साउन २३, २०७९
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुरू गरेको छ । यससँगै...
काठमाडाैं | जेठ २९, २०७९
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ ।
शनिवार बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९-८० को भिजन सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
अबको १ वर्षमा एक अर्ब नेपाली रूपैयाँको कम्पनी बन्ने लक्ष्य र संस्थागत सुशासनका लागि कम्पनीलाई पूर्ण डिजिटाइज गर्ने उनले बताए । अहिले कम्पनीको वार्षिक टर्नओभर ५० करोड रूपैयाँ भन्दा माथि रहेको छ ।
‘आउने आर्थिक वर्षमा हामी अनुसन्धान र विकासमा थप जोड दिनेछौं । नयाँ नयाँ प्रविधिमा लगानी गर्नेर्छौं,’ उनले भने, ‘कर्मचारीको ३६० डिग्री वृद्धिमा ध्यान दिनेछौं । इनहाउस प्रडक्ट र आइडियालाई मोनिटाइज गर्नेर्छौं ।’
चालु आर्थिक वर्षमा लिएका धेरै लक्ष्यहरू पूरा भएको र केही बाँकी रहेको रघुवंशीको भनाइ छ । कमर्चारीलाई बिजनेस आइडिया लिएर आए पार्टनर बनाएरसँगै काम गर्ने पनि उनले बताए ।
त्यस्तै कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) डा. राजिव सुब्बाले कम्पनीको भिजन पूरा गर्नलाई रणनीतिक योजना बनाउन कार्यक्रम आयोजना गरेको बताए । उक्त कार्यक्रममा चालु आर्थिक वर्षका लागि लिएका लक्ष्यहरू के कति पूरा भए त्यसको पनि समीक्षा गरिएको थियो ।
बैठकमा विभिन्न व्यवस्थापकीय तथा प्रविधि विभागहरुका प्रमुखहरुले चालु आर्थिक वर्षको समिक्षा, उपलब्धि र चुनौतीहरुको मूल्यांकन, एवं आगामी आर्थिक वर्षमा के के नयाँ कार्यहरु गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमको दोस्रो सत्रमा सीईओको भिजनमाथि समूह गत छलफल भएको थियो ।
उक्त छलफल कार्यक्रममा इन्फोडेभलपर्सका उच्च तहका नेतृत्वहरूसमेत गरी ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसपछि प्रत्येक समूहबाट प्रतिनिधित्व गर्दै एकजनाले उक्त भिजन पूरा गर्न के-के कार्य गर्न सकिन्छ भन्दै प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रमलाई सहजीकरण गरेका डा. सुब्बाका अनुसार उक्त रणनीतिक कार्यक्रमबाट प्राप्त सुझावहरूलाई समेटेर एक रिपोर्ट तयार गरी आगामी वर्षको लागि आवश्यक पर्ने आर्थिक बजेटमार्फत कार्यान्वयनमा लगिने छ ।
कार्यक्रममा इन्फोडेभलपर्सका कार्यकरी निर्देशकद्वय प्रविन सुवेदी तथा अरबिन्द प्रधान, सीओओ डा. सुब्बा, जनशक्ति व्यवस्थापन विभागका प्रमुख रेबेका प्रतिक राई एवं प्रशासन विभाग प्रमुख सुरेश मानन्धर समेतले आ-आफनो धारणा राखेका थिए ।
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुरू गरेको छ । यससँगै...
इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ । बैशाख १, २०७९ बाट शु...
कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुला गरेको छ । यो छात्रब...
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ । ग्राहकहरुले इसेवा एप...
पछिल्लो समय इन्टरनेटको प्रयोग व्यापक भइरहेको छ । हरेक क्षेत्रमा वा हरेक काम इन्टरनेटको सहयोगमा सम्पन्न गरिन्छन् । इन्टरनेट प्रयोगको व्यापकता प्रविधिमैत्री विकासको एउटा ‘कोशेढुंगा’ साबित भइसकेको छ...
चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुर" भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घा...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...