साउन ८, २०७९
भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की १८ वर्षीय निशा निगल घाइते अवस्थामा भक्तपुरको इवामुरा अस्पतालमा उपचाररत छिन् । उनको खुट्टा फ्याक्चर भएर प्लास्टर गरिएको छ भने हातमा लतपतिएको रगत देख्न सकिन्छ । सुकि...
बुटवल | जेठ २८, २०७९
बुटवललाई औद्योगिक शहर भनिन्छ तर बुटवललाई औद्योगिक ‘हब’ बनाउने पात्रबारे खासै चर्चा/परिचर्चा हुँदैन ।
व्यापारको केन्द्र पुरानो बटौली, भट्टी पसलका रूपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ, त्यति चर्चा बटौलीलाई आधुनिक बुटवल हुँदै औद्योगिक शहर बनाउने पात्र चर्चा छैन ।
घ्यूसँग नून साट्ने शहर बुटवललाई उद्योगको शहर बनाउनमा एउटा इँटा थप्ने उद्योगीको नाम हो निर्मलप्रसाद कसजु । कसजु आधुनिक बुटवल बन्दै गर्दा बुटवलमा उद्योग जन्माउने उद्योगीमा पर्छन् ।
कुनै बेला बुटवलमा मौसमी व्यापार गर्ने कसजु परिवार यतिबेला बुटवलमा चर्चित उद्योगीको रूपमा स्थापित छ । गुल्मीको रिडीबाट थोक किराना पसल चलाउने उद्देश्यले बुटवल झरेका निर्मल कसजु बिस्तारै उद्योगतर्फ आकर्षित भए । तत्कालीन बुटवलमा उनी निकै सफल व्यापारीमा गनिन थाले । बुटवलमा नै पहिलो मुद्रण उद्योग सञ्चालन गरेकाले उनी बुटवलका उद्योगका संस्थापक पनि हुन् ।
नेपालमा राणा विरोधी आन्दोलन चलिरहँदा निर्मलले बटौलीमा प्रिन्टिङ प्रेस चलाए । बुटवल–१ (हालको पारी बुटवल) मा स्थापना गरेको निर्मल प्रिन्टिङ प्रेसले धेरै राजनीतिक आन्दोलनमा सहयोग गर्यो । प्रेस विक्रम संवत् २००९ देखि २०३७ सालसम्म सञ्चालनमा आयो । मुद्रण उद्योगबाट हौसिएका निर्मल बिस्तारै अर्को उद्योगका रूपमा घरेलु साडी कपडा उत्पादनमा लागे । उद्योगमा रस बसेका उनी त्यतिमै सीमित भएनन् ।
लगातार उद्योगको विस्तार गर्ने क्रममा उनले बुटवलमा पहिलो हवाई चप्पल यतिको पनि उत्पादन शुरू गरे । कुनै बेला नेपालमा यति चप्पलको ठूलो चर्चामा थियो । चप्पल उद्योगसँगै कसजुले नेपालकै पहिलो प्रेसर कुकर एभरेस्ट कुकर स्थापना गरे । शुरू–शुुरूमा राम्रो बजार लिए पनि बिस्तारै चिनियाँ बजारले चप्पलको बजारलाई खस्काउँदै गयो ।
बजारमा वैदेशिक वस्तुको आगमन भएपछि प्रतिस्पर्धा बढ्न थाल्यो । उद्योगीलाई चुनौती पनि थपिँदै गयो । निर्मल र उनको परिवार जस्तोसुकै चुनौतीबाट पनि पछि हटेनन् । प्रतिस्पर्धाकै बीचमा कसजु परिवारले ज्ञानी पानीको उद्योग पनि सञ्चालन गरे तर देशमा चलेको अस्थिर राजनीतिका कारण उद्योग बन्द हुन गयो ।
निर्मलले शुरू गरेको उद्योग सञ्चालनको रफ्तारलाई उनका सन्ततिले पनि निरन्तरता दिँदै गइरहेका छन् । सरकारको उद्योगमैत्री नीति नहुँदा धेरै कठिनाइ भएको निर्मलका छोरा रञ्जन कसजु गुनासो गर्छन् ।
उद्योग सफल हुन विभिन्न अवरोध आए पनि कसजु परिवारले उद्योगको यात्रा बन्द गरेनन् । द्वन्द्वको चर्को प्रभावबीच कसजु परिवारले विकल्प खोज्ने क्रममा पानी ट्यांकी रोजे । नेपाली बजारमा एकलौटी रूपमा काठमाडौंमा उत्पादित पानी ट्यांकीले बजार लिइरहेको बेला मोफसलमा उनले पानी ट्यांकी उद्योग खोले ।
ज्ञानी पोलीपाइन इन्डस्ट्रिज दर्ता गरेर विक्रम संवत् २०५८ सालमा नेपालको पहिलो चम्किलो पानी ट्यांकी भन्दै नारायणी नदी पश्चिम उद्योगको शुरूआत भयो । चम्किलो पानी ट्यांकीबाट शुरू भएको कसजु परिवारको ट्यांकी यात्रा अहिले ज्ञानी पोली ट्यांकीमा निरन्तर जारी छ ।
उद्योगबाट छिटो नाफा कमाउनेभन्दा रोजगारी सिर्जना गरेर आर्थिक विकासतर्फ ध्यान रहेको उद्योगी रञ्जन कसजु बताउँछन् । सम्भवतः रञ्जनले बुटवलमा उद्योग व्यापारमा प्रयोग नगरेको विषय कमै होलान् । रञ्जनले नै बुटवलमा कुनै बेला ज्ञानी शपिङ सेन्टर पनि सञ्चालनमा ल्याएका थिए ।
बुवा निर्मलले थालेको अभियानलाई निरन्तरता दिँदै स्वदेशी उद्योगमार्फत आर्थिक समृद्धि र युवा रोजगार सिर्जना गराउन उद्योग सफल भएको रञ्जन दाबी गर्छन् । उद्योगसँगै निर्मल सामाजिक संस्थाहरूमा सक्रिय हुन थालेसँगै निर्मलको उद्योग व्यवसायको विरासत उनका छोराहरूले धानिरहेका छन् ।
विशेषतः निर्मल कसजु पाल्पा उद्योग वाणिज्य संघमा अध्यक्षको पदमा रहेर विक्रम संवत् २०३२/२०४३ सालमा व्यावसायिक रूपमा सक्रिय भएपछि उनका अन्य छोराहरूले जस्तै रञ्जनले निर्मलको मूल विरासत धान्दै आएका छन् ।
बजारमा कतिपय उद्योगले फरक–फरक ब्राण्डमा उत्पादन गरेर उपभोक्तालाई गुणस्तर अनुसारको मूल्य फरक राख्ने गरेको भए पनि ज्ञानीका पोली ट्यांकी उच्च र समान गुणस्तरका रहेको रञ्जनको दाबी छ । गणस्तरमा सम्झौता नगरी एउटै ज्ञानी ब्राण्ड बनाएर उत्पादन गरिएको रञ्जन बताउँछन् । रञ्जनले ट्यांकीसँगै एचडीपीई पाइप, गार्डेन पाइप र पोलिमर उत्पादन गर्दै आएकोमा उद्योगको स्तरोन्नति गर्दै सीपीभीसी पीभीसी पाइपको पनि उत्पादन थालेका छन् । नारायणी पश्चिममा ज्ञानी ब्राण्डको लोकप्रियतालाई कायम राख्न सीपीभीसी पीभीसी पाइपको उत्पादन थालिएको उनले बताए ।
जर्मन कोलाब्रेसनमा भारतमा उत्पादन भएको काभ्राको मशिन प्रयोग भएको कसजु परिवारका तेस्रो पुस्ता निर्मित कसजुले बताए । बाजेले थालेको अभियानलाई निरन्तरता दिँदै पछिल्लो समय ज्ञानीको बजार रन्जनका २ छोराहरू निर्मित र प्रतिकले सम्हाल्न थालेका छन् ।
निर्मित कसजुका अनुसार बजार चलेका उद्योगमा चलेका अन्य मशिनको तुलनामा काभ्राको लगानी दोब्बर छ भने गुणस्तरमा पनि उच्च छ । दैनिक ७० हजार लिटर बराबरको ट्यांकी उत्पादन हुँदै आएको छ । ट्यांकीको कच्चा पदार्थ साउदी अरब र भारतबाट समेत आउँछ ।
ज्ञानी उद्योगले ३५० भन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरेको छ । सामान्यतया नेपालका उद्योगमा विदेशबाट दक्ष जनशक्ति मगाएर उद्योग चलाउने गरेपनि ज्ञानी प्रतिष्ठानभित्र विदेशी श्रमिक छैनन् । सबै नेपालीले नै रोजगारी पाएका छन् ।
२०१८ सालतिर पूर्वपश्चिम महेन्द्र राजमार्ग बनेसँगै बुटवल नेपालको मध्ये भागमा पर्ने औद्यागिक शहर बनेको हो । भारतबाट लामपाते सुर्ती गाडामा ल्याउने, नून मट्टितेल, कपडा हाटबजारका रूपमा परिचय जमाएको बटौली अहिले नेपालकै मध्यभागको औद्योगिक शहरका रूपमा परिचित छ ।
काम्लो, जडिबुटी, डोको, नाम्लोसँग नून–तेल सट्टापट्टा गर्ने ठाउँ पनि हो पुरानो बटौली । घ्यू खारेर बेच्ने उद्योगबाट शुरू भएको बुटवलको उद्योग यात्रा अहिले राष्ट्र र अन्तर्राष्ट्रसम्म फैलिन सफल भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की १८ वर्षीय निशा निगल घाइते अवस्थामा भक्तपुरको इवामुरा अस्पतालमा उपचाररत छिन् । उनको खुट्टा फ्याक्चर भएर प्लास्टर गरिएको छ भने हातमा लतपतिएको रगत देख्न सकिन्छ । सुकि...
पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए । आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजन...
नेपाली बजारमा २ वर्ष अघिदेखि आएको ‘हट एण्ड स्पाइसी’ (पीरो) चाउचाउले अहिले बजार पिटिरहेको छ । तयारी ‘नूडल्स’ खाने नेपाली बानीमा स्पाइसीले नयाँ स्वाद थपेको छ । मुलुकका ग्रामीण भेग...
देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुल समेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग २ वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्...
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...
काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् । सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिए...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...