चैत २, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
आम उपभोक्तालाई चर्को मार पर्नेगरी नेपाल आयल निगमले आइतवार राति इन्धनमा एकैपटक भारी मूल्यवृद्धि गरेको छ ।
मध्यरातमा गरिएको निर्णयपछि पेट्रोलको मूल्य प्रतिलिटर २ सय रुपैयाँनजिक पुगेको छ ।
एकैपटक २१ रुपैयाँ वृद्धि गरिएपछि पेट्रोलको मूल्य अब लिटरकै १ सय ९९ तिर्नुपर्ने छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो ।
डिजेलको मूल्यमा एकैपटक २७ रुपैयाँ वृद्धि गरिएको छ । वृद्धिपछि डिजेलको मूल्य अब १ सय ९२ रुपैयाँ पुगेको छ । मूल्यवृद्धि पछि पनि मासिक ४ अर्ब ७० करोड घाटा रहेको निगमले दाबी गरेको छ ।
डिजेलको मूल्य बढेपछि यसको मार चौतर्फी पर्ने निश्चित छ । सार्वजनिक यातायातको भाडादेखि खाद्यान्नलगायत उपभोग्य वस्तुको मूल्य आकासिने खतरा छ ।
आम उपभोक्ता महंगीले आक्रान्त बनेको समयमा निगमले इन्धनमा मूल्यवृद्धि गरेर मार थपेको छ । कार्यान्वयन निगमले गरेपनि मूल्यवृद्धिको निर्णय सरकारको हो । यो विवेकहीन निर्णयको जिम्मा सरकारले लिनुपर्छ ।
दुई साता अघिमात्र संसद्मा इन्धनको मूल्यवृद्धि घटाउने जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको थियो ।
छलफलमा कांग्रेस महामन्त्री गगन थापाले १० रुपैयाँ घटाएर नपुग्ने अरू विकल्प खोजेर भएपनि मूल्य घटाउनु पर्ने प्रस्ताव राखे । तर छलफल सेलाउन नपाउँदै सरकारले मूल्यवृद्धि गरेर संसद्को उपहास गरेको थियो ।
अन्य विकल्प नसोची आइतवार भएको अस्वाभाविक मूल्यवृद्धिले आमउपभोक्ता आक्रोशित बनेका छन् ।
रुस–युक्रेन युद्धका कारण विश्व बजारमा इन्धनको मूल्यमा वृद्धि भइरहेको बारे आमनेपाली उपभोक्ता बेखबर छैनन् । तर पनि यो अविवेकी मूल्यवृद्धिको विकल्प खोज्न सकिन्थ्यो ।
सरकारले पेट्रोलमा जथाभावी कर लिँदै आएको छ । महंगीको मारले थिलोथिलो भएका उपभोक्तालाई निचोर्ने यो निर्णयको विकल्पमा कर घटाउने, चुहावट नियन्त्रण लगायतका तमाम विकल्प थिए ।
इन्धन खपत कम गर्न दुई दिन सार्वजनिक बिदा दिने र फेरि एक महिना नपुग्दै बिदा कटौती गर्ने खेलाँची निर्णय सरकारले गर्दै आएको छ ।
आइतवार भएको मूल्यवृद्धिको विरोधमा युवा विद्यार्थीले सडकमा उत्रिने बताइसकेका छन् । कतैबाट पनि औचित्य पुष्टि नहुने मूल्यवृद्धि फिर्ता लिएर सरकारले उपभोक्ताप्रति राज्यको दायित्व बोध गरोस् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
भर्खरै सम्पन्न चुनावको नतिजा बिर्साउने गरी सरकारले इन्धनमा फेरि भारी मूल्यवृद्धि गरेको छ । देश स्थानीय तह चुनावको नतिजाले रंगीन बनिरहेको समयमा भएको मूल्यवृद्धिबाट जनता ब्याकुल बनेका छन् । आइत...
नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ । फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी...
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् । नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र म...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आउन ८४ दिन मात्र बाँकी रहँदा सर्वोच्च अदालतको एउटा आदेशले तोकिएको समयमा चुनाव हुनेमा संशय थपिएको छ । वैशाख ३० गते चुनाव हुँदा आफ्नो कार्यकाल पूरा...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...