साउन २९, २०७९
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । ट्रेलरले दिदी&ndash...
शुक्रवारदेखि स्वस्तिमा खड्का र अर्पण थापा अभिनित चलचित्र ‘चिसो मान्छे’ हलमा प्रदर्शनरत छ ।
दीपेन्द्र के. खनालद्वारा लिखित एवं निर्देशित चलचित्रले प्रदर्शनअगावै राम्रो ‘हाइप’ बनाएको थियो । यद्यपि चलचित्रको शुरुवाती व्यापार भने ‘औसत’ छ ।
चलचित्रले पहिलो सप्ताहन्तमा १ करोड ३० लाख ७५ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ । वितरक करण क्रेजीका अनुसार चलचित्रले शुक्रवार ४१ लाख, शनिवार ६२ लाख ७५ हजार र आइतवार २७ लाख ग्रस कमाइ गरेको छ । सोमवार चलचित्रको अकुपेन्सी ५० प्रतिशत छ ।
वितरक क्रेजीले चलचित्रको शुरूवाती व्यापारलाई राम्रो भन्न नसकिने स्वीकार्दै दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको कारण आगामी दिनमा व्यापार बढ्दै जाने विश्वास व्यक्त गरे । ‘दर्शकबाट एकदमै राम्रो प्रतिक्रिया मिलेको छ । हलबाट निस्कने बेला कतिपय दर्शकले चिसो मान्छे २ कहिले बन्छ भनेर सोध्नुभएको छ,’ उनले लोकान्तरसँग भने, ‘यो इनिसियल रुपमा बम्पर व्यापार गर्ने खालको चलचित्र होइन । वर्ड अफ माउथका कारण आगामी दिनमा यसको व्यापार बढ्दै जानेछ । हामी त्यही विश्वासमा छौं ।’
आगामी साता चलचित्रले अझ राम्रो व्यापार गर्न सक्ने वितरक क्रेजीले बताए । उसो त निर्देशन खनालका अघिल्ला चलचित्रहरू ‘पशुपतिप्रसाद’ र ‘आमा’ले पनि वर्ड अफ माउथका कारण पहिलो साताभन्दा दोस्रो सातामा बढी कमाइ गरेका थिए । ‘चिसो मान्छे’लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
चलचित्रमा स्वस्तिमा र अर्पणका साथमा देशभक्त खनाल, अशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी लगायतका कलाकारको अभिनय छ ।
यात्राको कथामा ‘चिसो मान्छे’ निर्माण भएको हो । कोरोना महामारीको समयमा वैदेशिक रोजगारीमा मृत्यु भएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बाजुरासम्म पुर्याउँदाको कथा चलचित्रमा समेटिएको छ ।
डीएस डिजिटल प्रालिको ब्यानरमा निर्माण भएको ‘चिसो मान्छे’लाई निर्देशक खनालले नै छायाँकन गरेका हुन् भने दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । ट्रेलरले दिदी&ndash...
आगामी असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रवार कृष्ण–जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी भर्...
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ । अमेरिकाको...
अमेरिकन आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालमा सांगीतिक यात्रा गर्ने भएका छन् । उनले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिन लागेका हुन् । बिहीवार काठमाडौंमा आयोजित पत्र...
बिपाशा बसुले २०१६ मा अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । त्यतिखेर नै विपाशालाई गर्भवती भइन् भनेर चर्चामा ल्याइने गरेको थियो । गर्भवतीको विषयलाई लिएर विपाशा पुनः एकपटक चर्चामा आए...
नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ, आगामी असोजमा । त्यसो त निर्माण घोषणाताकाबाटै नेपाली चलचित्रकर्मी एवं दर्शकमाझ प्रेम गीत ३ लाई प्रतिक्षित फिल्मका रूपमा हेर...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...