भदौ २, २०७९
२०७० सालमा पनि मंसिर ४ गतेका लागि नै संविधान सभाको दोस्रो चुनावको मिति तोकिएको थियो । अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपाल त्यतिबेला एमालेबाटै संविधानसभा सदस्यको उम्मेदवार थिए । उनले काठमाडौं...
काठमाडाैं | जेठ २७, २०७९
संसारमा गहुँको मूल्यवृद्धि भइरहेको बेलामा युक्रेनले आफ्नो भूमिमा फलेको गहुँ रुसले लुटेको आरोप लगाएको छ ।
युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाइरहेको रुसले युद्धको खर्च उठाउनका लागि युक्रेनबाट लुटेको गहुँ सुक्खाको समस्या भोगिरहेका अफ्रिकी मुलुकलाई बेच्न खोजेको आरोप अमेरिकाले पनि लगाएको छ ।
द न्युयोर्क टाइम्समा डेक्लान वाल्श र भ्यालरी हप्किन्सले तयार पारेको रिपोर्टमा उल्लेख गरिएअनुसार, अमेरिकाले १४ वटा मुलुकलाई एक लिखित सन्देश पठाएर रुसका मालवाहक जहाजहरू लुटिएको युक्रेनी अन्नबालीका साथ युक्रेन नजिकको बन्दरगाहबाट गइरहेको दाबी गरेको छ । अमेरिकाको परराष्ट्र मन्त्रालयले पठाएको सन्देशमा त्यस्तो अन्नबाली बोक्ने तीनवटा रुसी मालवाहक जहाजको चर्चा छ ।
युक्रेनका कृषिमन्त्री माइकोला सोल्स्कीले पनि रुसको कब्जामा रहेको भूमिमा अन्नबालीको डकैती भइरहेको आरोप लगाएका छन् । त्यस्तै टर्कीका लागि युक्रेनका राजदूत भासिल बोदनारले युक्रेनी गहुँ चोरेर रुसले क्राइमियाको बाटो हुँदै टर्की सहितका मुलुकमा पठाउने गरेको आरोप लगाएका छन् ।
रुसले अहिलेसम्म ६ लाख टन अन्नबाली लुटेको दाबी युक्रेनी अधिकारीहरूले गरेका छन् । लुटेको एक लाख टन गहुँ सिरियालाई पठाएको आरोप पनि युक्रेनी अधिकारीहरूले लगाएका छन् ।
तर रुसले यी आरोपहरूको खण्डन गरेको छ । अनि संयुक्त राष्ट्रसंघले पनि युक्रेनी आरोपलाई पुष्टि गर्न नसकिएको बताएको छ । राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान डुजारिकले विश्व खाद्य कार्यक्रमका कर्मचारीहरूसँग यसबारेमा कुरा गर्दा युक्रेनले लगाएको आरोपको पुष्टि गर्न नसकिएको बताए ।
रुसको खण्डनलाई काट्ने गरी रुसी नियन्त्रणमा रहेको जापोरिझझिया क्षेत्रको सैन्य–नागरिक प्रशासन प्रमुख येभ्गेनी बालित्स्कीले उक्त क्षेत्रबाट पश्चिम एसियाली मुलुकहरूलाई अन्नबाली पठाउन थालिएको बताएका छन् । रोसिया २४ टीभी च्यानलसँग कुराकानी गर्दै उनले त्यहाँको अन्नबाली रुसको बाटो हुँदै पठाउने गरेको र टर्कीसँग यस विषयमा आरम्भिक सम्झौता भइसकेको बताए ।
अन्नबाली लुटेको आरोपसँगै युक्रेनले आफ्ना कृषि उत्पादनलाई रुसले अन्य मुलुक जानबाट रोकेको दाबी पनि गरेको छ । तर आफूहरूले निर्यातमा रोक नलगाएको र युक्रेनी राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बन्दरगाहबाट अन्नबाली निर्यातको आदेश दिनुपर्ने रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले बताएका छन् ।
त्यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि कृष्ण सागरमा युक्रेनी अन्नबालीको निर्यातलाई आफ्ना सैनिकहरूले रोकेको आरोपको खण्डन गरेका छन् । रुसको सरकारी टीभीलाई अघिल्लो शुक्रवार (जुन ३) मा अन्तर्वार्ता दिँदै पुटिनले अन्नबाली निर्यात नहुनुमा युक्रेन नै दोषी रहेको बताए ।
उनका अनुसार, युक्रेनले कृष्ण सागरमा बारुद राखेको छ र जहाजहरूलाई डुबाइरहेको छ । यस प्रकारले युक्रेनले अन्नबाली बोकेको जहाज बाहिर जानबाट रोकेको पुटिनको भनाइ छ । जेलेन्स्कीले यस समस्यालाई समाधान गर्न नमानेको रुसी अधिकारीहरू आरोप लगाउँछन् ।
तर कृष्ण सागरको तटमा रहेको ओडेसा शहरमा रुसले आक्रमण गर्ने सम्भावना भएको भन्दै युक्रेनले तट नजिकको जलक्षेत्रमा बारुद नहटाउने बताएको छ । पुटिनले बारुद हटाएको अवसर छोपेर आफ्नो सेनाले समुद्रबाट कुनै आक्रमण नगर्ने आश्वासन दिएका छन् ।
यसैबीच रुस र टर्कीका रक्षामन्त्रीहरूले सम्भावित अन्नबाली निर्यात कोरिडोर बनाएर युक्रेनको गहुँ निर्यातको बाटो खोल्ने उपायमा चर्चा गरेका छन् । राष्ट्रसंघको पहलमा युक्रेनी अन्नबाली बोकेका जहाजको सुरक्षित आवागमनका विषयमा रुस र टर्कीका परराष्ट्रमन्त्रीहरूले पनि टर्कीको राजधानी अंकारामा छलफल गरेका छन् ।
अन्नबाली निर्यातको यो विषय महत्त्वपूर्ण छ किनकि निर्यात रोकिँदा मूल्यवृद्धि त भएको छ नै, त्यसबाहेक भोकमरीको स्थिति आएर अफ्रिकाका कतिपय मुलुक अस्थिर हुने खतरा बढेको छ ।
रुस र युक्रेनबाट आउने अन्नबालीमा अफ्रिका महादेश अतिनिर्भर छ । राष्ट्रसंघका अनुसार, अफ्रिकाले उपभोग गर्ने लगभग ४० प्रतिशत गहुँ रुस र युक्रेनले आपूर्ति गर्छन् । युक्रेन युद्ध शुरू भएपछि अफ्रिकामा गहुँको मूल्य लगभग २३ प्रतिशतले बढेको छ ।
यसमा भएको गडबडीले अफ्रिकामा सामाजिक अस्थिरता फैलिन सक्छ । खाद्यान्नमा भएको मूल्यवृद्धिका कारण अहिले नै कतिपय अफ्रिकी सरकारहरूमाथि चरम दबाबको स्थिति छ र विरोध प्रदर्शन समेत चर्किन थालेका छन् ।
सोमालियामा विश्व खाद्य कार्यक्रमका अधिकारी पेट्रोक विल्टनले हर्न अफ अफ्रिका क्षेत्रमा सुक्खाका कारण भयावह स्थिति आइसकेको बताएका छन् । लगातार चार वर्ष त्यहाँ पानी नपरेको र भोकभोकै सुत्न बाध्य मानिसको संख्या सन् २०२२ को अन्त्यसम्ममा २ करोड पुग्न लागेको उनको भनाइ छ ।
अफ्रिका मात्र नभई रुस र युक्रेनले विश्वभरि हुने गहुँ आपूर्तिको लगभग एकतिहाइ भाग ओगटेका छन् । तर रुसले युक्रेनमाथि सैन्य कारवाही गरेपछि लगभग २ करोड टन अन्नबाली युक्रेनमा अड्केर बसिरहेको छ ।
गहुँबाहेक मकै, जौ, सूर्यमुखी तेल र आलसको तेल जस्ता उत्पादनको पनि युक्रेन प्रमुख निर्यातकर्ता हो । त्यस्तै रुस र बेलारुसले अन्नबाली हुर्काउने पोटाशको विश्वव्यापी निर्यातको ४० प्रतिशत भाग ओगटेका छन् । तर युद्धका कारण ती सबैमा रोक लागेको छ ।
युक्रेनले कृष्ण सागरमा बारुद नहटाउने हो भने बाल्टिक सागरको बाटो भएर अन्न निर्यात गर्न सक्ने पुटिनको सुझाव छ । त्यसका लागि अन्नबालीहरू रेलमार्गबाट बेलारुसको बाटो हुँदै लग्न सकिने उनी बताउँछन् । त्यसका लागि बेलारुसमाथि पश्चिमले लगाएको प्रतिबन्ध हटाउनुपर्ने शर्त पुटिनले तेर्स्याएका छन् ।
तर विज्ञहरूले पुटिनको सुझाव अव्यावहारिक रहेको बताएका छन् । युक्रेनको अन्नबाली बोकेर जाने रेल क्षमता उपलब्ध नरहेको उनीहरू बताउँछन् । त्यसमाथि जहाजबाट भन्दा रेलबाट ढुवानी गर्दा महंगो पर्न जान्छ । अनि बाल्टिक सागरको बाटो भएर अफ्रिका पुग्दा बेकारमा हजारौं किलोमिटरको बढी यात्रा गर्नुपर्ने हुन्छ ।
यस समस्याको समाधान छिट्टै ननिस्केमा अन्नबाली जुलाई महिनासम्ममा कुहिएर अनुपयोगी हुने खतरा रहेको विज्ञहरू बताउँछन् । अफ्रिकामा लाखौं मानिस भोकमरीको शिकार हुन लाग्नु अनि युक्रेनमा चाहिँ अन्नबाली कुहिने स्थिति आउनु दुर्भाग्यपूर्ण छ ।
त्यसो त पुटिनले यस समस्यालाई खासै महत्त्व नदिई युक्रेनी अन्नबालीले विश्वको अन्नबाली उत्पादनको लगभग साढे २ प्रतिशत भाग मात्र ओगटेको बताए । तर युक्रेनी अन्नबालीले विश्व निर्यातको उल्लेख्य भाग ओगटेको छ र विश्वमा अन्नबालीको मूल्यमा यसले ठूलै असर गर्छ ।
आफ्नो कारणले विश्वमा खाद्य संकट आएको आरोपलाई रुसीहरूले खण्डन गर्ने गरेका छन् । रुसमाथि लगाएको पश्चिमी प्रतिबन्धका कारण यो स्थिति आएको भनी उनीहरू उल्टै पश्चिमलाई दोषी ठहर गर्छन् । अझ पुटिनले त अमेरिकीहरूले अन्धाधुन्ध डलर छाप्ने गरेकाले मूल्यवृद्धिको समस्या आएको आरोप लगाएका छन् ।
पश्चिमले चाहिँ खाद्यान्न आपूर्तिलाई रुसले हतियारका रूपमा उपयोग गरेको आरोप लगाएको छ । तेल र ग्यासलाई पनि यसैगरी रुसले हतियार बनाएर युरोपलाई काबुमा लिन खोजेको आरोप छ । रुस र पश्चिमबीचको यस आरोपप्रत्यारोपले विश्वमा चाहिँ नकारात्मक असर परिरहेको छ ।
२०७० सालमा पनि मंसिर ४ गतेका लागि नै संविधान सभाको दोस्रो चुनावको मिति तोकिएको थियो । अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपाल त्यतिबेला एमालेबाटै संविधानसभा सदस्यको उम्मेदवार थिए । उनले काठमाडौं...
भारतले सोमवार अर्थात् १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ । लगभग ३० खर्ब डलर बराबरको अर्थतन्त्रका ...
२०७४ मंसिर २ गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा पुराना वामपन्थी नेता देवी ओझाले तत्कालीन वाम गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्कोप्रति कटाक्ष गर्दै एउटा किस्सा सुनाएका थिए– म भर्खर ...
तालिबानले अफगानिस्तानमा दोस्रोपटक शासन चलाउन थालेको एक वर्ष पूरा भएको छ । सन् २०२१ अगस्ट १५ मा अमेरिकी गुप्तचर निकायहरूको आकलनलाई झूटो साबित गर्दै तालिबानले अमेरिकी सैनिकहरू अफगानिस्तानमा छँदाछँदै राजधा...
चीनका राष्ट्रपति सी चिनपिङले कोभिड महामारी शुरू भएदेखि विदेश भ्रमण गरेका छैनन् । तर अर्को साता उनले साउदी अरबको भ्रमण गर्न लागेको खबरहरू सार्वजनिक भएका छन् । साउदीहरूले सीलाई गत मार्च महिनामा नै भ्रम...
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी छिन् । संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरण भएर राष्ट्रपतिकोमा पठाइएका विधेयक फिर्ता गर्ने द...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...