साउन २४, २०७९
अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । पूर्वनिर्धारित प्रदर्शन मिति हेरफेर गरेर असोज २१ गतेका लागि नयाँ प्रदर्शन मिति तोकेकै दिन म...
अभिनयभन्दा अरू कुनै कारणले कोही अभिनेत्रीको चर्चा हुन्छ भने अहिलेको सन्दर्भमा त्यो नाम पूजा शर्मा नै हो । उनी पछिल्ला वर्ष अभिनयभन्दा बाहिर एकपछि अर्को कारण चर्चामा आउने गरेकी छन् ।
राष्ट्रिय टेलिभिजनमा जिल्लाबारे सोधिएको प्रश्नमा दिएको जवाफलाई लिएर उनी लामै समय ‘ट्रोल’को शिकार बनिन् । कहिले अभिनेता आकाश श्रेष्ठसँगको सम्बन्धलाई लिएर त कहिले प्रदीप खड्कासँगको चिसिएको सम्बन्धलाई लिएर उनको चर्चा भइरह्यो ।
‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको समयमा अभिनेता पल शाह नाबालिग बलात्कारको आरोपमा फरार रहँदा पूजा शर्मा पलको फोटो टाँसिएको टिसर्ट लगाएर पल मेरो मुटुमा छ’ भन्दै हल–हल पुगिरहेकी थिइन् । सो समय उनले हलहलमा पुगेर थुप्रै पटक क्यामेराका अगाडि आँसुसमेत झारेकी थिइन् । सोही कारण उनलाई चलचित्र चलाउन रोएको आरोप लाग्ने गरेको छ । यद्यपि पूजाले भने यो आरोपको खण्डन गरेकी छन् ।
शुक्रवार राजधानीमा पूजा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को गीत रिलिज कार्यक्रम राखिएको थियो । सोही कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘कन्ट्रोभर्सीले फिल्म चलाउने भए यति दुःख किन गर्नुपर्थ्यो । मेहनत गर्नुपर्छ, मेहनतसँगसँगै त्यसलाई कसरी मार्केटमै लैजाने त्यसमा ध्यान दिने हो ।’
पूजाले सञ्चारकर्मीहरूले आफूलाई 'कन्ट्रोभर्सी'मा पार्ने गरेको समेत बताइन् । उनले आफूलाई ठिक लागेका कुराहरू अरूलाई ठिक नलाग्न सक्ने हुँदा कन्ट्रोभर्सी हुने बताइन् ।
यद्यपि चलचित्र चलाउन कहिल्यै कन्ट्रोभर्सी नगरेको उनको भनाइ थियो ।
भदौ १७ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम थोप्देनको शीर्ष भूमिका रहेको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । पूर्वनिर्धारित प्रदर्शन मिति हेरफेर गरेर असोज २१ गतेका लागि नयाँ प्रदर्शन मिति तोकेकै दिन म...
अमेरिकामा ‘फुलबुट्टे सारी लाएर’ बोलको तीज गीत तयार भएको छ । तीज नजिकिँदै जाँदा सफक काउन्टी नेपाली समाज न्यूयोर्कको प्रस्तुतिमा गीत तयार भएर सार्वजनिक भएको हो । अग्रज लोकगायक ब...
नेपाली चलचित्र ‘प्रकाश’को च्यारिटी शो पनि हुने भएको छ । आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रदर्शनको अर्को दिन (भदौं ११ गते) काठमाडौंमा च्यारिटी शो गर्न लागिएको हो । नया...
विराटनगरमा विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा ...
नेपाली चलचित्र ‘द सिक्रेट अफ राधा’ चीनमा प्रदर्शन हुने भएको छ । नेपाल प्रदर्शनअघि नै चलचित्र चीनको फेस्टिभलमा प्रदर्शन हुने भएको हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको &lsqu...
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टमा अग...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...