×

Dabur
Nic Asia
Marvel

भारतमा दयनीय घटना सार्वजनिक : अस्पतालबाट छोरोको लाश छुटाउनका लागि भिक्षा माग्दै आमाबुवा

काठमाडाैं | जेठ २६, २०७९

TVS INSIDE

भारतको बिहार राज्यमा रहेको समस्तीपुरमा मानवता नै लज्जित हुनुपर्ने घटना सार्वजनिक भएको छ । 

morang Auto yamaha

त्यहाँ मृत्यु भएका एक युवकको शवको पोस्टमोर्टमका लागि स्वास्थ्यकर्मीले बुवाआमासँग थुप्रो पैसा मागे । उनीहरूले पैसा दिन नसकेपछि स्वास्थ्यकर्मीले शव दिन अस्वीकार गरे । गरीब आमाबुवा छोरोको पोस्टमोर्टमको पैसा जम्मा गर्नका लागि भिक्षा मागिरहेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

महेश ठाकुरका २५ वर्षीय छोरा मानसिक रूपमा विक्षिप्त थिए । घरबाट निस्केर धेरै दिन हराएका उनको लाश फेला परेपछि सदर अस्पताल पठाइएको थियो । 

अस्पतालमा स्वास्थ्यकर्मीले लाशको पोस्टमोर्टमका लागि ५० हजार भारु माग्यो । त्यति ठूलो रकम दिन नसकेपछि मातापितालाई शव दिन स्वास्थ्यकर्मीले इन्कार गर्‍यो । 

Vianet communication
Maruti inside

त्यसपछि पैसा जुटाउन पिता महेशले भिक्षा माग्न थाले । आमाबुवा टोलटोलमा गएर पैसा मागिरहेका छन् । यी लाचार आमाबुवालाई देखेर सबैजना प्रशासनतन्त्रलाई गाली गरिरहेका छन् । 

सिभिल सर्जन डा एस के चौधरीले सञ्चारमाध्यमबाट आफूले घटनाको जानकारी पाएको र अनुसन्धानपछि कारवाही गर्ने बताए । 

पोस्टमोर्टम गर्नेहरूले यसअघि पनि पैसा माग्ने गरेका छन् ।

Mega
TATA Below
NLIC
असार २१, २०७९

बाँदर चकचके हुन्छन् तर मोबाइलमा भिडियो नै हेर्न थालेको सुन्दा पत्याउन गाह्रो पर्ला । इन्स्टाग्राममा शेयर भइरहेको एक भिडियोमा बाँदर ओछ्यानमा पल्टिएर भिडियो हेरिरहेको देख्न सकिन्छ । मोबाइल फेला पारेपछि बाँदर...

असार २०, २०७९

अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो । इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो...

असार १८, २०७९

फेसन शो कार्यक्रममा मोडलहरूले ‘क्याट वाक’ गरेको देखिन्छ तर यतिबेला एक युवकले घरमै गरेको ‘क्याट वाक’ भिडियो भाइरल भइरहेको छ । फिजीका २४ वर्षीय शाहील शर्माेन्टले घरेलु सामग्री प्रयोग...

असार १७, २०७९

अचेल इन्टरनेटमा अप्टिकल इल्युजनका धेरै तस्वीरहरू देखिन्छन् । यी तस्वीरहरू हेरेपछि धेरैजसो मानिसहरू अलमलमा पर्छन् र उनीहरूको टाउको चक्कर आउँछ ।  अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिने तस्वीर हो । अप्टिकल...

असार १९, २०७९

अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो । इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो...

असार २१, २०७९

अप्टिकल इल्युजनका तस्वीरहरू सामाजिक सञ्जालमा धेरै देखिन्छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई भ्रमित पार्ने खालको तस्वीर हो ।  यहाँ अब यो तस्वीरलाई हेर्नुहोस् र भन्नुहोस् कि यसमा सर्प कहाँ छ ?  य...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x