भदौ १, २०७९
अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । निर्देशक मिलन चाम्सका अनुसार चलचित्रले फागुन १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको हो । रोमानियाम...
काठमाडाैं | असार ४, २०७९
नयाँ वर्ष, तीज, दशैंतिहार चलचित्र रिलिजका लागि राम्रो मान्ने गरिन्छ । बिदा धेरै हुने र दर्शकहरू ‘फेस्टिभ मूड’मा हुने हुँदा यी समयमा चलचित्र रिलिज गर्दा राम्रो व्यापार गर्न सक्ने आशा निर्माताले राखेका हुन्छन् ।
त्यसैले दशैंको समयमा आफ्नो चलचित्र रिलिज गर्न निर्माताबीच अझ बढी तछाडमछाड हुने गर्छ । यद्यपि साना ब्यानरका चलचित्रहरू भने यतिबेला चेपुवामा पर्ने हुँदा प्रदर्शनमा आउन सकिरहेका हुँदैनन् ।
दशैं प्रायः ठूला ब्यानरका भनिएका चलचित्रको ‘कब्जा’मा हुने गरेको छ । यसवर्ष पनि त्यस्तै हुने देखिएको छ । ३ महिना बाँकी छँदै दशैं आसपासको समयका लागि चलचित्र प्रदर्शन गर्न अहिल्यैदेखि ‘होडबाजी’ देखिएको छ ।
ठूला ब्यानरका केही चलचित्रले प्रदर्शन मिति तोकिसकेका छन् । यस वर्षको दशैंका लागि नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले प्रदर्शन मिति तोकेको छ । चलचित्रले छायांकन शुरू गर्दा नै दशैंलाई प्रदर्शन मिति घोषणा गर्दै शुरू गरेको थियो । नारायण रायमाझी र राजेश वंशल निर्माता रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको शीर्ष भूमिका छ । असोज १० वा १४ गते चलचित्र प्रदर्शनमा आउने जनाइएको छ ।
दीवाकर भट्टराईको निर्देशन रहेको चलचित्र ‘हनीबनी’ले छायांकनमा जानुअघि नै असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । चलचित्रमा बलिउड मोडल अभिमन्यु तोमार, अभिनेत्री जसिता गुरुङ, अभिनेता सलोन बस्नेत, अर्जुन श्रेष्ठ, अभिनेत्री सूर्यमाला खनाल लगायतको अभिनय रहनेछ । चलचित्र दशैंमा प्रदर्शनमा आउँछ/आउँदैन भन्नेमा भने धेरैले शंका गरेका छन् ।
दशैं आसपासका लागि अर्को प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ले पनि प्रदर्शन मिति तोकिसकेको छ । सन्तोष सेनको निर्माण रहेको चलचित्रले असोज ७ गतेका लागि प्रदर्शन मिति तोकेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतका कलाकारको अभिनय छ । यो कोरोना महामारी अघि नै निर्माण सम्पन्न भएको चलचित्र हो ।
दीपकराज गिरीले छायांकनमा जानुअघि नै आफ्नो चलचित्र दशैंमा प्रदर्शनमा आउने बताउँदै आएका छन् । यस वर्ष पनि ‘छक्का पन्जा’ टीमको चलचित्र असोज महिनामा प्रदर्शनमा आउनेछ । दीपकराज गिरी र दीपाश्री निरौलाको टीमले निर्माण गर्ने नयाँ चलचित्रका लागि हेमराज बिसी निर्देशकमा अनुबन्ध भइसकेका छन् । छिट्टै छायांकनमा जाने भनिएको चलचित्रको नाम तय भइसकेको छैन । असोजको कति गते प्रदर्शन हुने भनेर पनि निर्माण टीमले जानकारी दिएको छैन ।
असोजको २८ गतेका लागि अर्को चलचित्र ‘हिजो आजका कुरा’ले पनि प्रदर्शन मिति तोकिसकेको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजोआजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हो ।
नेपाल टेलिभिजनमा प्रसारण भएको हास्य सिरियल ‘हिजोआजका कुरा’को नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो । पारिवारिक कथावस्तुमा निर्माण गरिएको चलचित्रमा सिरियलकै मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा छन् । चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्द लामा, रमेश अधिकारी, जेबिका कार्की लगायतको समेत मुख्य भूमिका छ । २०७६ सालमै निर्माण सकिएको यो चलचित्रको पनि कोरोनाका कारण प्रदर्शन रोकिएको थियो ।
यस वर्ष दशैं आसपासका लागि मात्र होइन, तिहार आसपासका लागि पनि चलचित्रको प्रदर्शन तोकिसकिएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको ‘२ नम्बरी’ तिहारको छेको पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणा गरिएको छ । तिहारको छेको पारेर कात्तिक ६ गतेबाट चलचित्र ‘परस्त्री’ प्रदर्शन गरिने निर्माण टीमले जनाएको छ ।
हेतिहासिक चलचित्र ‘नालापानी’ पनि तिहारमा प्रदर्शन हुने भएको छ । कात्तिक ४ गते चलचित्र प्रदर्शन हुने निर्माण टीमले घोषणा गरेको छ । कोरोना महामारीका कारण अघिल्ला २ वर्षका दशैंतिहार सुक्खा रहे । त्यसैले पनि यस वर्षको दशैंतिहारका लागि अहिलेदेखि नै चलचित्र रिलिजको होडबाजी देखिन थालेको हो ।
एकपछि अर्को प्रतीक्षित भनिएका चलचित्रले दशैं आसपासलाई प्रदर्शन मिति तोक्दा चलचित्रबीच प्रतिस्पर्धा पनि कडा हुने देखिएको छ ।
‘चलचित्र चल्न पर्व र बिदा चाहिँदैन, ‘कबड्डी ४’ ज्वलन्त उदाहरण’
चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष, दशैंतिहार, तीज, जनैपूर्णिमा, माघे संक्रान्ति निर्माताहरूको रोजाइमा पर्ने गर्छ । शनिवारबाहेक अरु एक दिन भए पनि बिदा भयो भने चलचित्रले बम्पर कमाइ गर्छ भन्ने सोच उनीहरूमा रहेको पाइन्छ । कतिपय चलचित्र त एक दिने बिदामा केही रकम कमाएर अरु दिनमा कमजोर बनेका पनि छन् तर चलचित्र ‘कबड्डी ४’ले भने यी सबै भ्रमहरू तोडिदिएको वितरक तथा निर्माता गोविन्द शाही बताउँछन् ।
जेठको १३ गतेबाट रिलिज भएको चलचित्रले ३ हप्तामा २१ करोड माथिको व्यापार गरेको छ । नेपालमा हलिउड, बलिउड एवं अन्य नेपाली चलचित्रले गर्न नसकेको व्यापार गर्दै ‘कबड्डी ४’ले विभिन्न कीर्तिमानी रेकर्डहरू बनाएको छ । ‘कबड्डी ४’का वितरक रहेका शाहीले अहिले पनि चलचित्र हेर्ने दर्शकको उपस्थिति उल्लेख्य रहेको बताए ।
‘जेठ, असार भनेको प्रदर्शनका लागि अफसिजनका रूपमा लिन्छौं तर ‘कबड्डी ४’ले यही समयमा आक्रामक व्यापार गरेको छ,’ वितरक तथा निर्माता शाहीले लोकान्तरसँग भने, ‘राम्रो चलचित्र बन्यो, राम्रो प्रमोसन गर्न सकियो भने त्यो चलचित्रलाई दशैं एवं अन्य पर्व चाहिँदैन । यो कुरा ‘कबड्डी ४’ले प्रमाणित गरिदिएको छ ।’
अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । निर्देशक मिलन चाम्सका अनुसार चलचित्रले फागुन १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको हो । रोमानियाम...
बलिउड चलचित्र लाल सिंह चड्डा यस वर्ष बहुप्रतीक्षित थियो । तर यस चलचित्रले हलमा भने अपेक्षित व्यापार गर्न सकेन । १८० करोड भारतीय रुपैयाँमा बनेको यस चलचित्रले पहिलो विकइण्डमा ३८.२१ करोड रुपैया...
बलिउड अभिनेता जोन अब्राहमले नयाँ चलचित्रको घोषणा गरेका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा उनले आफ्नो नयाँ चलचित्रको घोषणा गरेका हुन् । चलचित्रको नाम ‘तारिक’ रहने बताइएको &nb...
आगामी शुक्रवारदेखि प्रदर्शन आरम्भ गर्न लागेको प्रेम कथानक चलचित्र ‘प्रेमगञ्ज’को मंगलवार साँझ राजधानीमा प्रिमियर गरिएको छ । बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा चलचित्रका कलाकार, नि...
कृष्ण जन्माष्टमी अर्थात भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सीजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा...
नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा असोज ७ गतेदेखि एकसाथ प्रदर्शनमा आउँदैछ । विश्वको ठूलो चलचित्र बजार मानिने भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डब भएर प्रदर्शन हुन लागेको हो । ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...