×

Dabur
Nic Asia
Marvel

देशको राजनीति र छिमेक सम्बन्ध

'केपी ओलीले स्विङ गर्नुभयो, कूटनीतिक दृष्टिकोणले यो देशको हितमा छैन'

काठमाडाैं | जेठ २७, २०७९

TVS INSIDE

केही दिन पहिला संसद् बैठकमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कूटनीतिमा गम्भीर खेलबाड गरिरहेको आरोप लगाउनुभएको सुन्न पाइयो । कूटनीतिमा खेलबाडको शुरूआत गर्ने केपी ओली नै हो । कूटनीतिमा स्विङ (एक्कासि एउटा पक्षबाट अर्को पक्षमा लाग्ने) भन्ने कुरा ठीक हुँदैन । घडीको पेण्डुलम हल्लिएजस्तो कहिले दायाँ, कहिले बायाँ हुनुहुँदैन । 

morang Auto yamaha

ओलीले १८० डिग्री परिवर्तन भएर कहिले भारतलाई गाली गर्ने, कहिले भारतीय खुफिया एजेन्सीका मान्छेसँग वार्ता गर्ने काम गर्नुभयो, त्यो पनि गोप्य ढंगले । ओली प्रधानमन्त्री रहेको समयमा अन्य बाह्य सम्बन्धमा पनि गम्भीर खेलबाड गरियो । चीन सरकारसँग औपचारिक सम्बन्ध एउटा कुरा छ, पार्टीपार्टीको सम्बन्ध अर्को कुरा छ । चीनको कम्युनिस्ट पार्टीले नेपालका कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध राख्ने कुरा सही, तर ओलीको पालामा चिनियाँ कम्युनिस्ट पार्टीसँग सरकारको सम्बन्ध राख्न खोज्नु गलत थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा पनि ओलीको स्पष्ट अडान आएन । एमसीसीका कारण एकपटक गठबन्धन टुट्ने अवस्था आएको बेला प्रधानमन्त्रीसँग एमसीसी पारित गर्ने सहमति थियो । एमसीसीको बारेमा पनि उहाँहरूको बोली फेरिइरह्यो । कूटनीतिमा स्विङ अत्यन्त खतरनाक कुरा हो । ओलीको बानी नै भयो १८० डिग्रीमा परिवर्तन भइदिने । 

कम्युनिस्टहरूले जेसुकै गरेपनि कांग्रेस नेतृत्व र सरकारले परिपक्वता देखाउनुपर्छ । अमेरिका र चीनबीच चिसो वातावरण छ । हङकङ, ताइवानमा भएर त्यति फरक नपर्ला तिब्बत त उसको प्रतिष्ठाको विषय हो । भारत र अमेरिका ‘वान चाइना पोलिसी’बाट सिफ्ट हुन खोज्दैछन् । हामीले ‘वान चाइना पोलिसी’ भन्ने, तर चीनविरुद्धका गतिविधिलाई आँखा चिम्लिने हो भने भविष्यमा हाम्रा लागि प्रतित्युत्पादक हुन्छ । 

Vianet communication
Maruti inside

पछिल्लो समयमा नेपालमा अमेरिकीहरूको भ्रमण बाक्लो भइरहेको छ । हाम्रो अपरिपक्वता, हामीले अमेरिकालाई अनअराइभल भिषा दिएका छौं । यस्ता कुराले चीन चिन्तित हुनु स्वाभाविक हो । कूटनीतिक सन्तुलन कतै बिग्रियो भने जसरी युक्रेन र रुसको बीचमा अहिले तनाव भइरहेको छ, त्यस्तै अवस्था आउँछ । रुसले चाहेर पनि युक्रेन छाड्न सकिरहेको छैन । युद्ध रोक्न संयुक्त राष्ट्रसंघ असफल भएको छ । भोलिको दिनमा नेपाल त्यस्तो भुमरीमा नफसोस् भन्ने चेत र परिपक्व नेपालले देखाउन सक्नुपर्छ । 

एक चीन नीतिप्रतिको प्रतिबद्धता

हालसालै मात्र अमेरिकी एक उच्च कूटनीतिज्ञ नेपालमा रहेको तिब्बती शरणार्थी शिविरमा जाने काम भयो । उनीसँगै अन्य देशका राजदूत पनि त्यहाँ गएको कुरा आयो । विदेशीहरू संवेदनशील तिब्बती शरणार्थी क्याम्पमा जानु र नेपालले थाहा नपाएजस्तो गर्नु झन् घातक भएको छ । केपी ओलीको स्विङ देशका लागि जति घातक छ, सरकारको मौनता पनि उत्तिकै घातक छ । 

केपी ओलीले संसद्मा ‘एक चीन नीति’मा सरकारको धारणा के हो भनेर सोध्नुभयो । यो विषय सोध्नुपर्ने थिएन, हाम्रो प्रतिबद्धता र घोषित नीति हो । असंलग्न परराष्ट्र नीति केपी ओली या देउवाको नभएर नेपाल राष्ट्रको नीति हो । न ओलीले, न देउवाले यसको अन्यथा व्याख्या गर्न सक्छन् । सरकार प्रमुख या परराष्ट्र मन्त्री फेरिन सक्छन्, तर देशको नीति परिवर्तन हुँदैन । नेपालको दुर्भाग्य भन्नुपर्छ, देशको सुरक्षा, परराष्ट्र नीतिलाई नेतृत्वमा पुग्नेहरूले सही कार्यान्वयन गरेनन् । सुरक्षा, परराष्ट्र नीति सुपरिभाषित गरौं, देशका लागि बनाऔं । 

असंलग्नताको नीति छाडेर कूटनीतिक सन्तुलन गुमायौं भने हामी ‘कन्फ्लिक्ट जोन’मा पर्छौं । त्यो कुरा देशका लागि दुर्भाग्य हुनसक्छ ।

नेपाल–भारत कूटनीतिक सम्बन्धको अवस्था

कांग्रेसको नेतृत्वमा सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल (लुम्बिनी)को भ्रमण गर्नुभयो । यी भ्रमणबाट पछिल्लो समय चिसोपना आएको कूटनीतिक सम्बन्धमा सुधार आएको भनेर भनियो । कूटनीतिमा नमीठो बोलिन्न, लेखिन्न, तर परिणाममा देखिनुपर्‍यो ।

नेपालले नयाँ नक्सा जारी गरेपछि उच्चस्तरको कूटनीतिक भेटवार्ता भएको थिएन । अहिलेसम्म भारतले सीमा विवादमा स्थापित मान्यता र संयन्त्रमार्फत समस्या हल गर्ने त भन्यो, तर त्यो स्थापित संयन्त्र कहिले बस्ने हो, कहिले शुरू हुने हो भन्ने कुराको पत्तो छैन । 

अहिले नेपालमा मलको हाहाकार छ । दुवै प्रधानमन्त्रीको उपस्थितिमा भएको जीटुजी सम्झौता कार्यान्वयनका लागि नेपालका कृषि मन्त्री भारतमा गएर बिन्तीभाउ गर्नुभएको छ, तैपनि मल आउने सुनिश्चितता भएको छैन । किनभने त्यहाँको प्रशासन संयन्त्र यति बलियो छ, खासगरी परराष्ट्रको । भारतीयहरू आफूले लिने कुरा अप्ठ्यारो पारीपारी लिन्छन् । नेपाल–भारत कूटनीतिको आधार पानीको सम्बन्ध हो । २१ औं शताब्दी पानीको शताब्दी हो । 

मल आपूर्तिदेखि ऊर्जा व्यापारको कुरासम्म बाँकी छन् । नेपालमा उत्पादित ऊर्जालाई भारतले अनेक किसिमको बन्देज लगाउनुपर्ने कारण के छ ? भारतको बिजुली महंगो छ, नेपालको सस्तो बिजुली लिनका लागि उनीहरूलाई के समस्या छ ? उनीहरूकोमा परराष्ट्रको स्वीकृति बेगर सम्भव हुँदैन । 

प्रधानमन्त्री देउवा दिल्ली गएको बेलामा बढाएर ३८५ मेगावाटसम्म लिने भन्ने कुरा भएको छ । नेपालको बिजुलीमाथि भारतीय बन्देज किन ? चिनियाँ ठेकेदारले आयोजना बनायो भन्दैमा नेपालको बिजुली खरिद नगर्ने ? 

यस्तो मामिलामा नेपालले आफ्नो कूटनीतिक सामर्थ्य देखाउन सकेन । पावर ट्रेडिङको कुरामा या नेपालको पानीका सम्बन्धमा अन्तर्राष्ट्रिय कानूनबमोजिम व्यवहार किन गर्दैनौ भनेर किन बोल्न नसक्ने ? 

दुवै छिमेकी हाम्रा लागि अपरिहार्य छन् । 

विश्वमा चीन आर्थिक र सामरिक रूपमा बलियो बनेको छ, उसलाई हामीले नजरअन्दाज गर्न सक्दैनौं । 

‘ओलीले स्विङ गरे, कांग्रेसले सन्तुलन मिलाउनुपर्छ’

नेपाली कांग्रेसको सरकार बाध्यात्मक अवस्थामा बनेको सरकार हो, चुनावी सरकार हो । जे भएपनि नेतृत्व कांग्रेसको छ । परराष्ट्र मन्त्रालय कांग्रेससँग छ । 

कांग्रेस सरकारमा रहेका बेला सबै मित्रराष्ट्रलाई आस्वस्त पार्ने काम गरौं । आस्वस्त पार्ने वातावरण हामीले बनाऔं । कांग्रेसप्रति अन्तर्राष्ट्रिय समुदायको भरोसा छ, यसमा परिपक्वता देखाउन जरुरी छ ।

निर्वाचनपछि बन्ने सरकारले सुरक्षा र परराष्ट्र नीतिलाई राम्रोसँग परिभाषित गरेर जानुपर्छ । 

असंलग्न र सन्तुलित परराष्ट्र नीतिलाई अगाडि बढाएर राष्ट्रले परिणाम देख्नेगरी काम गर्नुपर्छ । त्यो भन्नुको मतलब भारतसँगको सम्बन्धमा पानीको उपयोग हो । 

चीनसँग पनि बीआरआई लगायतका प्रारम्भिक सम्झौता गरेका छौं । कति गर्न सक्ने नसक्ने भनेर प्रस्ट गर्नुपर्छ । कुन मोडालिटीमा कुन–कुन पूर्वाधार बनाउन सकिन्छ भनेर गृहकार्य गर्नुपर्छ । 

अस्पष्टता कूटनीतिमा घातक हुन्छ । केपी ओलीले स्विङ गर्नुभयो । जति बिग्रिने बिग्रियो । उहाँलाई लाग्ला मैले स्विङ गरेर ठीक गरें । जता गएपनि हुने स्थिति ल्याएँ भन्ने । त्यो हुन्न । कूटनीतिमा त्यस्तो कुरा सम्भव हुन्न । हामीभन्दा शक्ति राष्ट्र हरेक दृष्टिले सुसज्जित हुन्छन् । के भन्न र गर्न खोजेको हो भनेर कुराको चुरो बुझेका हुन्छन् । 

मलको हाहाकारमा पनि कूटनीतिक पहलको कमी

धानबाली लगाउने सिजनमा मलको हाहाकार शुरू भएको छ । सडकदेखि संसदसम्म हरेक दिन मलको कुरा उठिरहेको छ । भारतसँग जीटुजी सम्झौता गरेर पनि मल आउन सकेन । भारतको प्रशासन संयन्त्र जहाँ परराष्ट्र मन्त्रालयको ग्रीन सिग्नल बेगर केही हुँदैन । सबै कुरा त्यहीँ गएर अड्किन्छ । पोलिसी लेभलमा राम्रो कुरा हुन्छ, तर कार्यान्वयनमा गएर रोकिन्छ । 

भारत आफूले लिनुपर्ने कुरा लिन्छ, तर नेपाललाई दिने कुरामा विभिन्न झमेला गर्छ । नेपाललाई मल दिन चाह्यो भने आफ्नो स्टकबाट एक/दुई लाख मेट्रिक टन उनीहरूले २४ घण्टामा दिन सक्छन्, यदि भारत नेपालका किसानप्रति संवेदनशील हुने हो भने । 

अन्य ठाउँमा सहमति भएपनि परराष्ट्रको अड्चनले हुँदैन । मलका लागि पहल गर्नु हाम्रो राजदूतको बुताभन्दा बाहिरको कुरा हो । 

मेरो अनुभव भन्नुहुन्छ भने– भारतीय प्रधानमन्त्रीलाई गुहारेर मल आपूर्ति सम्भव भएको हो ।

प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबाट नै छिटो मल आपूर्तिको प्रबन्ध हुनसक्छ । रेगुलर प्रोसेरबाट सम्भव छैन । 

हामीले आफ्नो प्रयास जारी राख्नुपर्छ । मोदीले दिन खोजेको हो भने परराष्ट्र मन्त्रालय बाधक हुँदैन, नभए कर्मचारी संयन्त्रले खेलाइखेलाइ ढिला गरिदिन्छ । मोदीको ग्रीन सिग्नल भयो भने सात दिनभित्र नेपालमा मल आउन सक्छ । 

(कांग्रेस नेता एवं भारतका लागि नेपाली पूर्व राजदूत उपाध्यायसँग लोकान्तरका लागि सुशील पन्तले गरेको कुराकानीमा आधारित)

 

Mega
TATA Below
NLIC
असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x