलाई बेइज्जत गर्नका लागि पश्चिमले प्रयास गर्न नहुने भनी म्याक्रोंले दिएको बयानविरुद्ध जेलेन्स्कीले निर्मम प्रहार गरेका छन् ।
अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्कोका अनुसार, जर्मनी र फ्रान्सका कदमलाई पश्चिमी जनताको नजरमा दोषी ठहर गराउन तथा तिनलाई लज्जास्पद स्थितिमा ल्याउन जेलेन्स्कीका अमेरिकी प्रायोजकहरूले उनको भरपूर उपयोग गरिरहेका छन् ।
जेलेन्स्की पश्चिममा जसलाई आलोचना गरे पनि त्यसको नकारात्मक प्रतिक्रिया नआउने देखेपछि झन् झन् सुरिँदै गएका छन् । तर हंगेरीले उनको आलोचनाको प्रतिकार गरेको छ ।
हंगेरीले रुससँग निकट सम्बन्ध कायम राखेको र रुसविरुद्ध युरोपेली संघले लगाउन खोजेको ताजा प्रतिबन्धलाई रोकेको भन्दै उनले हंगेरीको आलोचना गरे । त्यस आलोचनाबाट आक्रोशित भएका हंगेरी संसद्का सभामुख लाज्लो कोभलले जेलेन्स्कीमा मानसिक समस्या रहेको आरोप लगाए ।
उनको भनाइलाई हंगेरीका परराष्ट्रमन्त्री पिटर जिजार्तोले पनि समर्थन गरे । युक्रेनी शरणार्थीहरूको सहजताका लागि योगदान गरेको हंगेरीलाई जेलेन्स्कीले आलोचना गरेर कृतघ्नता देखाएको ती दुई हंगेरियन अधिकारीको आरोप छ ।
पश्चिमले बनाइदिएको जेलेन्स्कीको उज्यालो छविभित्र अनेकौं अँध्यारा पक्षहरू लुकेका छन् । जेलेन्स्कीलाई लोकतान्त्रिक मसिहाका रूपमा प्रस्तुत गरेको भए पनि उनले लोकतन्त्रका मूल्यमान्यतालाई हरण गर्ने कदमहरू चालेका छन् ।
युद्ध शुरू हुनुअघि फेब्रुअरी महिनामा जेलेन्स्कीले आफ्ना आलोचक सञ्चारमाध्यमहरू जिक, न्युजवान र ११२ युक्रेनलाई बन्द गर्ने आदेश दिएका थिए । पोहोर साल अगस्ट महिनामा उनले स्ट्राना डट् यूए अन्लाइन न्युज पोर्टल बन्द गराएका थिए । युरोपीयन फेडरेसन अफ जर्नलिस्ट्सले उनको त्यस कदमको निन्दा गरेको थियो ।
त्यस्तै युद्ध शुरू भएपछि गत मार्च महिनामा उनले ११ वटा विपक्षी दलमाथि प्रतिबन्धको घोषणा गरेका थिए । ती दलहरूले रुससँग साँठगाँठ गरेको आरोप लगाउँदै उनले प्रतिबन्धको घोषणा गरेका थिए । त्यस आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत नगरी उनले सोलोडोलो रूपमा विपक्षीहरूको अस्तित्व समाप्त पारेर अकण्टक शासन चलाउन खोजेको आरोप छ ।
तर विपरीत ध्रुवको रुसलाई प्रतिकार गरिरहेकाले जेलेन्स्कीको अलोकतान्त्रिक कदमप्रति पश्चिमले आँखा चिम्लिदिएको छ । अनि यसमा विशेषगरी अमेरिकाको अर्को पनि स्वार्थ देखिन्छ ।
त्यो के भने युक्रेन युद्धमार्फत अमेरिकी धनाढ्यहरूले सम्पत्ति शुद्धीकरण गरिरहेको आरोप छ । अमेरिकी सांसद मार्जरी टेल ग्रीनले युक्रेनलाई दिन लागिएको ४० अर्ब डलरको सहायता प्याकेजमाथि प्रश्न उठाउने क्रममा गत मे महिनामा यो प्याकेज अमेरिकी सांसदहरूको सम्पत्ति शुद्धीकरण प्रयास जस्तो देखिएको बताइन् ।
उनको भनाइमा दम छ किनकि सीएनएनका लागि केटी बो लिलिस, जेरेमी हर्ब, नताशा बर्ट्रान्ड र ओरेन लीबरम्यानले तयार पारेको प्रतिवेदनमा उल्लेख भएअनुसार, अमेरिकी अधिकारीहरूलाई युक्रेनमा पठाइएको हतियार कहाँ पुग्छ भन्ने थाहा छैन ।
अर्थात्, युक्रेनलाई दिइएका सबै किसिमका सहायताहरूमा जवाफदेहिताको अभाव छ । त्यस्तो अपारदर्शी सरकारलाई सहायता गरेर अमेरिकी धनाढ्यहरूले सम्पत्ति शुद्धीकरण गरेको हुन नसक्ने कारण देखिँदैन ।
लोकतन्त्रको एक आधारशिला शासनमा पारदर्शिता पनि हो । तर जेलेन्स्कीले यो पारदर्शितालाई पालन गरिरहेका छैनन् जबकि उनको सर्भेन्ट अफ द पिपुल पार्टीले सन् २०१९ मा चुनाव जितेको नै भ्रष्टाचार निर्मूल पार्ने प्रतिज्ञाको बलमा हो ।
माथि उल्लेखित सीएनएनको त्यही रिपोर्टमा लेखिएअनुसार, जेलेन्स्कीले पश्चिमबाट थप सहायता पाउनका लागि झूटको समेत सहारा लिने गरेको अमेरिकी अधिकारीहरूको विश्वास छ । पश्चिमी गुप्तचर स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएअनुसार, जेलेन्स्की प्रत्येकपटक टीभीमा आएर बोल्नु सूचना युद्धको एक हिस्सा हो ।
युक्रेनले जारी गर्ने प्रत्येक सार्वजनिक विज्ञप्ति पनि सूचना युद्धअन्तर्गत नै पर्दछ । पश्चिमी गुप्तचर अधिकारीको यस स्वीकारोक्तिबाट पनि जेलेन्स्कीको छवि पश्चिमले रुसविरुद्धको द्वन्द्वमा उपयोग गर्नका लागि नियोजित रूपमा बनाएको स्पष्ट हुन्छ ।
हुन पनि राजनीतिमा जेलेन्स्कीको आगमन शंकास्पद देखिन्छ । जेलेन्स्कीको उदयका विषयमा युक्रेनी प्राज्ञ ओल्गा बेशाले ‘डेमोक्रेसी, पपुलिजम यान्ड नियोलिबरलिजम इन युक्रेन ः अन द फ्रिन्जेज अफ द भर्चुअल यान्ड द रीयल’ शीर्षकको पुस्तक लेखेकी छन् ।
उनले द ग्रेन जोन नामक अन्लाइन मिडियाकी नाटिली बाल्डविनसँग गरेको कुराकानीमा जेलेन्स्कीले नवउदारवाद र निरंकुशता अँगालेको, उनका गतिविधिहरूले अहिलेको युद्ध शुरू हुन योगदान गरेको र युद्ध अवधिमा उनले आत्मकेन्द्रित नेतृत्व गरेर युक्रेनलाई धेरै क्षति पुर्याएको आरोप लगाएकी छन् ।
जेलेन्स्की आफैंमा कर्तृत्वशक्ति (एजेन्सी) छैन र उनी अमेरिकी मालिकहरूको इशारामा चल्छन् भन्ने कुरा मार्च महिनाको अन्त्यतिर टर्कीको इस्तानबुलमा गरिएको शान्तिवार्तापछिका अभिव्यक्तिबाट पुष्टि हुन्छन् ।
उक्त शान्तिवार्तापछि जेलेन्स्कीले युक्रेन पश्चिमी सैन्य गठबन्धनमा नरही तटस्थ राष्ट्रको रूपमा बस्न तयार रहेको बताएका थिए । तर अमेरिकी र बेलायतीहरूका लागि त्यो अस्वीकार्य भएकाले उनीहरूले शान्ति प्रक्रिया भंग गराउनका लागि बुचा नरसंहारको होहल्ला मच्चाउन जेलेन्स्कीलाई प्रेरित गरेका थिए र उनले त्यसै गरे ।
जेलेन्स्की रुसविरुद्ध पश्चिमले चलाएको प्रोक्सी युद्धका मोहरा हुन् भनी सिरियाका परराष्ट्र राज्यमन्त्री बशर जाफरीले लगाएको आरोप सत्यको एकदम निकट देखिन्छ । कला क्षेत्रका मानिसलाई पश्चिमले राजनीतिकर्मी बनाएर रुससँगको द्वन्द्वका लागि तयार पारेको जाफरी बताउँछन् ।
युक्रेनमा रहेका रुसीभाषीहरूको दमनमा संलग्न उग्रराष्ट्रवादीहरूलाई रोक्नुको साटो प्रोत्साहन गरी जेलेन्स्कीले रुसलाई रुसीभाषीको सुरक्षाका लागि कारवाही चलाउन उत्प्रेरित गरेका हुन् । पूर्वी युक्रेनमा आठ वर्ष चलेको युद्धलाई अन्त्य गर्नका लागि बनाइएको मिन्स्क सम्झौताप्रति पनि जेलेन्स्कीको अरुचि रहेकाले रुसले सैन्य कारवाही चलाएको हो ।
त्यसैले पश्चिमले सकारात्मक छवि बनाएर हाईहाई गरिरहेको भए पनि युक्रेनलाई पुगेको अपूरणीय क्षतिका लागि जेलेन्स्की नै जिम्मेवार रहेको मूल्यांकन इतिहासले गर्ने देखिन्छ ।
भारतले सोमवार अर्थात् १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ । लगभग ३० खर्ब डलर बराबरको अर्थतन्त्रका ...
२०७४ मंसिर २ गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा पुराना वामपन्थी नेता देवी ओझाले तत्कालीन वाम गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्कोप्रति कटाक्ष गर्दै एउटा किस्सा सुनाएका थिए– म भर्खर ...
२०७० सालमा पनि मंसिर ४ गतेका लागि नै संविधान सभाको दोस्रो चुनावको मिति तोकिएको थियो । अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपाल त्यतिबेला एमालेबाटै संविधानसभा सदस्यको उम्मेदवार थिए । उनले काठमाडौं...
चीनका राष्ट्रपति सी चिनपिङले कोभिड महामारी शुरू भएदेखि विदेश भ्रमण गरेका छैनन् । तर अर्को साता उनले साउदी अरबको भ्रमण गर्न लागेको खबरहरू सार्वजनिक भएका छन् । साउदीहरूले सीलाई गत मार्च महिनामा नै भ्रम...
तालिबानले अफगानिस्तानमा दोस्रोपटक शासन चलाउन थालेको एक वर्ष पूरा भएको छ । सन् २०२१ अगस्ट १५ मा अमेरिकी गुप्तचर निकायहरूको आकलनलाई झूटो साबित गर्दै तालिबानले अमेरिकी सैनिकहरू अफगानिस्तानमा छँदाछँदै राजधा...
यसै हप्ताको आरम्भमा उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच पत्राचार भएको खबर दियो । समाचारमा उल्लेख गरिएअनुसार, द...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...