साउन २६, २०७९
नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।&...
काठमाडाैं | असार ५, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा 'ब्रेकफास्ट मिटिङ' भएको छ । जनता समाजवादी पार्टी 'हाइज्याक'का विषयमा दुई नेताबीच छलफल भएको हो ।
'हिजो (शनिवार) बिहान उपराष्ट्रपतिज्युको निवासमा प्रचण्ड-बाबुरामबीच भेट भएको थियो,' स्रोतले लोकान्तरसँग भन्यो, 'जसपा विभाजन हुन लागेको विषयमा ती दुई नेताबीच छलफल भएको हो ।'
भेटमा प्रचण्डले जसपा फुटाएर नेकपा एमालेसँग गठबन्धन गर्न लागेको हो भनेर बाबुरामलाई प्रश्न गरेका थिए ।
बाबुरामले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन दिने र कांग्रेससहितको गठबन्धनमा नै आफूहरू बस्ने प्रचण्डलाई आश्वस्त पारेका थिए ।
'हामी बहुमत जुटाएर जसपा दाबी गर्न लागेको हो, सरकारलाई दिएको समर्थन कायमैं राख्छौं,' भट्टराईले प्रचण्डलाई भनेका थिए ।
जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगले आफूखुशी गर्दै आएको भट्टराईले प्रचण्डसमक्ष गुनासो व्यक्त गरेका थिए ।
'तपाईंले पनि जहिल्यै उपेन्द्रलाई नै बोक्नुहुन्छ, प्रधानमन्त्री देउवाले पनि उपेन्द्रलाई नै साथ दिने गर्नुभएको छ,' प्रचण्डलाई बाबुरामले भनेको कुरा उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो । त्यसपछि प्रचण्डले पार्टी फुट्ने अवस्था नै आएको हो भने झगडा गरेर भन्दा पनि मिलेर विभाजन गर्न सुझाव दिएको स्रोतले जनाएको छ ।
'पार्टीमा तपाईंको बहुमत छँदैछ, जसपा तपाईंले दाबी गर्नुस्, उता उपेन्द्रजीलाई पनि छुट्टै पार्टी विभाजन गरेर जान दिनका लागि राजनीतिक दलसम्बन्धी ऐनको प्रतिस्थापन विधेयक संसदमा ल्याउन प्रधानमन्त्री देउवालाई म पनि गठबन्धनको बैठकमा आग्रह गर्छु,' प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
शनिवार भएको सहमति अनुसार आइतवार बसेको गठबन्धन बैठकमा प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रतिस्थापन विधेयक ल्याएर जसपा विभाजनको बाटो खोलिदिन आग्रहसमेत गरिसकेको बताइएको छ ।
नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।&...
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...
सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको छ । बिहीबार बसेको सत्ता गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार ...
नेकपा एमालेले ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवक...
प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको हक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक अध्ययन, अभिलेखीकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको...
नेकपा एमालेको बिहीबार सम्पन्न सचिवालय बैठकले चुनाव केन्द्रित विभिन्न ७ वटा निर्णय गरेको छ । जसअनुसार बैठकले घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ सदस्यीय निर्वाचन घोषणाप...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...