साउन २८, २०७९
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन था...
काठमाडाैं | जेठ २७, २०७९
देशको अर्थतन्त्र वैशाखसम्म पनि सुधार भएको छैन ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिना (वैशाख)सम्मको तथ्यांक हेर्दा अर्थतन्त्र अझै कमजोर हुँदै गएको देखिएको हो ।
गत महिना भन्दा विदेशी विनिमय सञ्चिति यो महिनामा करीब २१ अर्ब रूपैयाँले घटेको छ । यो अवधिसम्म आइपुग्दा महँगी करीब ८ प्रतिशत नजिक पुगेको छ ।
वैशाखसम्ममा महँगीदर ७.८२ प्रतिशत पुगेको छ । यो महँगी दर अहिलेसम्मकै बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस्तो महँगी गत वर्षको वैशाखमा जम्मा ३.६५ प्रतिशत मात्रै थियो । अघिल्लो महिना चैतसम्ममा भने ७.२८ प्रतिशत थियो ।
नेपालमा महँगी बढ्नु र विदेशी मुद्रा सञ्चिति घट्नु र शोधनान्तर घाटा बढ्नु अर्थतन्त्रका लागि राम्रो नभएको अर्थशास्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनले भने, ‘महँगीदर विश्वव्यापी रूपमै बढेको हुँदा त्यसको असर नेपालमा पनि परेको हो ।’
महँगीदर बढ्नुमा नेपालको आन्तरिक कारण मात्रै नभएर रसिया–युक्रेन युद्धसहित वाह्य कारण भएको उनको भनाइ छ । महँगीदर अमेरिका, युरोपमा पनि ८ प्रतिशत पुगेकोले नेपालमा पनि पछिल्लो समय महँगी बढ्नुलाई सामान्य नै मान्नुपर्ने बुझाइ थापाको छ ।
विदेशी मुद्रा सञ्चिति घट्ने क्रम अझै नरोकिएको भए पनि रेमिट्यान्समा सुधार हुने संकेत भने देखिएको छ । यसले आगामी २/३ महिनामा अर्थतन्त्र सुध्रँदै जान सक्ने सम्भावना बाँकी नै रहेको उनको भनाइ छ ।
अर्थशास्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भने महँगीदर रोकिने गतिमै नरहेको तर्क गर्छन् । अन्तर्राष्ट्रिय कारणले बढेको यो महँगीदर दोहोरो अंकमा पुग्ने देखिएको उनको अनुमान छ । ‘केही महिनामा नै महँगीदर १० प्रतिशत पुग्यो भने अन्यथा नमाने हुन्छ,’ उनले भने ।
आयात बढ्नु र विदेशी मुद्राको सञ्चिति कम हुनु, ५.५७ महिनाको मात्रै आयात धान्ने क्षमतामा आउनु, शोधनान्तर घाटा बढेर दुई खर्ब ८८ अर्ब पुग्नु अर्थतन्त्रको लागि राम्रो संकेत नभएको तर्क क्षेत्रीको छ ।
रेमिट्यान्समा झिनो सुधार र निर्यातबाहेक सबै सूचक नकारात्मक
चालू आर्थिक वर्षको १० महिनामा गत वर्षको सोही अवधिमा अर्थतन्त्र झन् खराब अवस्थामा पुगेको देखिएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव, निक्षेपको तुलनामा कर्जा प्रवाह अधिक छ ।
सरकारको खर्च क्षमतामा ह्रास, आयात बढी हुँदा डलर सञ्चिति रित्तिँदै जानु, निर्यातको योगदान न्यून हुनु, निर्यात कम हुँदा शोधनान्तर घाटा बढ्नुसहितका कारण अर्थतन्त्र दबाबमा परेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । यसले अर्थतन्त्रका लागि सकारात्मक सन्देश भने देखाएको छैन ।
गत वर्षको तुलनामा यो वर्षको वैशाखसम्ममा रेमिट्यान्स आय एक अर्ब ९० करोड रूपैयाँले बढेको छ । रेमिट्यान्स बढेको भए पनि आयात बढेका कारण विदेशी मुद्राको सञ्चिति कम हुँदै जाँदा अर्थतन्त्रमा दबाब भने कायमै छ ।
गत वर्षको १० महिनासम्ममा १३ खर्ब ९० अर्ब ८४ करोड रूपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति यो वर्षको सोही अवधिमा आइपुग्दा दुई खर्ब ४३ अर्ब ९६ करोड रूपैयाँले घटेको छ । विदेशी मुद्रा सञ्चिति घटेकै कारण अघिल्लो वर्ष यो अवधिमा १०.३ महिनालाई धान्न पुग्ने वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमतामा कमी आएर ६.६ महिनामा मात्रै सीमित भएको छ ।
गत वर्ष देशबाट बाहिरिने भन्दा भित्रने रकम बढी हुँदा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रूपैयाँले बचतमा थियो । तर, यो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोड रूपैयाँले घाटामा छ ।
यो वर्ष बैंकहरूले जम्मा दुई खर्ब आठ अर्ब रूपैयाँ मात्रैको निक्षेप संकलन गरेर पाँच खर्ब ५२ अर्ब रूपैयाँको कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको यो अवधिमा यस्तो निक्षेप पाँच खर्ब ४२ अर्ब रूपैयाँ संकलन गर्दा गरेको कर्जा प्रवाह पनि सात खर्ब ९५ अर्ब रूपैयाँ थियो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन था...
आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेश प्रदेशमा कूल १३६ पालिका रहेकामा सो संख्यामा स्थानीय तहले बजेट ...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुन:एकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने जानकारी दिएका छन् । आइतवार काठमाडौंमा वैदेशिक...
सातामा सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार अर्थात साताको कारोबारको पहिलो दिन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ९७ हजार ३०० रुपै...
नेपालका पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटल नवीकरण विना नै अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ । पर्यटन ऐन, ३०३५ तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० अनुसार होटल व्यवसाय अनिवार्य दर्ता र नवीकरण गरे...
प्रतिनिधिसभाको आइतवारको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथिको छलफलमा...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...